चीनले परमाणु बम परीक्षण गरेको अमेरिकाको आरोप

 वासिंगटन।अमेरिकाले चीनमाथि जमिनमुनी कम क्षमताको परमाणु बम परीक्षण गरेको आरोप लगाएको छ । यद्यपी चीनले अमेरिकाको उक्त दावीलाई अस्विकार गरेको छ ।

 

हतियार नियन्त्रण सम्बन्धि निकाय आम्र्स कन्ट्रोल कम्पाइन्सले दिएको एक प्रतिवेदनमा यसको जानकारी दिएको छ । तर उक्त परीक्षणका विषयमा कुनै प्रमाण दिएको छैन । प्रतिवेदनमा चीनको लोप नुर टेस्ट साइट परीक्षण स्थलमा खन्ने र अन्य गतिविधिका प्रमाण भने उल्लेख छ ।

 

वाल स्ट्रिट जर्नलमा अमेरिकाको विदेश विभागको प्रतिवेदनलाई उदृत गर्दै चीनको लोप नुर टेस्ट साइटमा बर्षभरी यसको तयारी भइरहेको उल्लेख गरिएको छ ।

 

चीनले विस्फोटका क्रममा जिरो इल्डको उलंघन गरेको हुनसक्नेमा अमेरिकाले चिन्ता ब्यक्त गरेको छ । जिरो इल्ड त्यसतो परीक्षण हो जसमा कुनै चेन रिएक्सन हुँदैन , जुन परमाणु हतियारको विस्फोटमा हुन्छ ।

 

अमेरिकाले यो कम तिब्रताको परमाणु बमको परीक्षणमा चीन र पाकिस्तान मिलेर काम गरिरहेको आशंका ब्यक्त गरेको छ । यसले ससाना इलाकालाई निशाना बनाउन सहज हुनेछ ।

 

अमेरिका र चीन दुबैले १९९६ मा कम्प्रिहेन्सिव बेन्ड ट्रिटी (सीटीबीटी)मा हस्ताक्षर गरेका थिए । यसबीच रिपब्लिकन सांसद टम कटनले एकातिर अमेरिका यो सन्धिको पालना गरिरहेको र अर्को तीर चीन यसको उलंघन गर्दै परमाणु हतियारको क्षमता विकासमा लागेको आरोप लगाएका छन् ।

 

अमेरिकी डिफेन्स इन्टेलिजेन्स एजेन्सीले गतबर्ष मेमा यस प्रकारको आरोप रुसमाथि पनि लगाएको थियो । तर त्यो प्रमाणित भने हुन सकेन । अमेरिकामा पनि यो सन्धी तोड्नु पर्ने माग बढीरहेको छ ।

 

चीनको विदेश मन्त्रालयका प्रवक्त झाओ लिजियानले अमेरिका झुठो आरोप लगाइरहेको बताए । चीन परमाणु परीक्षणमा रोक लगाउनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै चीनले सँधै एक जिम्मेवार रवैया अपनाइरहेको उनले बताए । अमेरिकाको दावी पुर्ण रुपमा आधारहिन भएको उनले थपे । एजेन्सी,