लेनिनको १५०औं जन्मोत्सवको सन्दर्भमा रूसमा माक्र्सवाद

क. लेनिनको प्रारम्भीक जीवनी

रसिया त्यस्तो देशहरूमध्ये एउटा थियो जहाँ माक्र्सवाद र माक्र्सवादी साहित्य धेरै पहिले सुरूमै फैलियो । वास्तवमा माक्र्सको सैद्धान्तिक कार्य ‘क्यापिटल ’ अथवा ’दास कयापिटल’को पहिलो अनुवाद रसियन भाषामा थियो । १८७२मा प्रकाशित एउटा संश्करण (मुल जर्मन संश्करणको केबल ५ वर्षपछि), जो एउटा प्रशिद्ध जर्नलमा प्रकाशित गरिएको थियो, त्यो नै राम्रो बजार र अनगिन्ति सकारात्मक पुनरावलोकनको दृष्टिले ज्यादै सफल भयो । यसको प्रभाव यति ठूलो भयो कि १८७३–७४ आउदा नआउदै ‘पु‘जी’बाट सन्दर्भहरू रसियाका ठूलठूला शहरहरूमा क्रान्तिकारी विद्यार्थीका आन्दोलनहरूका प्रचारमा देखिन सूरू भइसकेका थिए । माक्र्सवादी कामका रसियन भाषाका अन्य अनुवादहरूलाई पनि रसियन क्रान्तिकारीहरूद्धारा निकै पहिले देखिनै माक्र्सवादप्रतिको आकर्षण बढाएको थियो । यस्ता क्रान्तिकारी मध्ये एक जना भेरा जासुलिक थिएन,जो एकजना महिला क्रान्तिकारी थिइन् र जो सेन्ट पिटस्वर्गको गभर्नरको हत्या गर्ने उनको प्रयासका लागि प्रशिद्ध थिइन् । उनले १८८१मा माक्र्ससित पत्राचार गर्न सुरू गरेकी थिइन् जसलाई उनले माक्र्सको मृत्युपछि पनि निरन्तरता दिइ रहिन । १८८३मा उनी पहिलो रसियन माक्र्सवादी संगठन–जर्ज प्लेखानोवद्धारा नेतृत्व गरिएको ‘लेबर समूहको मुक्ति’को हिस्सा बनिन । प्लेखानोवले १८८९मा भएको दोस्रो अन्तराष्ट्रियको कांग्रेसमा भाग लिएका थिए त्यहि उनले पहिलो पटक एङ्गेल्ससित भेट गरेका थिए । यो वैठक पछि प्लेखानोवले एङ्गेल्सबाट मार्गनिर्देशन लिने र नजिकको सम्वन्ध कायम राख्ने कामलाई निरन्तरता दिएका थिए ।

रसियामा माक्र्सवादको स्थापना गर्ने काममा प्लेखानोवको प्रमुख भूमिका रहेको छ । उनले माक्र्स र एङ्गेल्सका घेरै कामहरूलाई रसियन भाषामा अनुवाद गरेका थिए र लोकपृय बनाएका थिए । अराजकतावादी, नरोदनिकहरूका किसान समाजवादी विचारहरूसित लडाई गर्दा उनले पनि माक्र्सवादमा सैद्धान्तिक योगदानहरू गरेका थिए । रसिया त्यो समयमा जारको निरंकुश शासनमूनी थियो, जसका विरूद्ध त्यहाँका घेरै क्रान्तिकारीहरू र क्रान्तिकारी समूहहरूले उनीहरूका कृयाकलापहरू सुरू गरेका थिए । ती समूहहरूमध्ये घेरैले अराजकतावादीहरू र आतंकवादीहरूप्रति झुकाव राख्ने गर्दथे । प्लेखानोव र ‘लेवर समूहको मुक्ति’ले माक्र्सवादप्रति एउटा ठूलो पक्षलाई रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्यो । लेनिन, जसले पछिल्लो चरणमा यो समूहसित हातेमालो गरेका थिए, यद्धपि, उनी नै एउटा यस्ता उच्स्तरको व्यक्तित्व थिए, जसले माक्र्सवाद र सर्वहारा आन्दोलनलाई अगाडि बढाएर लैजान सफल भए ।

