६ दिनयता कोरोना संक्रमित थपिएनन्

काठमाडौं, चैत २९ । पछिल्लो ६ दिनयता कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्या स्थिर रहेको पाइएको छ ।

 

पछिल्लो दिनमा परीक्षण गर्ने क्रम बढाइँदासमेत कोरोना संक्रमितको संख्या नदेखिनुलाई सकारात्मक रुपमा लिइएको सरकारी अधिकारीहरुले बताएका छन् ।

 

गत २४ घण्टामा ६ सय ३० जनाको कोरोना परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।