नेपालमा कोरोना भइरस (कोभिड–१९) र सरकारको भुमिका

रामसिंह श्रीस

चीनको वुहान शहरबाट सुरु भएको नोभेल कोरोना भइरस (कोभिड–१९) ले आज विश्वमा तहलका मचाइरहेको छ । यो महामारीको रुपमा विश्वभर फैलिरहेको छ । आज विश्वका मानव समुदाय एकातिर र कोभिड–१९ अर्को तिर भएर युद्घ लडिरहेका छन् । युरोप, अमेरिकाका विकसित देशहरुमा समेत यो रोग महामारीको रुपमा फैलिरहेको छ । बैज्ञानिकहरु यो रोगको औषधीको खोजीमा लागीरहेका छन । तर आज सम्म पत्ता लागेको छैन ।

 

त्यस कारण यो रोगको संक्रमण बाट बच्न व्यक्तिगत सतर्कता र समाजिक सम्पर्कको दुरीमा रहनुनै उत्तम विकल्पनै रहेको छ । यो रोगको महामारी बाट बच्न संसारका थुप्रै देशहरुले लकडाउन गरेका छन् । नेपालमा पनि २०७६ चैत्र ११ गते देखी लकडाउन गरिएको छ ।

कोभिड–१९ आक्रमण बाट बच्न एकातिर व्यक्तिको सचेत पहल चाहिन्छ भने अर्कातिर सरकारको निति र कार्यक्रम र पहलकदमी सहि हुनुपर्दछ । व्यक्तिको सचेत भुमिका र सरकारको सहि नीति र कार्यक्रमको संयोजनबाट नै यो रोगको महामारीलाई कम गर्न सकिन्छ । तर व्यक्तिको सचेत पहल भन्दा सरकारको भुमिका बडी महत्वपूर्ण हुन्छ । व्यक्तिको कम्जोरीबाट आउने दूस्परिणाम भन्दा सरकारको गलत नीति तथा कार्यक्रमले ल्याउने दूष्परिणाम कैयौं गुणा बदी हुन्छ । सरकारको कम्जोरीका कारणले आज नेपालमा जनताले अनावश्यक दुख पाइरहेका छन् ।

सरकारले देशमा कोभिड–१९ को संक्रमण हुन नदिन प्रसस्त तयारी गरेको बतायो । यसै विषयलाई लिएर प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गरे । स्वस्थ्यमन्त्रीले पटक पटक पत्रकार सम्मेलन गरेर सरकारले यो संक्रमण रोक्नलाई गम्भिरतापूर्वक तयारी गरेको कुरा बताए । तर बास्तविक्ता सरकारले भने जस्तो रहेनछ । जब नेपालमा कोभिड–१९ को संक्रमण देखा प¥यो, त्यस पछि मात्र सरकारले संक्रमण फैलिन नदिनका लागी गर्नुपर्ने आधारभूत्त कार्य नगरेकाको कुरा व्यवहारत प्रस्तुत भयो । यहाँ यस विषयमा प्रकास पार्न प्रयास गरिएको छ ।

(क) चीनको वुहानमा कोभिड–१९ को महामारी आए पछि यो संसारभर फैलिन्छ भन्ने कुरा विज्ञहरुले भनिरहेका थिए । डब्लु एच ओ ले नेपाल पनि कोभिड–१९ को उच्च जोखिमा छ भनेर सुचना गरेको थियो । त्यो अवस्थामा सरकारले तुरुन्तै बाहिर देशबाट आउने उडानहरु रोक्नु पथ्र्यो । तर सरकारले त्यो काम समयमा नै गरेन । कोरोना संक्रमित देशहरुबाट आउने उडान रोक्नुपर्छ र यात्रुहरुलाई क्वारिनटाइनमा राखेर परिक्षण गर्ने व्यवस्था गर्नुपर्छ भन्ने डाक्टर तथा विज्ञहरुलाई अनावश्क अफबा फिजाएको आरोप लगाउदै तिनीहरुलाई कारवाही गर्नुपर्छ भन्ने जस्ता कुरा गरे । जति बेला अन्तराष्ट्रिय उडानहरु रोकियो तेतिबेला धेरै ढिला भैसैकेको थियो । यो विषयमा सरकार चुकेकै हो ।

