कास्की कारागारमा कैदीको मृत्यु

कास्की,बैशाख ७। पाेखराकाे कास्की कारागार शाखामा अचानक बेहोस भएका एक कैदीको मृत्यु भएको छ ।शनिबार बिहान साढे दश बजे खाना खाँदै गर्दा अचानक बेहोस भएर ढलेका ४५ वर्षीय सुनिल नेपालीको मृत्यु भएको हो ।

 

पोखरा महानगरपालिका-१८ सराङकोट घर भएका नेपाली २०७४ को भदौ १५ देखि जबर्जस्ती करणी अपराधमा ७ वर्ष कैद सजाय भुक्तान गरिरहेको प्रहरीले जनाएको छ ।

 

उनलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पलात लगिएकोमा चिकित्सकले चेक जाँच गर्ने क्रममा मृत घोषित गरेका थिए । मृत्युको कारण तथा थप विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।