बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले हेल्थ डेस्क स्थापना

बाजुरा, चैत्र ११। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले नोबेल कोरोना भाइरस (कोभिड १९)परीक्षणको लागि हेल्थ डेस्क हिजो बाट सूचारु गरेको छ । गाँउपालिकाको पिलुचौरमा हेल्थ डेस्क सूचारु गरिएको गाउँपालिका अध्यक्ष चिरञ्जजीवी शाहीले जानकारी दिएका छन्।

 

त्यस्तै दुइ वटा क्वरेन्टाइनको पनि स्थापना गरिएको उहाँले जानकारी दिनु भयो -याप्टीङ्ग  भवनमा दुइ र देउराको भवनमा दश जनाको लागि तयारी अवस्थामा राखिएको अध्यक्ष शाहीले जानकारी दिनु भयो । त्यहाँका स्थानीय र बाहिरबाट आएका व्यक्तिहरूलाइ संका लागेमा केही दिन क्वरेन्टाइनमा राख्ने व्यवस्था मिलाएको अध्यक्ष शाहीले बताउनु भयो । आवत जावत गर्ने मान्छेको लागि विषेश निगरानी गरिने पनि उहाँले बताउनु भयो । हेल्थ डेस्क स्थापना गरी चेकजाँच  हिजोबाट नै सुचारु गरिएको पनि बताएका छन्।

 

 नोबेल कोरोना भाइरस (कोभिड १९) बिरुद्ध गाउँपालिकाले जस्तोसुकै परिस्थितीमा पनि लागि पर्ने तथा हालसम्म गाउँपालिका भित्र कोहीपनि नोबेल कोरोना भाइरस (कोभिड १९) का  बिरामी नरहेको हुँदा भ्रमपूर्णले हल्लाको पछाडी नलागि कुनैपनि नागरिकहरुले नआत्तिनु र व्यक्तिगत सरसफाई गरेर आफु र आफ्नो परिवारको ध्यान पुर्‌याउनु पर्ने अध्यक्ष  शाहीले बताएका छन्।

 

स्वमीकार्तिक खापर गाउँपालिकाका अनुसार स्थानीय जनप्रतिनीधि, नेपाल प्रहरीका, प्रतिनीधिसाथै अन्य सरोकारवालाहरुको माझ हेल्थ डेस्क सूचारु गरिएको अध्यक्ष शाहीले बताएका छन् ।

 

  हाललाई अत्यावश्यक सेवा बाहेक गाउँपालिकाका सबै सेवा केही दिनको लागि बन्द गरिएको पनि जानकारी दिएका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९)बिरुद्धका गतिबिधीहरुमा केन्द्रित भई काम गर्ने पनि गाउँकार्यपालिका वैठकले निर्णय गरेको अध्यक्ष शाहीले जानकारी दिएका छन्।