बलात्कार प्रयासको आरोप लागेका सांसद पाँच लाख धरौटीमा छुटे

काठमाडौं, चैत ११ । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका सुदूरपश्चिम प्रदेश सभा सदस्य अक्कलबहादुर रावल धरौटीमा रिहा भएका छन ।

सोमबार भएको थुनछेक बहसपछि कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले रावललाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

 

रावल धरौटी बुझाएर रिहा भएका जिल्ला अदालतका सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए । धनगढीकी एक महिलाले आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै रावलविरुद्ध १४ फागुनमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन ।

 

आफू विरुद्ध उजुरी परेको थाहा पाएपछि २१ फागुनमा जिल्ला प्रहरी कार्यालय पुगेका रावललाई प्रहरीले त्यहींबाट नियन्त्रणमा लिएको थियो । रावल सुदूरपश्चिम प्रदेश सभामा नेकपा संसदीय दलको सचेतकसमेत थिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।