लेनिन– भलादिमिर इलिच उल्यानोवको पार्टी नाम थियो, जो सिम्ब्रीष्क प्रान्तको राजधानी सिम्ब्रीष्क शहरमा २२ अप्रिल १८७०मा जन्मेका थिए । यो शहर रसियाको सबैभन्दा ठूलो नदी भोल्गामा अवस्थित थियो । यद्धपि यो प्रदेशको राजधानी थियो ता पनि लेनिनको जवानीमा यसको सञ्चार बाहिरी दुनीयाँमा सिमित थियो । त्याहाँ रेलवे थिएन् र भोल्गाको तल र माथि गर्ने एउटा स्टिमर मात्रै यातायातको प्रमुख माध्यम थियो । यो तै पनि लामो जाडोको महिनाहरूमा बन्द हुन्थ्यो जब नदी जमेर हिंउ बन्दथ्यो र यातातयातको माध्यम घोडाको पिठ्यु बनाइन्थ्यो ।

लेनिनका बाउ एउटा राम्रा शिक्षित पढेलेखेका मानिस थिए, जसले कठिन परिश्रम गरेर गरीब किसानको स्तरबाट शिक्षक, स्कूलहरूका निरिक्षक र अन्त्यमा सिम्ब्रीष्क प्रान्तका प्राथमिक स्कूलका डाइरेक्टर समेत बन्न सकेका थिए । १८७४मा उनलाई नागरिक परिषदको उच्च पद पनि दिइएको थियो । उनको मृत्यु १८८६मा भयो । लेनिनको आमा एकजना ग्रामिण डक्टरकी छोरी थिइन । यद्धपि उनी स्कुल कहिल्यै गइनन । उनले घरमै शिक्षा प्राप्त गरिन र घेरै विदेशी भाषाहरू समेत सिकेकी थिइन,जसलाई उनले पछि उनका बच्चालाई सिकाइन । उनको मृत्यु १९१६मा भयो । उनीहरूका आठ जना छोराछोरी थिए जसमध्ये २ जना बच्चामै मरेका थिए र एक जना सानो उमेरमा मरेकी थिइन् । लेनिन चौथो वच्चा थिए । सबै उनका भाइहरू र बहिनीहरू क्रान्तिकारीहरू भएर बढेका थिए ।

लेनिन यद्धपि उनका जेठा दाजु एलेकजेण्डरद्धारा ज्यादै प्रभावित थिए । एलेकजेण्डर एउटा चलाख विद्यार्थी थिए र सेण्ट पिटस्वर्गको विश्वविद्यालयका स्वर्णपदकधारी( गोल्डमेडालिष्ट) थिए । सेण्ट पिटस्वर्ग त्यसवेला रूसको राजधानी थियो । उनी सेण्ट पिटस्वर्गमा क्रान्तिकारी युवाको गुप्त क्रान्तिकारी अध्ययन सर्कलहरूका एकजना सदस्य थिए र कामदारहरूका बीचमा राजनीतिक प्रचारप्रसार सञ्चालन गर्दथे । उनी वैचारिक रूपमा नरोद्निकहरू र माक्र्सवादीका बीचमा खडा थिए । १८८७मा एलेकजेण्डर उनको दिदी अन्ना र अन्य कमरेडहरूलाई जारको हत्यागर्ने कोशिस गरेको भनेर गिरफ्तार गरिए । अन्नालाई पछि जेल मुक्त गरियो र सेण्ट पिटस्वर्गबाट बन्देज गरियो । एलेकजेण्डर यद्धपि जो त्यो समूहका नेता थिए, उनका अन्य चारजना साथीसहितलाई १८८७ मार्च ८का दिन झुण्डाएर फाँसि दिइयो । लेनिन त्यसवेलामा केबल १७वर्षीय उमेरका थिए उनका दाजुको मृत्युमा त्यसको बदलालिने कसम खाएका थिए ।