(ख)कोभिड–१९ को संक्रमण रोक्न अग्रभागमा काम गर्ने स्वस्थ्यकर्मीहरु –डाक्टर, नर्स लगाएत अन्य व्यक्तिहरु लाई चाहिने अत्तिआवश्यक उपकरण पि.पि.इको आवश्यक मात्रामा व्यवस्था सरकारले गरेको रहेनछ । अहिले सम्म पनि स्वस्थ्यकर्मीहरुलाई प्रयाप्त पि.पि.इ उपलब्ध गराउन नसकेको कुरा आएको छ । आएका पि.पि.इ पनि गुणस्तरहीन भएको कुरा छ । समयमै स्वस्थ्यकर्मीहरुको लागी चाहिने पि.पि.इ को व्यवस्था गर्न नसक्नु सरकारको ठूलो कम्जोरी हो । अत स्वस्थ्यकर्मीहरुलाई प्रयाप्त गुणस्तरीय पि.पि.इ को व्यवस्था गरी साथै स्वस्थ्य बिमाको व्यवस्था गरी उनीहरुको आत्मबल बढाउने काम गराउनु पर्दछ ।

(ग) कोभिड–१९को संक्रमण को संग छ वा छैन भनेर छुट्याउने मुख्य कुरा परिक्षण नै हो । तर सरकारसंग प्रयाप्त मात्रामा परिक्षण गर्ने किटनै रहेनछ । समयमै प्रयाप्त मात्रामा परिक्षण गर्ने किटको व्यवस्था गर्न नसक्नु सरकारको अर्को कम्जोरी हो ।

(घ) कोभिड–१९ को यो भयावह स्थितिलाई रोक्नको लागी पूर्वतयारी गर्न सरकारले देशभरिका स्थानीय निकाय, यो सम्भव नभए जिल्ला र त्यो पनि सम्भव नभएको अवस्थामा कम्तिमा पनि हरेक प्रदेशमा एक वटा परिक्षण गर्ने ल्याव व्यवस्था गर्नु पथ्र्यो । तर सरकारले त्यो व्यवस्था गर्न सकेन । करिव ३ करोड जनसंख्या भएको देशमा एउटा मात्र ल्याव(टेकु राष्ट्रिय प्रयोगशाला) छ, त्यसमा पनि प्रयाप्त परिक्षण गर्ने किट छैनन् । अहिले मात्र आएर केहि प्रदेशहरुमा यस सम्बन्धि प्रयोगशालाको विस्तार गरिएको छ । यो काम पहिलेनै गर्नु पथ्र्यो । परिक्षण गर्ने ल्याव र किट प्रयाप्त नभएको कारणले प्रथम चरणमा बाहिरबाट आएका सबै र पछि यो रोगका लक्षण भएका सबैलाई तुरुन्त परिक्षण गर्ने व्यवस्था हुन सकिरहेको छैन । चैत २१ गते सम्म जम्मा ११८४ जनाको परिक्षण गरिएको छ । यति परिक्षण गर्दा ६ जनालाई संक्रमण देखिएको थियो । बास्तावमा यहाँ आवश्यक ब्यक्तिहरुलाई परिक्षण नै हुन सकेको छैन । बदी भन्दा बदी व्यक्तिहरुलाई परिक्षण गर्ने व्यवस्था मिलाउनु पर्दछ ।

(ङ) कोभिड–१९ को संक्रमण बाट देशलाई बचाउन पूर्व तयारीको लागी देशभरको सरकारी र निजी अस्पतालहरुलाई पुरा तयारीमा राख्नुपथ्र्यो । यो तयारी पनि सरकारले गरेन । हरेक अस्पतालहरुमा आवश्यक अनुसार पि.पि.इ पु¥याउनु पथ्र्यो । त्यो नपुराएको कुरा माथिनै उल्लेख गरियो । सबभन्दा गम्भिर कुरा त प्राइभेट अस्पतालहरुले ज्वरो आएको कुनै पनि विरामीलाई गेटबाट भित्रै जान दिएनन् । अस्पतालमा उपचार नपाएर अन्य कारण बाट भएका बिरामीहरुको अकालमा ज्यान गएको छ । राष्ट्रलाई संकट परेको बेला बिरामी नहेर्ने निजी अस्पतालहरुलाई उनीहरुको लाइसन खारेज गरी तिनीहरुको राष्ट्रियकरण गरिनु पर्छ ।

