नेपाली हाम्रो पाहुना भन्दै भारतको पलियामा अलपत्र परेका ५४ नेपालीको उद्धार

धनगढी,चैत्र २४। नेपाल–भारत सीमा नजिक रहेको पलिया कला खिरीमा भारतबाट फर्किरहेका अलपत्र नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ। धनगढीबाट झण्डै ३५ किलोमिटरको दुरीमा रहेको पलियाको बलदेव वैदिक इन्टर कलेजमा उनीहरुलाई व्यवस्थित गरी राखिएको हो।

 

भारतका ठुला शहर दिल्ली, मुम्बई, जयपुर तथा अन्य स्थानबाट नेपाल फर्किदै गरेका उनीहरु लकडाउनले गर्दा अलपत्र परेका थिए।पत्रकार र विभिन्न युवाहरुको सहयोगमा त्यहाँस्थित सबै नेपालीलाइ उद्धार गरेर क्वारेन्टाइनमा व्यवस्थित गरेर राखिएको छ।

त्यहाँ बसेका ५४ जना नेपाली मध्ये धेरैजसो कैलाली र कञ्चनपुरका रहेका छन् । उनीहरुलाई खानाबस्नको राम्रो प्रबन्ध गरिएको छ,नेपाल र भारतको सम्बन्ध रोटी र बेटीको भएकाेले यस्तो आपतकालिन अवस्थामा नेपालीलाई खाना खुवाएर लाग्दैछ की हरेक नेपाली हाम्रो पाहुना हुन।आफुहरुले क्वारेन्टाइनमा बसेका सबैलाई भारत र नेपाली मिलेर एकदिन यो रोगलाई जित्ने छौ ।