कोरोना भाइरस संक्रमणपछि ठीक हुन कति समय लाग्छ

एजेन्सी । कोभिड १९ को महामारी २०१९ को अन्त्यतिर सुरु भए पनि केही बिरामी पूर्ण ठीक हुन लामो समय लाग्ने संकेतहरू देखिन थालेका छन् ।

 

संक्रमणपछि ठीक हुन लाग्ने समयले तपाईं कुन हदसम्म बिरामी हुनभयो भन्ने कुरा निर्भर गर्नेछ । सम्भावना छ कि केही मानिस रोगबाट चाँडै ठीक हुने छन् भने केहीलाई सञ्चो हुन लामो समयसम्म संघर्ष गर्नुपर्नेछ ।

उमेर, लिंग र अन्य स्वास्थ्य समस्यालगायतले कुनै पनि मानिसलाई कोभिड–१९ बाट गम्भीर रूपले बिरामी पर्ने खतरा बढाइदिन्छ । यसको उपचारमा तपाईंकोे शरीर जति प्रयोग गरिनेछ अथवा जति बढी दिन उपचार गरिन्छ संक्रमित ठीक हुन पनि उत्तिकै बढी समय लाग्नेछ ।

 
कोरोना भाइरसबाट संक्रमित हुने अधिकांशमा खोकी र ज्वरोजस्ता प्रमुख लक्षण देखिन्छन् । साथै उनीहरूमा शरीर दुख्ने, थकान महसुस हुने, घाँटी बस्ने र टाउको दुख्ने लक्षण पनि देखिन सक्छन् । सुरुमा सुक्खा खोकी हुन्छ । तर केही संक्रमितमा खोकीसँगै खकार पनि देखिन्छ । जसमा कोरोना भाइरसका कारण मरेका फोक्सोका ‘डेड सेल्स’(मृत कोशिकाहरू) हुन्छन् ।

 

यी लक्षणहरू देखिए उपचारका रूपमा आराम गर्ने सल्लाह दिइन्छ । दुखाइ कम गर्न पारासिटामोल र पर्याप्त मात्रामा पानी पिउन भनिन्छ । सामान्य लक्षण देखिएका संक्रमितहरू चाँडै ठीक हुने अपेक्षा गरिन्छ । ज्वरो सञ्चो हुन एक साताभन्दा कम समय लाग्छ । यद्यपि, खोकीले सामान्यभन्दा बढी समय लिन सक्छ ।

 

चीनबाट प्राप्त तथ्यांकअनुसार विश्व स्वास्थ्य संगठनले गरेको विश्लेषण बमोजिम संक्रमणपछि कुनै व्यक्तिलाई रोग निको हुन औसत रूपमा दुई साता लाग्छ । यो रोगले केही मानिसमा अत्यन्तै गम्भीर स्थिति उत्पन्न गर्न सक्छ । संक्रमणको सातदेखि १० दिनभित्रनै यसको अनुमान लगाउन सकिन्छ ।

 

स्वास्थ्यको स्थिति तीव्र रूपमा बिग्रिन सक्छ । फोक्सोमा जलनको साथै श्वास फेर्न कठिन हुने गर्छ । शरीरको प्रतिरोध प्रणालीले संक्रमणविरुद्ध लड्ने प्रयास गर्दा यस्तो हुने गर्छ । बेलायती डाक्टर सारा जार्विस भन्छिन्, “श्वासको समस्यामा सुधार आउन केही समय लाग्छ । शरीर जलन र बेचैनीबाट छुटकरा पाउन थाल्छ ।” यस्तो प्रकारका बिरामीहरू ठीक हुन दुईदेखि आठ साता लाग्न सक्ने उनको भनाइ छ । जेम्स गैलाघर ,बीबीसी,