प्रतिरोधात्मक क्षमता बढाउने उपाय

डा. नवीन रौनियार
कन्सल्ट्यान्ट फिजिसियन कान्तिपुर हस्पिटल

कोरोना भाइरसले रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसलाई छिटो संकमण गर्छ । यसको संक्रमणबाट मृत्यु हुनेमध्ये वृद्धवृद्धाको संख्या बढी छ । अहिलेसम्मको तथ्यांक हेर्दा ६० वर्षभन्दा माथिका बुढाबुढीको मृत्यु बढी भएको छ । जसको कारण हो प्रतिरोधात्मक क्षमता कमजोर हुनु । जसकारण भाइरसले छिटो संक्रमण गर्छ । वृद्धवृद्धा मात्रै नभएर क्यान्सरपीडित, मिर्गौला रोगी, मधुमेहका बिरामी साथै पहिलेदेखि नै रोगसँग लड्ने क्षमता कमजोर भएका जोकोहीलाई पनि यसको संक्रमण छिटो हुने गर्छ ।

 

-प्रतिरोधात्मक क्षमता कम भएका मानिसले कागतीपानी र भिटामिन सीयुक्त खानेकुरा खाने गर्नुपर्छ । यसले इन्फेक्सन वा फ्लुविरुद्ध लड्नुका साथै प्रतिरोधात्मक क्षमता पनि राम्रो बनाउने गर्छ ।

-एन्टिअक्सिजन बढी भएका खानेकुरा बढी खाने गर्नुपर्छ । जस्तै, फलफूल, भिटामिन ए, सी र ई भएका खानेकुरा ।

-नियमित एक्सरसाइज गर्नाले पनि रोगप्रतिरोधात्मक क्षमता बलियो बन्छ ।

-यो भाइरस शरीरको तापक्रम कम भएका मानिसलाई छिटो संक्रमण हुन्छ । संक्रमण बढ्दा प्रतिरोधात्मक क्षमता कम हुने गर्छ । शरीरको तापक्रम बढाउन तातोपानी खान सकिन्छ । साथै, बाफ लिएर पनि शरीरको प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ ।

 

  -गाँजा र रक्सी खाँदा प्रतिरोधात्मक क्षमता बढ्छ भन्ने भ्रम मात्रै हो । धुमपान र मद्यपान सेवनले प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउने भएकाले यस्ता चिज सेवन गर्नुहुँदैन ।

बच्ने उपाय

-नियमित रूपमा साबुनपानी र सेनेटाइजरले हात धुने । बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्ने ।

-भिडभाडमा नजाने र घरमै बस्ने । खोक्दा वा हाच्छ्युँ गर्दा मुख छोप्ने ।

-संक्रमित व्यक्तिबाट टाढा रहने र आफूलाई केही लक्षण देखिनासाथ अस्पताल जाने ।नयाँपत्रिकाबाट