नेविसंघले घरजान नपाएका र डेरामा बस्ने बिद्यार्थीलाई राहत दिन माग

काठमाडौं,चैत, २६ ।नेपाल बिद्यार्थी संघले कोरोना भाइरसका कारण लकडाउनमा घर जान नपाएका डेरामा बस्ने बिद्यार्थीहरुलाई राहत दिन सरकारसंग माग गरेको छ ।

 

 

नेपाल बिद्यार्थी संघका अध्यक्ष राजिब ढुंगानाद्धारा जारी विज्ञप्तीमा देशभरि पढाइका क्रममा डेरा लिइ बसेका तथा यो विपत्तिको समयमा घर जान नपाइ डेरामा नै रहेका

 

बिद्यार्थीहरूलाइ उच्च प्राथमिकता राखेर सरकारले राहत वितरण गरोस  भनिएको छ ।विदेशमा अध्ययनरत बिद्यार्थीहरुलाई नेपाली दुतावास मार्फत आवश्यक सवै सहयोग प्रदान गर्न पनि नेविसंघले माग गरेको छ ।