कैलालीमा वडा सचिव सामूहिक बलात्कारको आरोपमा पक्राउ

धनगढी,बैशाख ३। कैलाली जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्वर ४ का सचिव रामकुमार चौधरी सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा पक्राउ । १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कारमा संग्लन रहेको भन्दै प्रहरीले पक्राउ गरेकाे छ।

 

२९ वर्षीय चौधरी सोही वडाका २२ वर्षीय मंगल चौधरी र ३१ वर्षीय सुरेश कुमार चौधरीसंगै पक्राउ परेका हुन्। उनीहरुमाथि भजनी नगरपालिकाकी १५ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेकाे छ।

 

जिल्ला प्रहरी कार्यालय कैलाली स्राेतका अनुसार तीन जनाले किशोरीलाई विभिन्न प्रलोभन देखाएर भजनी बजार जाउ भन्दै झाडीमा लगेर बलात्कार गरेका थिए।

 

प्रहरीका अनुसार भजनी नगरपालिका वडा नम्वर ८ कृष्णनगर स्थित हुलाकी सडकको दक्षिण तर्फ रहेको झाडीमा डर, त्रास, धाक धम्की देखाई जबरजस्तीकरणी गरेको बुझिएको प्रहरी स्राेतले बताएकाे छ। कैलाली जिल्ला अदालतबाट १५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी स्राेतले जानकारी दिएकाे छ।