बाजुरामा आगलागीबाट ४ बर्षिया बालिकाको मृत्यु

बाजुरा,चैत्र २७।बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडानम्बर ९ मा  आगलागी हुदा एक बालिकाको मृत्यू भएको छ ।

 

मृत्यू हुनेमा दल बहादुर बोगटीकी ४ वर्षकी छोरी आर्सना बोगटी रहेको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।

 

 

हिजो दिउसो आगलागी हुँदा बालिका घरमा खेलीरहेको अवस्थामा घरको गोठमा राखिएको परालमा आग्लागी हुदा बालिकाको मृत्यू भएको बुझिएको प्ररहरीले जानकारी दिएको छ ।

 

 

आगो स्थानीयकाे सहयोगमा नियन्त्रण गरिएको बताईएको छ । बुढिनन्दा प्रहरी चौकीबाट प्रहरी टोली घटना स्थल पुगेर घटनाको बिबरण संकलन गरिरहेको र जिल्ला प्रहरी कार्यालयले टोली घटना स्थल। पठाएको छ । घटना के कति कारणले भएको हाे टोली पुगिसकेपछि मात्र सबै जानकारी हुने प्रहरी कार्यलयले बताएको छ ।

 

बालिको लास पोष्टमाटमाको लागि हिजो रातिनै जिल्ला अस्पताल बाजुरामा ल्याएको प्रहरी स्रोतले बताएको छ । बालबालिकाकाे लास आज पोष्टमाटम गरिने भएको छ।