लेनिन उनको जवानीका वर्षदेखि नै एउटा मोडल विद्यार्थी थिए जो सित अध्यनको एउटा राम्रो योजनावद्ध तरिका थियो । अन्य विद्यार्थीहरूले झै उनले अन्तिम समयमा उनका गृह कार्यहरू तयार पार्ने कहिल्यै गरेनन् । त्यसको बदला उनले उनको अन्तिम मसौदा तयार पार्नुभन्दा पहिले नै उनले सुरू आउटलाइन र मसौदा तयार पार्दथे, निरन्तर नोटहरू तयार पार्दथे, आवश्यक थपथापहरू परिवर्तनहरू गर्दथे । उनी हरेक अध्यनलाई एकदमै केन्द्रीकरणको उच्चताका साथ गर्दथे र जसले उनलाई उनको अध्ययनमा डिस्टर्व गर्दथ्यो उनीसित कुरा पनि गर्दैनथे । उनी उनका जेठा दाजुप्रति एउटा ठूला प्रशंसक थिए र एउटा जवानी उमेरमा नै उनले गरेका हरेक चीजमा एलेक्जेण्डरको नक्कल गर्ने कोशिस गर्दथे । उनका दाजुलाई झुण्डाइएको एक महिनापछि, लेनिनले, व्यापक तनाव र दुखको वावजुद,उनको स्कूलको परिक्षाका लागि बस्नु पर्ने थियो । उनले स्कुलको सबैभन्दा राम्रो विद्यार्थीका रूपमा स्वर्ण पदक पाएका थिए ।

स्वर्णपदक पाएर पनि लेनिनले सेण्ट पिट्सवर्ग विश्वविद्यालयमा नत भर्ना पाए न मस्को विश्वविद्यालयमा किनभने उनी एकजना प्रख्यात क्रान्तिकारीका भाई थिए । उनले अन्त्यमा कजानको सानो विश्वविद्यालयमा भर्ना पाए । उनी तै पनि तीन महिनापछि विश्वविद्यालयहरूको स्वायत्तता र विद्यार्थीहरूको स्वतन्त्रतालाई सिमितगर्ने गरि ल्याइएको नयाँ नियमहरूका विरूद्ध एउटा प्रदर्शनमा भाग लिएको हुनाले कजानको शहरबाट निष्काशित गराइए । प्रहरी अधिकारी जसले उनलाई गिरफ्तार गरेर शहरमा लैजादै थियो, उसले जवान लेनिनलाई सम्झाउने कोशिस गर्दै भनेको थियो कि तिमी पर्खालसित टाउको ठोक्दै छौ । लेनिनले त्यसको जवाफमा भनेका थिए कि पर्खाल कुहिएको छ, जसलाई एक लातमा गल्र्यामगुर्लुम ढल्दछ । दोस्रो वर्ष १८८८मा लेनिनलाई कजानमा फर्कन अनुमति दिइयो, तर उनलाई विश्वविद्यालयमा पुनः भर्ना दिइएन् । यही शहर हो जहाँ उनले गोप्य माक्र्सवादी अध्ययन सर्कलहरूमध्ये एउटामा उपस्थित हुन सुरू गरेका थिए ।

