झापामा नाै वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

झापा, चैत २८ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका वडा नं.१ हिमाली चोक बस्ने पारश सिवालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

 

पारशले ती बालिकालाई खेल्ने क्रममा डर धम्की दिई चैत ११ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चोकी पृथ्विनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।