हिमाली गाउँपालिकाले कोभिड- १९ नियन्त्रण गर्न किटनाशक औषधिदेखी कर्मचारीलाइ १० लाखसम्मको विमा

बाजुरा,बैशाख ५।बाजुराको हिमाली गाउँपालिकाले नोबेल कोरोना भाइरस  (कोभिड- १९) नियन्त्रण गर्न खटिने स्वास्थ्यकर्मी, कर्मचारी र पदाधिकारीहरुको लागि १० लाख सम्मको विमा गर्ने गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले जानकारी दिनु भएकाे छ ।  

 

 गाउँपालिकामा बसेको विपद व्यवस्थापन तथा नोबेल कोरोना भाइरस (कोभिड- १९) नियन्त्रण तथा रोकथाम समितिमा गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्ल, उपाध्यक्ष चन्द्रादेवी बुढा लगाएत ७ वटै वडाका वडा अध्यक्षहरुको उपस्थितिमा बसेको उक्त बैठकले यस्तो निर्णय गरेको अध्यक्ष मल्लले जानकारी दिनु भएकाे छ । 

 

  गाँउपालिकाले बिमाको ब्यबस्थापन गर्दा कर्मचारिको मनोबल बढ्ने पनि अध्यक्ष मल्लले बताउनु भयाे । विश्व महामारीकारुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड- १९)  विरुद्धको रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी साथै पदाधिकारीहरुको मनोबल बढाउन यस्ताे गरिएकाे उहाँले जाकारी दिनु भएकाे छ।  

 

गाउँपालिका क्षेत्रभित्र रोगलाई फैलिन नदिन सबै सीमानाकाहरुमा थप कडाईका साथ कर्मचारीलाई सक्रिय रुपमा लागू गरी विमाको प्याकेजले ठुलो राहत पुगेको अध्यक्ष मल्लले जानकारी दिनु भएकाे छ। 

 

त्यस्तै गाउँपालिकाले अब आउने आइतवारदेखी कोरोना भाइरस (कोभिड १९)लाइ मध्यनजर गर्दै गाउँपालिकामा रोगको रोकथाम गर्न (पाचँ लिटरका ५० वटा ग्यालेन तथा  २५० लिटर)  किटनाशक औषधि  सबै वडा देखि टोल-टाल सम्म छर्किने पनि तयारी गरिएको अध्यक्ष मल्लले जानकारी दिनु भएको छ।