लकडाउन राज्यको रहर नभएर बाध्यता हो ?कोरोनामुक्त नेपाल भन्दै प्रचारप्रसार गर्नु समाजबाद बिपरित थियो

 

अमृत बहादुर शाही

लकडाउन आफुसंगै अरुलाइ बचाउने अवसरको रूपमा लिनुपर्छ ।काेराेना भाइरस (कोभिड–१९)ले पुरै विश्व नै लकडाउन भएको अवस्थामा म मात्र लकडाउन भएको छु भनेर सोच्नु हुदैन तर यसको कर्यनयन गर्न चुनौती पनि त्यतिकै देखिएकाे छ।त्यसैले लकडाउन न इटालीको नागरिकले बुझे,न स्पेन कै नागरिकले बुझे,न अमेरिकाले न भारत कै नागरिकले बुझ्दैछन त्यसैले नेपाल सरकारद्वारा लकडाउनको निर्णयलाइ अत्यन्तै साबधानी अपनाउ र जिम्बेवार नागरिक बनौ होइन भने यसले भाेलिका आउने दिनमा भयाबहेक अवस्था लिन सक्छ त्यसैले यो निर्णयलाइ आत्मसाथ गरेर सेल्फ क्वरेन्टाइनमा बसौ यो महामारीको सरल उपाय भनेको साबधानी अपनाउनु नै हो।संका र संक्रमक देखियाे भने तुरुन्त नजिकैको अस्पताल गएर चिकित्सककाे परामर्श लिन आवश्यक छ त्यसैगरी विश्व स्वास्थ्य संगठन (WHO) ले नि टेस्ट,टेस्ट ,टेस्ट भनेर सिंगल दिएको छ।यो सिगंल भरपुर् रुपमा अपनाउ ,नभुलौ अहिले सम्म संक्रमण देखिएका पाचैजना विदेश बाट फर्किएका नेपाली हुन् हामि घर भित्र बसेनौ डुलीराख्यौ भने भाेलिका दिनमा के हुन्छ थाहा छैन ?संक्रमण व्यक्तिले अर्को व्यक्तिलाइ रोग सार्छ संक्रमण फैलिन सक्छ तेसैले हामीले एसको पालन गर्नुको विकल्प छैन यो संक्रम १४ दिन सम्म देखिने भए पनि २१ दिन लक डाउन गर्नै पर्छ यो समएमा सबै भन्दा मुख्य आफ्नो योग्यता देखाउने अवसर सरकारलाइ छ यो २१ दिन सरकारले हात बाधेर बस्न मिल्दैन, चिनमा संक्रमण देखिएको तिन महिना अघि हो यँहा ढिलो चाडो आउछ भन्ने प्रस्ट थियो।पौष २४ गते पहिलो संक्रमण देखिएको थियो हामीले त्यतिबेला नै सुरु गर्नु पर्ने थियाे तर त्यो बेला हाम्रो राजनितिक नेतृत्व  अन्तरिक झगडामा चुर्लुम्म डुबेको थियो।सभामुख कसको पार्टी को बन्ने भन्ने चिन्ता थियाे यँहा यसको रोग्थाम कसरि गर्ने भन्ने कसैमा पनि सोच पलाएको थिएनः झन् तिन हप्ता सम्म सबै मन्त्रि हरु यक्मुख लगाएर हाम्रो देशमा कोरोना छैन।कोरोन भइरस मुक्त नेपाल भन्दै ठुलो – ठुलो स्वरमा कराउदै मेडियाबाजी गर्दै दिन गयो हनुमानहरु उनै मन्त्रीहरुले जे बोल्दा नि ,जे गर्दा नि ठिक भन्दै ताली ठोक्दै बसे पुरै पार्टी नै धरापमा थियो ।अमेरिकाले एमसिसी मार्फत ५० अरब जति नेपाली रूपैयाँ  कासरी पचाउने भन्ने विषयले पनि त्यतिकै उथलपथल पारेर झन् अप्ठेरोमा पार्यो ,त्यसपछि  आयो बामदेव प्रकरण एसले फाल्गुन १० गते सम्म समय खर्चियाे त्यसपछि प्रधानमन्त्री केपी ओली फाल्गुन २१ गते आफ्नो मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री अस्पताल भर्ना हुनेभयाे । त्यसपछि फाल्गुन २८ गते उपप्रधानमन्त्री इश्वर पोख्रेलको नेतृत्वमा    उचस्तारिय समिति गठन भयो।त्यस पछि मात्र यो समिति काेराेना बिरुद्धको लडाइमा काम गर्न थालेको थियाे, सत्ताको राजनीतिले काम दुर्त गतिमा हुन सकेनः राज्यनीति नभएर हाम्रो राष्ट्रिय राजनीतिमा कम्जाेर भएकाे हाे।त्यसैले हिजो सम्म जे भयो भयो कसैलाई दोष थुपारेर मुलुकले राहत पाउने छैन।यसलाइ यिनीहरुलाइ यौटा पाठ मानेर आज जे छ,त्यँहाबाट यो संक्रमण संग लड्ने र सम्हालेर अगाडी बढ्नु पर्छ र यो लकडाउनको भरपूर रुपमा सदुप्रयोग गर्नुपर्छ अहिले कै अवस्था रह्यो भने हामीले यो महामारी विरुद्ध को लडाई जित्ने छैनौ।