९४ सशस्त्र प्रहरी क्वारेन्टाइनमा

काठमाडौँ, चैत २५ । केही दिनअघि भारतबाट फर्किएका एक कोरोना सङ्क्रमित युवकलाई नियन्त्रणमा लिने कार्यमा संलग्न ९४ सशस्त्र प्रहरी कर्मचारीलाई ‘क्वारेन्टाइन’ मा राखिएको छ ।

 

महाकाली नदी तरेर अवैध नाकाबाट नेपाल प्रवेश गरेका मध्येका एक ती युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिनुका साथै भ्यानमा राखी महेन्द्रनगरमा बनाइएको क्वारेन्टाइनमा पु¥याएका थिए । तीन दिनअघि ती युवकमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सो घटनामा संलग्न सबैलाई क्वारेन्टाइनमा राखिएको छ । सशस्त्र प्रहरी प्रवक्ता प्रवीणकुमार श्रेष्ठका अनुसार क्वारेन्टाइनमा राखिएका सशस्त्र प्रहरी कर्मचारीको स्वास्थ्य अवस्था ठीक छ ।

 

सीमा नाका हेल्थ डेस्कमा खटाइएकामा भने ज्वरो तथा रुघाखोकी देखिएको छ । यसरी ज्वरो आएकामध्ये प्रदेश–१ मा १७ जना, २ मा एक, बागमती प्रदेशका पाँच र कर्णाली प्रदेशबाट एक जना छन् । उनीहरू सबैलाई क्वारेन्टाइनमा पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।