दैलेखमा नाक र मुख नछुट्टिएको बच्चा जन्मिएपछि

दैलेख,बैशाख ४। जिल्लाको आठबीस नगरपालिका-७ तीलेपाटामा एक अनौठो बच्चाको जन्म भएको छ। स्थानीय तीलेपाटा स्वास्थ्य चौकीमा उक्त बच्चाको जन्म भएको हो । बच्चाको नाक र मुख राम्रोसँग छुट्टिएको छैन् । नाक र मुखको बीच भागमा प्वाल मात्रै छ । बच्चाको आँखा समेत राम्रोसँग खुलेको छैन् । शरीर र खुट्टा समेत लुलो रहेको स्वास्थ्य चौकीमा कार्यरत अनमी रेश्मा विश्वकर्माले बताइन् ।

 

‘बच्चा गर्भमा रहँदा स्वास्थ्य चौकीमा जाँच गरिएको थियो, ‘बच्चाको अवस्थाबारे जानकारी दिन एक पटक भिडियो एक्सरे गर्न जान भनेका थियौं,’ अनमी विश्वकर्माले भनिन्, ‘उहाँहरु जानुभएन, अहिले बच्चा असामान्य जन्मियो।अन्नपुर्ण