आज मिति २०७७ साल बैशाख ८ गते सोमबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष – नंया कामको थालनी हुनेछ,सहयोगी मित्रहरु बढ्नेछन्,सन्तान पक्षबाट सुख को अनुभूति हुनेछ,आजको शुभ अंक १० रहेको छ।

वृष-बिज्ञान तथा अनुसन्धान क्षेत्रमा रहनेहरुको लागि नंया प्रतिफल मिल्ने समय छ,आजको शुभ अंक ७ रहेको छ।

 

मिथुन-नवदम्पतिको लागि भविष्यको लागि राम्रो योजना बनाउने तथा नंया कामको थालनी हुने समय छ,आजको शुभ अंक ८ रहेको छ।

 

कर्कट-मनोरन्जनात्मक कार्यमा समय व्यतित हुनेछ,दाजुभाई तथा इष्टमित्रको सम्बन्धमा आत्मियता बढ्नेछ,आजको शुभ अंक ११ रहेको छ।

 

सिंह- कृषि तथा पशुपालन बाट मनग्य लाभ मिल्नेछ,पढाई लेखाईमा प्रगति हुनेछ,आजको शुभ अंक ९ रहेको छ।

 

कन्या – पढाइ लेखाईको क्षेत्रमा उच्चतम सफलता हात लाग्नेछ, पशुपक्षीबाट खासै लाभ हुने देखिन्न,आजको शुभ अंक ५ रहेको छ।

 

तुला – यज्ञ अनुष्ठान र धार्मिक कार्यहरुमा सरिक हुने अबसर मिल्नेछ,जग्गा जमिनमा सफलता मिल्नेछ,आजको शुभ अंक ९ रहेको छ।

 

वृश्चिक- दैविक प्रकोप र अस्वाभाविक दुर्घटनाले धन जनको क्षति साथै अंग भंग हुन सक्छ,आजको शुभ अंक ८ रहेको छ।

 

धनु – दाम्पत्य सम्बन्धमा कमजोरी आउन सक्छ,गुप्तरोगको भय तथा नशा सम्बन्धि समस्या आउन सक्छ,आजको शुभ अंक ३ रहेको छ।

 

मकर  – ठुला व्यक्ति संगको भेटघाटले कार्यशक्तिमा पढ़ावा दिनेछ, राजनीतिक त्रक्षे सफल रहनेछ,आजको शुभ अंक १२ रहेको छ।

 

कुम्भ –स्वास्थ्यमा भने केहि प्रतिकूलताको सामना गर्नु पर्ला, खानपान र हिडडुलमा बिशेष चनाखो रहनुपर्ला,आजको शुभ अंक १० रहेको छ।

 

मीन –दाम्पत्य सम्बन्धमा कमजोरी ल्याउन सक्छ,नोकरीमा अनाबस्यक झैँ झमेला आउने छ,आजको शुभ अंक ६ रहेको छ।