नयाँ अन्तर्विरोधमा जेलिँदै राष्ट्रपति ट्रम्प

सीपी गजुरेल

महामारीका रुपमा संसारभर फैलिएको कोरोना भाइरसले धेरै ठुलो क्षति पु¥याएको विषयमा धेरै बताइरहनु पर्ने आवश्यक नपर्ला । यो भाइरसले विश्वलाईनै आक्रान्त बनाएको छ । सन् २०१९ को अन्त्यमा चीनको वुहान सहरबाट सुरु भएको यो संक्रमितको संख्याले २३ लाख पार गरिसकेको र १ लाख ६० हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

 

५ लाख भन्दा बढी मानिस निको भएका पनि छन् । संयुक्त राष्ट्र संघका महासचिव एण्टोनियो गुटरेसले यो महामारीलाई ‘दोस्रो विश्व युद्ध पछिको सबैभन्दा ठुलो संकट’ भनेका छन् । आज भन्दा एक महिना जति अघि नै विश्व स्वास्थ संगठनले ‘विश्व स्वास्थ संकटकाल’को घोषणा गरिसकेको छ । यो महामारीले केवल मानिसको जीवनमा र स्वास्थ क्षेत्रमा मात्र होइन, यसले बहु आयामिक प्रभाव पारेको छ । यसले विश्वका शक्तिसाली राष्ट्रहरु र विश्व शक्ति सन्तुलनमा समेत ठुलो प्रभाव पारेको छ ।

पछिल्लो चरणमा यसले संरा अमेरिका, इटाली, स्पेन, फ्रान्स आदि देशलाई बढी निशाना बनाएको छ । अरु देशमा यसको आक्रमण केही शिथिल हुने हो कि भन्ने थोरै आसाको संकेत देखिए पनि अमेरिकामा यो जंगलको डँढेलो जस्तो अघि बदिरहेकै छ । आसा गरौं,यो महामारी अब नियन्त्रणमा आउने छ र आक्रान्त विश्वले चैन सँग बाँच्न पाउने छ ।

यी सबै घटनाक्रमले हरेक राष्ट्रमा र विश्व स्तरमा नयाँ -नयाँ अन्तर्विरोधलाई जन्माइ पनि रहेका छन् । केही दिन भित्र अमेरिकी राष्ट्रपति ट्रम्पले जुन निर्णय लिएका छन्, त्यसले विश्व राजनीतिलाई प्रभावित पारेको छ । यहाँ त्यस प्रकारका दुईवटा घटनाका विषयमा चर्चा गरिने छ ।

विश्व स्थास्थ संघ र ट्रम्प

संयुक्त राष्ट्र संघ अन्तर्गतको एउटा महत्वपूर्ण संस्था हो विश्व स्वास्थ संगठन, जसले विश्वको स्वास्थ समस्याका विषयमा केन्द्रीत भएर काम गर्दछ । खासगरी चीनबाट सुरु भएको कोरोना भाइरसको सन्दर्भलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्प यो विश्वस्तरको संस्था सँग रुष्ट भएका छन् । विश्व स्थास्थ संगठन प्रति उनको पहिलो आरोप के थियो भने यसले कोभिड १९का विषयमा समयमै जानकारी गराएन ।

पछिल्लो चरणमा गएर उनले के आरोप लगाए भने विश्व स्वास्थ संगठन चीनको पक्षमा काम गर्दैछ । दुुई दिन अघि मात्र उनले यो संस्थालाई अमेरिकाले दिने गरेको आर्थिक सहयोग बन्द गर्ने छ भनेर भनेका छन् । त्यसको जवाफमा विश्व स्वास्थ संघका अध्यक्ष डा। टेड्रोस एदनाम गेब्रियसले यो भनाईको खण्डन गर्दै राष्ट्रपति ट्रम्पलाई कोरोना भाइरसको विषयमा राजनीति नगर्न चेतावनी समेत दिएका थिए । उनले आफुलाई ज्यान मार्ने सम्मको धम्की आएकोबारेमा पनि आक्रोस व्यक्त गरेका थिए । राष्ट्रपति ट्रम्पको यो भनाई प्रति उनकै पार्टीका नेताहरुले पनि बिरोध गरेका थिए । यसपछि ट्रम्प अलि पछि हट्ने हुन् कि भन्ने चर्चा चलिरहेको थियो । तर, अप्रिल १५ विहान उनले आयोजना गरेको नियमित प्रेस सम्मेलनलाई निकै महत्व दिएर अमेरिकाको चर्चित अंग्रेजी दैनिक वाशिंगटन पोष्टले एउटा लामो टिप्पणी लेखेको छ ।उनले विश्व स्वास्थ संघलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग नदिने निर्णय सुनाएर धेरैलाई चकित पारे ।

