विशेष आर्थिक प्याकेज ल्याउने तयारीमा सरकार

काठमाडौं, चैत २७ । कोरोना भाइरसले मुलुकको अर्थतन्त्रमा पारेको असरलाई सम्बोधन गर्न सरकारले विशेष आर्थिक प्याकेज ल्याउने भएको छ । यस्तो प्याकेज आउँदो २ साताभित्रै ल्याउने तयारी सरकारको छ ।

 

यसअघि ल्याइएको राहत प्याकेजमा अर्थतन्त्रका समस्या आंशिक सम्बोधन भए पनि सरकारले घोषणा गर्न लागेको ‘स्टीमुलस प्याकेज’ ले बृहत् पक्षलाई सम्बोधन गर्ने अर्थ मन्त्रालयका अधिकारीहरूको भनाइ छ । आर्थिक प्याकेज कस्तो र कत्रो ल्याउने भन्ने बारेमा सबै मन्त्रालयलाई असरको मूल्यांकन गर्न अर्थमन्त्री डा। युवराज खतिवडाले आग्रह गरेको र मूल्यांकनपछि आगामी हप्ता निचोडमा पुग्ने तयारी भएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले अभियानलाई बताए ।

 

‘कुनकुन क्षेत्रमा केकति असर भयो र आगामी केही हप्ता लकडाउन रह्यो भने केकति असर हुनेछ, यसबारे निक्र्योल गर्न भनिएको छ, यसै हप्ता यसको केही खाका आउनेछ,’ ती अधिकारीले भने ।

 

विशेष आर्थिक प्याकेज ल्याउन सरकारले अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीको संयोजकत्वमा राष्ट्र बैंकका अधिकारीहरू संलग्न नेपालको अर्थतन्त्रमा कोरोना प्रभाव अध्ययन समितिसमेत बनाएको छ । त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्प कँडेलको संयोजकत्वमा असर मूल्यांकन गर्न प्राविधिक समितिसमेत बनेको छ । यिनै समितिको प्रतिवेदन र मन्त्रालयहरूले गरेको क्षेत्रगत असरको मूल्यांकनलाई समेटेर आर्थिक प्याकेज ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडले बताए ।

 

उनका अनुसार उद्योगी÷ व्यापारीहरूले तिर्नुपर्ने ऋणको ब्याज, साँवाको अवधि ६ महीना पु¥याउने, निर्यातयोग्य वस्तुको भन्सार छूटमा थप सहुलियत, कोरोनाका कारण अप्ठ्यारोमा पुगेका उद्योगलाई सहुलियत दरमा ऋण दिनेबारे उद्योग मन्त्रालयले विशेष आर्थिक प्याकेजमार्पmत सम्बोधन गर्न अर्थ मन्त्रालयलाई पत्राचार गर्ने तयारी गरिरहेको छ ।

 

‘कोरोनाका कारण कुनकुन उद्योग–व्यवसायमा धक्का लाग्यो, अब उनीहरूलाई ‘तङ्ग्रिन’ राज्यले केके गरिदिनुपर्ने हो, निजीक्षेत्रलाई लिखित रूपमा प्रस्ताव पेश गर्न भनेका छौं, उहाँहरूको माग सम्बोधन गर्न प्रयास हुनेछ,’ उनको भनाइ थियो ।

 

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका अनुसार कोरोनाका कारण उद्योग व्यवसाय क्षेत्रमा परेको असरका बारेमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको एक कार्यदलले विशेष प्रतिवेदन तयार गरेर सरकारलाई बुझाउनेछ । ‘आर्थिक प्याकेजमा सरकारले सम्बोधन गर्नुपर्ने विषयहरूबारे कार्यदलले अन्तिम ड्राफ्ट बनाइसकेको छ, प्रतिवेदन १र२ दिनभित्रै तयार गरी सरकारलाई बुझाउँछौं,’ अध्यक्ष राणाले भनिन् । आर्थिक अभियानमा खबर छ।