ग्याँस लुकाइ कालाे बजारी गर्ने एक जना पक्राउ

धनुषा, चैत १६ । जनकपुर उपमहानगरपालिका वडा नं. ११ बस्ने ४५ वर्षीय जय प्रकाश साहलाई ग्याँस लुकाई छिपाई राखेको अभियोगमा शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।

 

ग्याँस लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले साहलाई पक्राउ गरेको हो ।

 

साथै उनको पसलको गोदाममा तलासी गर्दा लुकाई राखेको बिभिन्न कम्पनीका २० थान ग्याँस सिलिण्डर बरामद भएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।