लेखक, कवि, पत्रकार, प्राध्यापक तथा सांस्कृतिककर्मीहरुद्वारा नेपाल तथा भारतका आस्थाका बन्दीहरूको रिहाइका लागि सार्वजनिक अपिल जारी

काठमाडौं,बैशाख ५ । नेपालका ६१ जना लेखक, कवि, पत्रकार, प्राध्यापक तथा साँस्कृतिककर्मीले नेपाल र भारतका जेलमा रहेका आस्थाका बन्दीहरुको रिहाईको माग गर्दै एक सार्वजनिक अपिल जारी गरेका छन् ।

 

अपिलमा भनिएको छ, “आज नेपालको कम्युनिस्ट नामधारी राज्यसत्ताले पनि त्यसरी नै गणतन्त्रका योद्धा वरिष्ठ सांस्कृतिक कर्मी माइला लामालगायत थुप्रैलाई झुट्ठा मुद्दा लगाई जेलमा बन्दी बनाएको छ । यसै गरी भारतीय राज्यसत्ताले पनि झुठा मुद्दामा ८० वर्षीय वरिष्ठ मार्क्सवादी कवि तथा सांस्कृतिक कर्मी वरवर रावका साथै न्याय र परिवर्तनका पक्षमा निर्भिकतापूर्वक कलम चलाउने लेखक तथा सामाजिक अभियन्ता गौतम नवलखा, प्राध्यापक आनन्द तेलतुम्डे तथा शारीरिक रूपले ९० प्रतिशत अपाङ्ग प्राध्यापक जि। एन साइबाबा लगायतका लेखक, पत्रकारहरूलाई बन्दी बनाएको छ र निर्मम तथा कठोर व्यवहार गरिरहेको छ ।

 

अपिलमा आस्थाका बन्दीहरुको रिहाईको माग गर्दै अगाडि भनिएको छ, “ कोरोनाको महामारीले विश्वमानव र मानवीयता गम्भीर सङ्कटमा परेको यसबेला न्याय र परिवर्तनका लागि कलम चलाउने र आवाज उठाउने आस्थाका बन्दी बनाइएका यी लेखक, कवि, पत्रकार, प्राध्यापक तथा सांस्कृतिक कर्मीहरूको जीवन जोखिममा छ र उहाँहरुको जीवनरक्षाका लागि चौतर्फी आवाज उठाउनु तथा सम्बद्ध राज्यहरूलाई दबाब दिनु अत्यावश्यक भएको छ । यस सङ्गीन घडीमा हामी तपसिलका लेखक, प्राध्यापक तथा सांस्कृतिक कर्मीहरू अन्यायपूर्ण ढङ्गले बन्दी बनाइएका आस्थाका बन्दीहरूको जीवनरक्षाप्रति संवेदनशील हुँदै नेपाली सांस्कृतिक कर्मी माइला लामा लगायतका नेपाली राजबन्दीहरू तथा भारतीय जेलामा रहेका वरवर राव, आनन्द तेलतुम्डे, गौतम नवलखा, जी। एन। साइबाबा लगायतका लेखक तथा सामाजिक अभियन्ताहरूको बिनासर्त रिहाइको माग गर्दछौँ ।

 

अपिलमा टर्कीकी सांस्कृतिक सहिद हेलिना बोलेकप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै उहाँहरूको साम्राज्यवादविरोधी आन्दोलनप्रति ऐक्यबद्धता पनि प्रकट गरेको छ र कवि वरवर राव लगायत भारतीय लेखकहरूको रिहाइका लागि भारतका लेखकहरूले राज्यलाई दाबाब दिनका लागि सञ्चालन गरिरहेको अभियानप्रति पनि ऐक्यबद्धता प्रकट गरेको छ।

अपिल जारी गर्नेहरुमा

१.निनु चापागाईं, २. प्रा. डा. जगदीश चन्द्र भण्डारी, ३.रोशन जनकपुरी, ४. प्रा.डा.ताराकान्त पाण्डेय, ५.आहुति, ६. मित्रलाल पंज्ञानी, ७. इस्माली, ८. प्रा. डा. नन्दीश अधिकारी, ९.हीरामणि दुःखी, १०. खेम थपलिया, ११. प्रा.डा.कृष्ण बेलबासे, १२. प्रा.डा. कर्णबहादुर थापा, १३.कुमार थापा, १४. प्रा. श्रीधर अधिकारी, १५. डा. रामप्रसाद ज्ञवाली, १६. लोकराज रेग्मी, १७.तक्मा के. सी., १८.मोदनाथ मरहट्टा, १९. विष्णु भण्डारी, २०.बलराम तिमिल्सिना, २१.सङ्गीत स्रोता, २२. विनोदविक्रम के. सी., २३.राजु स्याङ्तान, २४. नवीन विभास, २५.डा. कृष्णराज अधिकारी, २६.डा. सुकुम शर्मा, २७. परशुराम कोइराला, २८. नुमराज बराल, २९. पोषराज पौडेल, ३०. भीम रानाभाट, ३१. सीता शर्मा, ३२। गौरी दाहाल, ३३. शोभा दुलाल, ३४. राजेश बान्तवा, ३५. डा. विदुर वस्ती, ३६.प्रभात सापकोटा, ३७. पूर्णबहादुर अधिकारी, ३८. छायादत्त न्यौपाने, ३९. देवेन्द्र लम्साल, ४०.रविकिरण निर्जीव, ४१. ईश्वरी ओझा, ४२.अनिल श्रेष्ठ, ४३. हुकुमबहादुर सिंह, ४४.उमेश आचार्य, ४५.कल्पना चिलुवाल, ४६. कृष्णहरि भट्ट, ४७. चन्द्रा थानी, ४८.पञ्चकुमारी परियार, ४९. विष्णु न्यौपाने, ५०.वसन्त बोगटी, ५१. असल पाख्रिन, ५२.जय दाहाल, ५३.कमल निओल, ५४. सुनिता बुढाथोकी, ५५.चित्रनारायण थारू, ५६.नारायण परिश्रमी, ५७. बन्दना ढकाल, ५८. शीला योगी, ५९. खगेश्वर भण्डारी, ६०. प्रकाश खनाल, ६१. इन्द्र राउत लगायत रहेका छन् ।