गृह मन्त्रालयले दैनिक उपभोग्य खाद्यवस्तुहरुको सहज आपूर्ति गर्न यस्ता छन् ६ निर्णय

काठमाडौं,चैत्र १३ । गृह मन्त्रालयले आम नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्यवस्तुहरुको आपूर्ति सहज बनाउन विक्रेताहरुलाई निर्देशन दिएको छ । बिहीबार गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले सो आग्रह गरेको हो । बैठकले काठमाडौं उपत्यकाका स्टोर एवम् विक्रेताहरले आ–आफ्ना डेलीभरी भ्यानमार्फत आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

 

बैठकले सम्बन्धित जिल्ला प्रशासनहरुलाई डेलभरी भ्यानलाई सवारी पासको व्यवस्था मिलाउन समेत आग्रह गरेको छ । त्यस्तै पसलहरु सञ्चालन, माग संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा महानगरीय प्रहरी कार्यालयले मिलाउने समेत बैठकले निर्णय गरेको छ ।

यस्ता छन् गृह मन्त्रालयका निर्णय  

१. काठमाण्डौं उपत्यका भित्र रहेका अत्यावश्यक खाद्य वस्तुका सबै स्टोर एवं विक्रेताहरुले आआफ्ना डेलिभरी भ्यान मार्फत आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउने ।

 

२. आवश्यक पर्ने डेलिभरी भ्यानहरुलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने ।

 

३. पसलहरु संचालन, माग संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था महानगरीय प्रहरी कार्यालयले मिलाउने ।

 

४. माग संकलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्नको लागि सबै स्टोर एवं विक्रेताहरुले आ९आफ्नो टोल फ्रि नम्बर वा अन्य नम्बर उपलब्ध गराई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने । फोन, अनलाइन, अफलाइन, मार्फत माग संकलन गरी माग भएका आवश्यक दैनिक उपभोग्य वस्तुहरुको ९कम्बो प्याक समेत० विक्रिवितरण गर्ने ।

 

५. दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापनलाई सहज गर्न गराउनको लागि सबै वडा कार्यालयहरुबाट आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था काठमाण्डौं महानगरपालिका र सम्बन्धित उपमहानगरपालिका र नगरपालिकाहरुले मिलाउने ।

 

६. काठमाण्डौं उपत्यका बाहिर रहेका अत्यावश्यक वस्तुका स्टोर एवं विक्रेताहरुले पनि उपरोक्तानुसारको व्यवस्था मिलाई आपूर्ति व्यवस्थापनलाई सहज बनाउने र यस कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले सहयोग गर्ने ।