आज मिति २०७६ साल चैत्र २० गते बिहीबार पाथीभरा मातालाई दर्शन गरी आजको राशीफल पढ्नुहोस्

मेष-आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । प्रेममा सफलता पाईनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

 

बृष-काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । व्यापार व्यवसायमा लाभ होला । शुभ समाचार सुन्न पाइएला । स्वादिष्ट भोजनपनि पाईनेछ ।

 

मिथुन-साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

 

कर्कट-सरकारी निकाएको भय रहला । सौन्दर्यतामा धन खर्च हुनेछ । गरेको कार्यमा बाधा आउनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ ।

 

सिंह-बन्धु बान्धवबाट सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ ।

 

कन्या-तिर्थाटनको योगछ । शुभकार्यको चर्चा चल्नेछ । चिट्ठा, वा लटरीबाट आय हुने प्रवल सम्भावना पनि छ । नयाँ कार्यको योजना बन्नेछ ।

 

तुला-छोटो दुरीको लाभदायक यात्रा हुनेछ । विश्वास गरेकाले साथ दिनेछन् । नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफल भइनेछ । आत्माबल वढ्नेछ ।

 

बृश्चिक-महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । बैदेशिक क्षेत्र कमजोर रहनेछ ।

 

धनु-रमाइलो यात्राको योग रहेको छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट मान सम्मानपनि पाइनेछ ।

 

मकर-आज दैनिक कार्यमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

 

कुम्भ-आज नयाँ कामको थालनी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । गरेको कार्यमा सफलता पाइएला ।

 

मीन-आज कार्य सम्पादनमा समस्या आउला । मन खिन्न हुने स्थिति आउनेछ । आत्मघाती काम गर्न पुगिएला । अनावश्यक यात्रापनि हुनेछ ।