संकटका बेला राजनैतिक पुर्वाग्रह नराखी जनमुखी कार्यक्रम अगाडि बढाउनु आवश्यक: नेता गिरी

बाजुरा,बैशाख ९। नेपाली कांग्रेस नेता एवम् पूर्वमन्त्री जनक गिरीले कोराेनाको महामारी सँग बिजय हासिल गर्न सम्पुर्ण राजनैतिक दल,जन प्रतिनिधि,नागरिक समाज, युवा, विद्यार्थी,स्वास्थ्यकर्मी,सञ्चारकर्मी , सेना,प्रहरी लगाएत सम्पुर्ण सबैले एक ठाउँमा उभिनु पर्ने बताउनु भयाे। 

 

 कोरोनाले तर्सित बाजुराका नागरिकको अभिभावकिय भुमिकामा सदैब रहने भन्दै जिल्ला स्थित राजनैतिक दल,जन-प्रतिनिधि,सम्पुर्ण सरोकारवाला,जो जहाँ छौँ त्यही बाट भर्चुअल मिटिङ्ग मार्फत त्रसित नागरिकको पक्षमा तत्काल साझा संकल्प गर्नुपर्ने बताए ।

 

 राज्यको दुर्गम जिल्ला बाजुराको कोरोना पछिको अर्थतन्त्र बारे आफू चिन्तित रहेको भन्दै तत्काल गाउँपालिका,  नगरपालिकामा जे सम्भावना छ,त्यसलाई राजनैतिक पुर्वाग्रह नराखी जनमुखी कार्यक्रम अगाडि बढाउनु पर्ने आवश्यकता रहेकाे उहाँले औल्याउनु भयाे ।

 

कृषिमा निर्भर हाम्रो अर्थतन्त्रमा ठूलो ह्रास आउने भन्दै नेता गिरिले बाजुरा बाट भारत गएकाहरु मात्र फर्केर घर बस्ने वातावरण बन्यो भने बाजुरामा ठुलो भोकमरी फैलने,स्वास्थ्य अवस्था निकै कमजोर हुने र महामारी फैलने सम्भावना रहेकाे भन्दै सबैलाई समयमै सचेत रहन आग्रह गरे ।

 

 अहिले फुट्ने नभई जुट्ने बेला भएको भन्दै सरकारले यो बेला ल्याएको संबैधानिक परिषद र राजनैतिक दल सम्बन्धि अध्यादेशले जनतालाई लज्जित तुल्याएको बताएका छन् ।

 

 अहिले सम्पुर्ण ध्यान कोरोनाको बिरुद्द लड्नमै खर्चिन सरकारलाई आग्रह गर्नु भयो। कोरिनाको बिजय संगै कांग्रेस पार्टी आफ्नो महाधिवेशन केन्द्रित हुने भन्दै अहिलेको अवस्थामा सम्पुर्ण ध्यान कोरोनाको महामारीबाट आम जनतालाई कसरी जोगाउने भन्ने मै रहेको भन्दै जिल्लाका सम्पुर्ण स्वास्थ्य चौकीमा कसरी स्वास्थ्य सामाग्री पुर्याउने,डाक्टरहरु को ब्यवस्थापन कसरी गर्ने भन्नेमै आफ्नाे सम्पूर्ण ध्यान गएकाे बताउनु भयाे।

 

 हिजो मात्रै जिल्ला अस्पताल मार्तडी र नौ वटै पालिकामा खटिएका स्वास्थ्य कर्मिहरुको अवस्थालाई मध्यनजर गर्दै पिपिई उपलब्ध गराएको बताएका छन्र । नेताको परिक्षा जनता बिपदमा परेको बेला हुने भन्दै नेता गिरीले जनताको दुस्खमा सधैं  आफु अग्रसर हुने बताउनु भयाे।