बाजुरामा श्रीमानले हानेको गोली लागेर श्रीमतीकाे हत्या

 बाजुरा,चैत,२७ । बाजुरामा श्रीमानकाे गोली प्रहारबाट श्रीमतीकाे हत्या भएको छ । गौमुल गाउँपालिका ४ कि ३३ वर्षीया सुन्तु रोकायाको उनकै श्रीमानले हानेको बन्दुकको गोली लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएकाे हो ।

 

४० वर्षका गोरख रोकायाले भरुवा बन्दुकबाट श्रीमतीलाई गोली हानेको प्रहरीले बताएको छ । रोकायालाई प्रहरीले पक्राउ गरिसकेको प्रहरीले जानकारी दिएकाे छ ।

रोकाया एक थान बरुवा बन्दुकसहित पक्राउ परेका हुन् । हत्या गरिएको अवस्थामा शव फेला पारेपछि बिहीबार बिहान माइती पक्षले प्रहरीलाई खबर गरेका थिए।