कालिकोटको नरहरिनाथ गापाका वडा नं २ का वडा अध्यक्षले आफै मास्क तयार गरेर बितरण गर्दै

 

कमल कोपिला

कालिकोट,चैत्र २३ | कोरोना भाईरस संक्रमणको जोखिमलाई रोकथाम तथा सावधानी अपनाउन कालिकोट जिल्ला अन्तर्गत नरहरिनाथ गाउपालिकाको वडा नं दुईका वडा अध्यक्ष प्रेम दमाईले आफै मास्क सिलाएर बितरण गर्ने भएका छन। बिश्वमा कोरोना भाईरस अर्थात कोभिड-१९ को उच्च जोखिम एवं सन्त्रास बढिरहेको बेला नेपालमा पनि संक्रमित संख्या यतिबेला बढिरहेका छन।

 

यहि जोखिमबाट बच्न कालिकोट जिल्लाको नरहरिनाथ गाउपालिकाले पनि सावधानिका लागि केहि मास्कहरु बाडेको थियो । यधपी एक परिवारमा एक साबुन र दुई देखि तीन वटासम्म मात्र मास्क बितरण गरिएको थियो गाउँपालीकाले एक दुई वटा मास्क बितरण गरेर मात्र संकट रोकावट हुन नसक्ने र गाउपालिकाले जिम्मेवारी ढंगले काम नगरेको ठट्टागत रुपमा हेलच्याक्राई जस्तो गरेको जनगुनासो आएको थियो।

 

कोरोना भाईरसले बिश्वनै बिक्षिप्त पारेको बेला गाउँपालिकाको यस्तो खालको कार्यशैलीलाई स्थानीय सबैले असन्तुष्टि ब्यक्त गरेका थिए । चार वा चार भन्दा बढी सदस्य भएका परिवारमा तीन वटा मात्र मास्क बाड्दा असन्तुष्टि ब्यक्त गरेका हुन। कोरोना भाईरस बिश्वभर महामारीको रुपमा फैलीरहदा उक्त ठाउँमा यी र यस्तै समस्याका बापजुत पनि वडा अध्यक्ष आफैले नै मास्क सिलाएर बितरण गरेका छन ।

 

उक्त वडामा करिब दुई हजार भन्दा बढी मास्क सिलाएर बाड्ने तयारी भैइरहेको वडा अध्यक्ष प्रेम दमाईले जानकारी दिनुभएको छ। कसैलाई पनि साबुन, मास्क र कोरोना भाईरस सावधानीका लागि चाहिने अन्य अत्यावश्यक सर समानहरु कसैलाई पनि अपुग नहुने गरि बाँडिने र उक्त वडाँमा कोरोना भाईरस संक्रमण प्रती सचेतनामुलक जानकारी तथा कार्यक्रमहरु निरन्तर गरिरहेको उक्त वडाका वडा सचिव लोकेन्द्र बहादुर बुढाले जानकारी दिनुभएको छ।