कोरोना कहर:सरकार र सरोकारवाला निकायको ध्यान सुरक्षाकर्मी माथि दिनु जरूरी

नारायण भुसाल

काठमाडाै,चैत्र २०। बिश्वमा महामारीको रूपमा फैलिएको अवस्थामा कोरोना भाइरस (काेभिड १९)ले हाम्रो देश पनि अछुतो रहन सकेकाे छैन।

यसै सन्दर्भमा सरकारले लक डाउनको घोषणा गरेको छ।सर्बसाधारण लाइ घर मै बस्न माक्स प्रयोग गर्न।सेनेटाइजर प्रयोग गर्न भनिएको छ।

तर दु:खद कुरा भनौ या दुर्भाग्यपूर्ण कुरा जस्ले जनताको सुरक्षाका लागी खटिएका सुरक्षामा दिनरात नभनी खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली सेना लगायत सुरक्षाकर्मी हरुले कपडाकाे कालो माक्स लगाएको भरमा डियूटीमा खटिएका  देखिन्छन्।जुन धुलो छेक्ने मात्र हो WHO ले सटिफाइ गरेको माक्स त पकै पनि होइन ।

हातमा लौरो लियर डियूटीमा खटिएकाे देखिन्छ ।भने न कुनै सुरक्षित माक्स लागाएको देखिएको छ,न कुनै सुरक्षित ड्रेस लगाएको देखिन्छ ।यस्तो गम्भीर अवस्थामा पनि सुरक्षार्मीलाइ सरकारले वा सरोकारवाला निकायले यस बाेरेमा चासाे दिइएकाे पनि देखिदैन्  ।

पहुँच भएका हरुले भने फोटो खिच्न कै लागी भएपनी राज्यको समानहरुकाे दुरूपयाेग गरेर सुरक्षा सामाग्री प्रयोग गरेको सामाजिक सञ्जालमा देखन पाइएको छ। तर सुरक्षाकर्मीहरु लाइ भने ग्रुपमा रहनुपर्ने र प्रत्येक्ष रूपमा संक्रमित सङ हेल मेल भै रहनुपर्ने अवस्था भएकोेले सर्बप्रथम सुरक्षाकर्मीलाई प्राथमिकतामा राखिनु पर्ने होईन र सरकार ?

यदी सुरक्षाकर्मी लाइ नै यो भाइरस सङ्क्रमण भयो भने देशको अवस्था झन भयाबह हुने देखिन्छ ।कृपया यो बारेमा जिम्मेवार निकायहरुले बेलैमा सोचिदिय राम्रो हुने थियो कि?