अमेरिकी राष्ट्रपतिको यो निर्णयले केवल विश्व स्वास्थ संगठनलाई मात्र प्रभाव पारेन कि यसले संयुक्त राष्ट्र संघलाई नै प्रभावित गरेको छ । संयुक्त राष्ट्र संघ महासचिब एण्टोनियो गुटरेसले यसबारे आफ्नो भनाईलाई सार्वजनिक गर्दै भनेका छन् कि कसैले पनि विश्व स्थास्थ संगठनलाई असहयोग गर्ने कुरा सोच्नु हुँदैन । उनले ट्रम्पको भनाई प्रति संकेत गर्दै यो विश्व संस्थालाई आर्थिक सहयोग कटौतीगर्ने निर्णयले कोरोना भाइरसको विश्वव्यापी लडाईं कमजोर हुने छ । डब्ल्यूएचओका प्रमुख डा। टेड्रोस एडनम गिब्रिएससले भने, अमेरिका लामो समयदेखि डब्ल्यूएचओको साथी रहँदै आएको छ र उसले आर्थिक रुपमा मद्दत पनि गरिरहेको छ ।

उनले थपे, ‘हामी अमेरिकी राष्ट्रपतिद्वारा विश्व स्वास्थ्य संगठनलाई प्रदान गर्दै आएको रकम रोक्न दिइएको आदेशप्रति खेद प्रकट गर्दछौं ।

‘अमेरिकाले रकम बन्द गरेपछि पर्ने प्रभावबारे डब्ल्यूएचओले समीक्षा गरिरहेको छ । हामी आफ्ना पार्टनरसँग आर्थिक संकटको विषयमा छलफल गर्नेछौं ताकि कुनै प्रकारको समस्या नआओस ।’ उनले भने, ‘कुनै पनि हालतमा काम नरोकियोस भन्ने कुराको हामी सुनिश्चित गर्न चाहन्छौं ।

यो विवाद संयुक्त राष्ट्र माइक्रोसफ्टका मालिक बिल गेटले विश्व स्वास्थ संगठनलाई आर्थिक सहायता रोक्नु गलत कुरा भएको बताएका छन् । उनले भनेका छन्, “खासगरी कोरोना भाइरसका बिरुद्ध लड्नु पर्ने बेलामा यो काम सुन्दाखेरी जति खतरनाक लाग्छ त्यतीनैे खतरनाक छ ।

यस प्रकार, आफ्नो गलत नीतिका कारण ट्रम्प प्रशासन विश्व राजनीतिबाट एक्लिँदै गएको छ । यसको असर अमेरिका भित्रै पनि नकारात्मक परेको छ । कोरोना भाइरसको महामारी उग्ररुपमा फैलिरहेको अवस्थामा त्यहाँका जनताले पहिले जीवन बचाउन विश्व भरी नै यसका विरुद्ध मिलेर लड्नु पर्दछ भन्ने जनमतका विरुद्ध ट्रम्पको नीति भएकाले यसको बिरोधमा जनमत हुनु स्वभाविक हो ।

लक डाउन् हटाउने नीतिको बिरोध

अमेरिकालाई खुला राख्ने र मानिसहरुलाई काममा लगाउने ट्रम्पको नीतिको पनि अमेरिकामा चर्को विरोध भेरहेको छ ।