मोबाइलमा रिचार्ज गरे बराबर बोनस थप्न निर्देशन

 काठमाडौं,चैत, ११ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिचार्ज बराबरकै बोनस ब्यालेन्स रकम दिन निर्देशन दिएको छ । प्राधिकरणको सञ्चालक समिति बैठकले मुलुक लकडाउन भएको अवस्थामा ग्राहकलाई घ बाहिर जान र रिचार्ज किन्न समस्या हुने भन्दै ‘टप अप’ गरिने ब्यालेन्स बराबरकै बोनस थप्न निर्देशन दिएको हो ।

 

प्राधिरकण अध्यक्ष पुरुषोत्तम खनालले सापटी रकमको सीमा पनि बढाएर २ सय रुपैयाँ पर्‍याउन निर्देशन दिइएको बताए ।

‘कसैलाई घर बाहिर ननिस्कन भनिएको छ, यस्तो अवस्थामा रिचार्ज बराबरकै बोनस सुविधा दिन र सापटी लिने सीमा पनि बढाउन भनेका हौं,’ उनले भने,’कम्पनीले सामजिक उत्तरदायित्व अन्तरगत रहेर ग्राहकलाई आर्थिक भार नपर्ने गरी नयाँ प्याकेज ल्याउन पनि सक्ने सुविधा दिएका छौं ।