भरतीय सिमामा रहेका नेपालीको पिडा: नेपाल देखिन्छ तर नेपाल आउन पाईदैन

थुमराज उपाध्याय

नेपालमै जन्मिएर नेपालमै मर्ने रहर हरकोहि नेपालिलाई हुन्छ देश,आमा र सन्तानको माया हरकोहि जनतालाई हुन्छ । यहि प्रसँगमा रहर नभई बाध्यताले भारत पुर्याएका लाखौ नेपाली दाजु भाइ दिदि बहिनी आज महाकालिको किनारामा आएर भन्दै छन सरकारलाई ,ए सरकार म, मा पनि नेपाली पन छ ।मेराे मनमा पनि नेपाली माया छ।

 

मेरो पनि तिम्रो जस्तै छोरा छोरी र घर परिवार छ ,म पनि तिमी जस्तै नेपाली हु, म जहान पाल्न भारतिय तिमी भ्रष्टाचारि पाल्न सिंहदवार लम्कियौ फरक यति छ। हामि दुबै नेपाली हौ । ए सरकार तिमिलाइ दुई तिहाईको रजाई गर्न सम्म पुर्याउन मैले साहुको गाडि धोएको पैसाले तिमिलाई भोट हाल्न नेपाल आए सायद यहि दिन देख्नलाई थियो होला । जुन दिन छोराको स्कुल फि तीर्ने दिन थियो ।

घरमा खाने चामल सक्किएर श्रीमतीले पल्ला घरे कान्छि आमालाई पैचो मागि परिवारको छाक टारेको थियो । किनकि म भारतमा थिएन म तिम्रो लागि लालसलाम, जय नेपाल भन्दै हात उठाउदै चुनाव प्रचार प्रसारमा थिए । सायद यहि दिन देख्नलाई थियो जुन दिन मेरो छोराले स्कुलमा प्रिन्सिपलको भनाई खायो अनि श्रीमतीले आफन्तको यहि दिन देख्नलाइ रहेछ। जागेका आशा आज शिथिल भएका छन् । नेपाल नेपाल भन्दै चिसा ढुङ्गामा सुति रहेको छु ।

 

अनि अहिले सम्झदै छु आमाले भनेको कुरा लाल सलाम,लाल सलाम भनी धेरै पछि नलाग् तलाई बुवा बिहिन लालशलामले गर्यो तँ पढ्ने बिद्यालय लालशलामले जलायो जस्को कारण त भारतिनु पर्यो त्यसैले आफ्नो काम गर् जहान पाल अनि लालशलामको पछाडि लागि नाति टुहुरो भएको र म बुढेसकालमा साहारा बिहिन भएको हेर्ने मन छैन छोरा मलाई हामिलाइ लालशलामले ठुलै धोका दिएको छ । आमाको यो वचन सोच्दै आज म त्यहि भुमरिमा परेको छु ।

 

जहाँ नेपाल देखिन्छ तर नेपाल आउन पाईदैन । जहाँ हजारौ नेपाली छौ तर पीडा एउटै छ । सकिन्छ सरकार हामिलाई नेपाल सम्म लगि दे सकिँदैन भने सरकार हामिलाइ भारतको भुमिमा मर्नु छैन बरु नेपालमै उत्पति भएको महाकालि नदिमै डुबेर देश प्रतिको माया देखाउने छौ । तिमी तिमिलाई २० लाख तिरेका तिम्रा चाईनाका विद्यार्थी बचाउ तिमी तिमिलाई सर्बशक्तिमान बनाउने भ्रष्टाचारी मन्त्री बचाउ,तिमी तिमिलाई ७०% कमिसन दिने ठेकेदार बचाउ ,हामिलाई के बचाउनु पर्यो हामिले मात्र तिमिलाई अमुल्य भोट दिएका हौ । हामि गाँसबाँस दिने साहु छोडि तिमिलाइ दुई तिहाई दिन चुनाब प्रचार प्रसारमा हिडेका हौ । हाम्रो योगदान केही छैन । तिमी बाँच सरकार तिम्रा वरिपरिका बचाउ सरकार हामि आखिरिमा भारतीयका नेपाली पो हौ। जस्को तिमिलाइ कुनै महत्त्व छैन ।जस्को तिमिलाई कुनै मूल्य छैन । तिमी बाच् सरकार तिमी बाच् ।