नरहरिनाथ गाउँपालिकाले शंकास्पद ब्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्न थाल्यो

कमल काेपिला

 कालिकोट,चैत्र १७। विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात् कोभिड-१९ को संक्रमणबाट बढिरहेको बेला कालिकोटको नरहरिनाथ गाउँपालिकाले पनि क्वारेन्टाइन स्थल बनाएर पालिका बाहिर अर्थात बिशेषत: प्रवासबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न सुरु गरेको छ।

 

बिश्वमा दैनिक अनगिन्ती संक्रमित र हजारौ जनाको मृत्यु भैइरहेको बेला नरहरिनाथ गाउपालिकाले पनि सावधानी अपनाउन क्वारेन्टाइन स्थल बनाएर शंका लागेका र बाहिरबाट आउने नयाँ मान्छेलाई उक्त क्वारेन्टाइनमा राख्न सबै वडालाई निर्देशन दिईएको गाउपालिका अध्यक्ष धिर बहादुर बिस्टले जानकारी दिनुभयो। क्वारेन्टाइनमा राख्ने शंकास्पद ब्यक्तीहरुलाई दुईहप्ताको परिक्षणको रुपमा राखिने र उनिहरुको सबै खर्च गाउपालिकाले बेहोर्ने उक्त गाउपालिकाकि उपाध्यक्ष मनशोभा बुढाले जानकारी दिनुभएको छ।

 

 

गाउपालीकाले क्वारेन्टाइन बनाएर राख्ने कार्यक्रम वडा नं एक देखि क्रमागतरुपमा थालेको छ। वडा नं एक र दुईका बाहिरबाट आउने स्थानियलाई नन्दादेवी बहुमुखी क्याम्पसमा राख्ने वडा नं एकका वडा सचिव हरिप्रसाद उपाध्यायले जानकारी दिनुभएको छ भने वडा नं तिन र आधा वडा नं दुईका बाहिरबाट आउने र आएका स्थानियलाई रमा उमाबि कालाशिल्लामा राखिने वडा नं दुईका वडा सचिव लोकेन्द्र बहादुर बुढाले जानकारी दिनुभएको छ। हालसम्म वडा एक र दुईका गरेर जम्मा १९ जनालाई क्वारेन्टाइन स्थलमा राख्ने र पुन: नयाँ आउनेलाई पनि उक्त स्थलमै राखिने वडा नं दुईका अध्यक्ष प्रेम दमाईले जानकारी दिनुभएको छ।