कतिले सरकारलाई तर्क पनि गर्छन – संकर्मित भएको यत्रो समयमा पानि हाम्रा मन्त्रीहरु फ्री काेराेना भाइरस देश भनेर व्यापक प्रचार प्रसारमा लागे र नेपालले अन्तरास्ट्रिय हवाई सेवा रोक्नु अघि विदेशबाट हजारौ नेपाली घर फर्किएका थिए।लकडाउन निर्णय पछि राजधानीबाट विभिन्न जिल्ला जानेको संख्या बढ्यो उनीहरु दूरदराजका गाउँ पुगिसके सरकार याँहा नेर आएर सरकार चुक्यो त्यस्तै सुदुरपश्चिममा भारत बाट आएका कैयौ व्यक्ति संक्रमित हुन सक्छन्।उनीहरु पानि आफ्नो-आफ्नो गाउँ पुगिसके ति मध्ये कयौ संक्रमित हुन सक्छन मुख्य कुरा अहिले सम्म संक्रमण भएका व्यक्ति विदेश बाट मात्र आएका छन् । यिनीहरुले कति जना लाइ संक्रमित पारे हामी सँग कुनै लेखाजाेखा छैन,आज सरकारलाइ यो मुख्य प्रश्न खडा भएको छ। यसको कुटनीतिक पहल सरकार बाट सुपर फास्ट हुनुपर्छ।राज्य वा प्रहरी प्रसाशनको यो कदम हामि नागरिक र हाम्रो परिवारको सुरक्ष्याको लागि हो भने हामी नेपाली जनताले कहिले बुझने अब हाम्रो सुरक्षाकाे निम्ति हो भनेर हामी सबैले लगडाउनकाे पालना गरौ। आफुनि सुरक्षित हुनु जरूरी देखिन्छ अरुलाई पनि सुरक्षित गर्नु पर्छ प्रहरीले यतिजनालाई निरन्त्रणमा लियो र लाठि प्रहर गर्यो भनेर पोष्ट गर्नु आवसेक नै हुदैन यस लगडाउनकाे अबधिभर काेराेना भाइरस (कोभिड–१९)विरुद्धयो विषम परिस्थितिमा अहोरात्र सेवामा समर्पित चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, पत्रकार,नेता अन्य संघ सस्थाहरुलाइ बिशेष खालको सुरक्षामा साबधानी अपनाएर मात्र खटिन कडा निर्देशन दिनु पर्छ।अवस्था भयाबहेक छ त्यसैले हामीले चिनको मोडेलमा काम गर्नुपर्छ चिनको मोडेल भनेको बाहिर निस्कन नदिने धेरैभन्दा धेरैमा सकभर चाडो काेराेना संक्रमणको परिक्षण गरेर उपचार सुरु गर्नुपर्छ।अस्पतालको सञ्जाल बनाएर निःशुल्क कोरोना संक्रमित सबैलाइ चेकजाँच गर्ने व्यवस्था मिलाउनु पर्छ। यसका लागि खुलारुपमा चिनसंँग सहयोग माग्नुपर्छ आजको दिनमा सरकारले ध्यान दिनु पर्ने मुख्य कुराहरु १.रोगसंग लडिरहेका जनता भोकसँग लड्नु नपरोस २,बढीभन्दा बढीभन्दा कोरोना प्रसिछण गरियोस ३,अलपत्र नेपालीको उद्दार पहिलो प्राथमिकता बनोस ४,कालोबजारी र तस्करी रोक्नु पर्छ ५.जनपक्षीय काम गरोस ६.पीपीइको बन्दोबस्त सबै ७ ओटै परदेशमा बन्दोबस्त गरियोस ८ .सबै निजि अस्पतालहरु राष्ट्रियकारण गरिनु पर्छ काेराेना बिरुद्धको लडाइमा “स्वस्थीयकर्मी बहादुर सिपाही हुन् भने स्वास्थ्य मन्त्री सेनापति हुन् सोचेजस्तो यो लडाई जित्न त्यति सजिलो छैन। त्यसैले सत्ताको राजनीति भन्दा राष्ट्रको राज्यनीति बनाएर मात्र बिजय हासिल प्राप्त गर्न सकिन्छ।अन्त्यमा मजदुर वर्गकाे र काम गरिखाने वर्गकाे बारेमा सरकारले बिशेष ध्यान दिनु पर्छ अत्यावश्यक सामग्री घरघरमा पुर्याउन एक लाख भन्दा बढी स्वयंसेवक खट़ाउनुपर्छ। कुनै पनि हालतमा ढिला नगरौँ /’काेराेना भाइरस (कोभिड–१९) सरकारले आव्हान गरेको लगडाउनको अनुरोधलाई आत्मसात गरेर हरेक नेपालीले पालना गरौ यो स्वागतयोग्य छ। सबै नेपाली मिलेर यो महामारीको सामना गरौ! सबै जिम्मेवार बनौ ! बिश्व शान्तिको लागि कामना गरौ! जय नेपाल । जय पशुपतिनाथ ।