नेपालमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि

 काठमाडौं,वैशाख, १० । कोरोना भाइरस (कोभिड १९) को संक्रमण थप तीन जनामा पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भइसकेका छन् ।