गाई तथा गोरु काट्ने दुइ जना पक्राउ

काठमाडौं, वैशाख ११ । बाँके, खजुरा गाउँपालिका-८ चमक बस्ने ४० वर्षीय नविबक्स अली दर्जीलाई गाई काटेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ३५ वर्षीय वितन खाँ, ३० वर्षीय नफिस साई र दर्जी समेत मिली गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रनियापुरबाट खटिएको प्रहरीले दर्जीलाई गाईको मासु सहित घटनास्थलबाटै पक्राउ गरेको हो । घटनामा संलग्न वितन र नफिसलाई प्रहरीले खोजी गरिरहेको छ ।

 

सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका-६ सिपाखोला बस्ने ४२ वर्षीय यम बहादुर तामाङलाई गोरु काटेको अभियोगमा बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने सार्की भन्ने लाल बहादुर बम्जनको गोठमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले गोरुको मासु र गोरु काट्न प्रयोग भएको बन्चरो तथा खुकुरी सहित तामाङलाई पक्राउ गरेको हो । घटनामा संलग्न लाल बहादुर र सोही ठाउँ बस्ने बिष्णे तामाङको प्रहरीले खोजी गरिरहेको छ ।