(च)कोभिड–१९ को संक्रमण रोक्न अन्ततः सरकारले हतार हतारमा लकडाउन गर्यो । सरकार संग यो भन्दा अर्को विकल्प थिएन । लकडाउनलाई सफल पार्न सबैले सहयोग गर्नु पर्दछ । तर लकडाउबाट उत्पन्न हुने समस्याहरुको बारेमा सरकारले सोचेको देखिएन । पहिलो कुरा दैनिक ज्यालादारी काम गर्ने मजदुरहरु र विपन्न वर्गको मानिसहरुको जीवन निर्वाहको व्यवस्था कसरी गर्ने भन्ने विषयमा सरकारको कुनै योजना थिएन । लकडाउनले विपन्न वर्गका मानिसहरु भोगभोकै मर्ने अवस्था आइरहेको छ । सरकारको कम्जोरीको कारणले कोभिड–१९ ले भन्दा अन्य रोग र खाना नपाएर मर्नेको संख्या बढीहुने अवस्था आइरहेको छ । धेरै ढिलो गरेर सरकारले आर्थिक सहयोग प्याकेजको घोषण त गरेको छ तर त्यो पनि व्यवस्थित रुपमा कतै लागु भएको पाइएको छैन ।

लगडाउनबाट उत्पन्न भएको अर्को समस्या हो भारत बाट आउने नेपालीहरु सिमानामा अलपत्र परेर दुख पाउनु । रोजगारको लागी भारतमा कति नेपालीहरु गएका छन् भन्ने कुरा सरकारलाई थाहा भएकै कुरा हो । उनीहरु आफ्नो देश नेपाल आउदा उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पनि सरकारको कुनै सोंच देखिएन । भारत बाट हजारौको संख्यामा नेपालीहरु सिमानामा आइपुगे । सिमानामा आउन साथ उनीहरुलाई क्वारिनटाइनमा राख्ने व्यवस्था गर्नु पथ्र्यो । तर सरकारले सुरक्षा बल प्रयोग गरेर नेपालीहरुलाई आफ्नै देशमा आउन दिएन । आज उनीहरुले आफ्नो मातृभुमीमा आउन नपाएर सिमानामा अतयन्तै कस्टकर जीवन विताइरहेका छन् । आफ्नो देश नेपालमा आउन पाउनु उनिहरुको अधिकार हो । त्यस कारण सरकारले उनीहरुलाई तुरुन्त नेपाल भित्र ल्याएर क्वारिन्टाइनमा राख्ने व्यवस्था मिलाउनु पर्दछ।

(छ)माथि जे कुरा उठाइएको छ ती सबै सरकारले चाहेमा गर्न सकिने कुरा हुन । तर चीन बाट स्वस्थ्य सामाग्री ल्याउदा भ्रष्टाचार भएको कुरा उठीरहेको छ र अहिले सरकारले जुन कम्पनी संग ठेक्का सम्झौता गरेको थियो त्यो खारेज गरेको छ । यो खारेज गर्ने कुराले त्यसमा केही अनियमित्ता भएको थियो भन्ने नै पुष्ठी हुन्छ । ज्नताले कोभिड–१९ को महामारीको सामाना गरिरहदा सरकारले यस प्रकारको अत्यन्तै तुच्छ र निन्दनीय काम गरेपछि अब कोरोना भाइरसको संक्रमण रोक्न पूर्वतयारीमा प्रयाप्त ध्यान नदिनु सरकारको नियत माथिनै संका गर्नुपर्ने अवस्था आइरहेको छ । यो संका निवारण गर्न अनियमित्ता संग सम्बन्धित सबैलाई सरकारले कडा भन्दा कडा कारवाही गर्नुपर्छ । विपन्न वर्गका मानिसहरुलाई व्यवस्थित रुपमा राहातको व्यवस्था गरिनु पर्छ र सिमानामा आएका सबै नेपालीहरुलाई नेपाल भित्र ल्याएर क्वारिन्टाइनमा राख्ने व्यवस्था मिलाउनु पर्दछ ।

सरकारको अहिले सम्मको काम कार्वाही हेर्दा माथि उल्लेखित समस्याहरुको समाधानको लागी एकातिर व्यापक जनदबाब सिर्जना गर्नुपर्दछ भने अर्कातिर सरकारको सही कामलाई समर्थन गर्दै व्यक्तिगत रुपमा सचेत र सतर्क रहदै कोभिड–१९ को विरुद्घको संघर्षलाई जारी राख्नु पर्दछ ।