आफ्नै छोरीको हत्या गरी आत्महत्याको नाटक

पर्सा,बैशाख ८ ।आफ्नै छोरीको हत्या गरी आत्महत्या भनि बनावटी घटना बनाउने कार्यमा संलग्न वीरगंज महानगरपलिका-१ छप्कैयाटोल बस्ने २९ वर्षीय संजय सरार्फ भन्ने संजय कुमार साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ ।

 

जयले आफ्नै छोरी ७ वर्षीया अंशू कुमारी सरार्फलाई गत चैत ११ गते दिउँसो झुण्डी रहेको अवस्थामा फेला पारी तत्काल उपचारको लागि नारायणी अस्पतालमा लैजाने क्रममा मृत्यु भएको दावी गरेका थिए । तर संजयलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा मृतक अंशू कुमारी सरार्फले आफै झुण्डी आत्महत्या गरेको नभई उनैले घाटी थिची हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

साथै आफूले गरेको कसूरबाट बच्ने उद्देश्यले बनावटी आत्महत्या जस्तो वारदात बनाएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।