कालिकोटमा हुरुण्डेक र प्लान ईन्टरनेशनल नेपालले क्वारेन्टाइनका लागि बाड्यो आवश्यक समान

 कमल कोपिला

कालिकोट ,चैत्र १८ | बिश्वमा महामारिका रुपमा फैलिएको कोरोनाको सावधानीका लागि कालिकोटका केहि स्थानीय तहहरुमा प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग र हुरुण्डेक नेपालको सहजीकरणमा क्वारेन्टाइनका लागि चाहिने अत्यावश्यक सरसमान बाडिएको छ।

 

कालिकोटका तीन ओटा स्थानीय तह रास्कोट नगरपालीका, शान्नीत्रिवेणि गाउपालिका र नरहरिनाथ गाउपालिकालाई विशेष: मध्यनजर गर्दै उक्त सरसमान बाडिएको हो। कोरोना महामारीले बिश्वभर बिक्षिप्त पारेको बेला उपरोक्त स्थानिय तहहरुमा पनि न्यूनीकरण र सावधानीका लागि क्वारेन्टाइन स्थल बनाउन सहयोग गरिएको हुरुण्डेक कालिकोटका कार्यवाहक अध्यक्ष बिरेन्द्र बहादुर बुढाले जानकारी दिनुभएको छ।