बाजुराका काङ्ग्रेस नेता पदम बहादुर शाहि र ने.वि.संघ बाजुरा-काठमान्डौ सम्पर्क समिततिको सहकार्यमा राहत वितरण

काठमाडौं,बैशाख ५।नेपाली काङ्ग्रेस बाजुराका नेता पदम बहादुर शाहिको पहलमा नेपाल विद्यार्थी संघ बाजुरा काठमान्डौ सम्पर्क समितिको सहकार्यमा अध्यक्ष चन्द्र रावत ,उपाध्यक्ष अर्जुन बुढा,सचिव थुमराज उपाध्याय,तेज सुनार र सदस्य पौरख खाति ,गोबिन्द बिष्टको सक्रिय सहभागितामा लकडाउनका कारण समस्यामा परेका सुदुरपश्चिमको बिकट जिल्ला बाजुराबाट काठमान्डौमा  अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई अहिलेको अवस्थालाइ मध्यनजर गर्दै राहात उपलब्ध गराइएको सम्पर्क समितिका सचिव थुमराज उपाध्यायले जानकारी दिएका छन्।

 

  कोरोेना भाइरस(कोभिड १९)को संक्रमण माहामारिका कारण समस्यामा रहेका किर्तिपुर क्षेत्रमा बसोबास गर्ने बाजुरा जिल्लाका करिब ६० जना विद्यार्थीलाई राहत उपलब्ध गराइएको हो । प्रतिब्यक्ती १० केजि चामल, १ केजी दालसहितको राहत प्याकेज बितरण गरिएको सचिब थुमराज उपाध्यायले जानकारी दिएका छन्।  

यो राहतको लागि व्यापारी अजय सुमार्गिले सहयोग गरि नेता पदम बहादुर शाहिको पहलमा, अध्यक्ष चन्द्र रावत र सचिब थुमराज उपाध्यायको  उल्लेखनीय भुमिकाका साथ राहत वितरण गरिएको थियो।

 

धन भन्दा नि मन धेरै भएकादाताहरु र अग्रज ब्यक्तित्वहरुको साथमा रहि नेपाल विद्यार्थी संघ बाजुरा काठमान्डौ सम्पर्क समितिले लकडाउन सुरु भए देखिनै बिद्यार्थीहरुलाई सहयोग गर्न आफुले आबस्यक पहल गरिरहेको र बाजुरा जिल्लाका हरेक समस्यामा परेका विद्यार्थी लगायत अन्य सबैलाइ समस्यामा सहयोग गर्न जुटेको नेबि संघ बाजुरा काठमान्डौ सम्पर्क समितिका सचिब थुमराज उपाध्यायले बताएका छन् ।

हामि विद्यार्थीका समस्यामा मलम लगाउन नै यो महामारीको समयमा काठमान्डौमा बसेका हौ हामी निरन्तर सेवामै लागि रहेका छौ।हाम्रो सम्पूर्ण बाजुरा काठमान्डौ सम्पर्क समितिका सदस्यहरू लग्ने छौ तेज सुनार, गोबिन्द बिष्ट र पौरख खातिले पनि सधै समस्यामा परेका विद्यार्थीलाइ उदार गर्न सधै लागि पर्ने जानएका छन्।