छिमेकीलाई धारिलो हतियार प्रहार गर्ने पक्राउ

काठमाडौं, चैत २५ । छिमेकीलाई छुरा हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा हल्दीबारी गाउँपालिका वडा नं.५ शान्तिचोक बस्ने ६५ वर्षीय कुलबहादुर राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

सोही ठाउँ बस्ने ६५ वर्षीय जसबहादुर राईलाई सामान्य वादविवाद हुँदा कुलबहादुरले छुराले प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घाइते जसबहादुरको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

 

रुपन्देही, मायादेबी गाउँपालिका वडा नं। ८ घराना डेरा गरी बस्ने पाल्पा घर भएका २७ वर्षीय अरुण गौतमलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने रन्जन गुरुङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

गौतमको डेरा कोठामा सँगै बसेर मादक पदार्थ सेवन गरेपछि सामान्य बिबाद हुँदा गुरुङले गौतमलाई चक्कु प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ गुरुङलाई वडा प्रहरी कार्यालय भैरहवा खटिएको प्रहरीले पक्राउ गरेको हो।घाइतेलाई उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएको छ ।