यो अवधिमा र पछि जब उनको परिवार समाराको अर्को प्रान्त बसाई सरयो, लेनिनले उनको समयको ठूलो हिस्सा पढने र अध्ययन गर्नेमा विताए । रसियन क्रान्तिकारीहरूका कामहरू पढनुको साथै, लेनिन, १८ वर्षको उमेरमा, माक्र्स र प्लेखानोबका धेरै किताबहरू पढन सुरू गरे । उनले माक्र्सवाद सम्वन्धी उनको ज्ञानलाई फराकिलो बनाउदै लगे । सर्वप्रथम उनले आफनी बहिनी अन्नालाई र अनि उनका साथीहरूका ससाना छलफल समूहहरूलाई संगठित गर्दैगए । उनले पौडी खेल्ने, स्केटिंग गर्ने, पाहाड चढने र सिकार खेल्ने पनि ल्कास लिए ।

सोही समयमा उनकी आमाले उनलाई विश्वविद्यालयमा पुनः भर्नाका लागि वारम्वार कोशिस गरिन । उनलाई तै पनि कजानमा फेरी पनि इन्कार गरियो । उनलाई विदेशमा गएर पढनका लागि एउटा राहादानी दिन पनि इन्कार गरियो । घेरै निवेदनहरूपछि, लेनिनलाई १८९०को अन्त्यमा एउटा वाह्य कानुन विद्यार्थीको रूपमा सेन्ट पिटस्वर्ग विश्वविद्यालयमा भर्नाका लागि स्विकार गरियो । उनी लैक्चर ल्कासमा उपस्थित हुने अनुमति नभइकनै परीक्षाका लागि सिधै बस्न सक्दथे । लेनिनले उनका पहिलेका कजानका साथी विद्यार्थीसितै उही समयमा नै उनको कोर्ष सिध्याउने निस्चित गरेका थिए ।

उनले त्यसकारण स्वअध्यनमा लागे र चारवर्से कोर्सलाई एक वर्षभित्रैमा पुरा गरेर देखाइ दिए । १८९१मा लिइएको परीक्षामा उनले सबै विषयहरूमा उच्चतम अंक प्राप्त गरेका थिए र एउटा प्रथम स्थानको डिग्री प्राप्त गरे । जनवरी १८९२मा उनलाई कानुनवेत्ताका रूपमा स्विकार गरियो र सामारा क्षेत्रीय अदालतमा उनले प्राक्टीस सुरू गरे ।
लेनिन यद्धपि उनको कानुन प्राक्टीसमा एकदमै कम इच्छा राख्दथे । सेन्ट पिट्सवर्गमा उनको परिक्षा दिंदै गर्दा उनले त्यहाँ माक्र्सवादी सम्पर्कहरू विकास गरेका थिए र माक्र्सवादी साहित्य प्राप्त गरेका थिए । सामारामा लेनिनले मजदुरहरू र अरूहरूका गैर कानुनी अध्ययन सर्कलहरूमा लेक्चरहरू दिनका लागि उनको समयको ठूलो हिस्सा खर्च गरेका थिए । सामाराको पहिलो माक्र्सवादी अध्यन सर्कल पनि उनले नै गठन गरेका थिए । सामारा नरोदनिकको एउटा केन्द्र थियो र लेनिनले उनको शक्ति र क्षेमता त्यो समयको नरोदनिक विचारसितको लडाइमा केन्द्रीत गरे जो उदारवादतर्फ गतिशील भएको थियो । उनले, त्यही समयमा, १८७०का बहादुर, स्वार्थहिन, नरोदनिक क्रान्तिकारीहरूका लागि उनमा महान् आदर थियो जसमध्ये धेरै जना राजनीतिबाट रिटाएर पछि सामारामा वस्दै आएका थिए । लेनिन सधैभरी उनीहरूबाट उनीहरूका क्रान्तिकारी कामहरू, उनीहरूका गोप्यता सम्वन्धी तरिकाहरू र सोधपुछ र मुद्दाहरूका दौरान क्रान्तिकारीहरूका व्यवहारवारे सिक्न उत्सुक थिए । यो सामारा नै थियो, जहाँबाट लेनिनले उनको पहिलो लेखहरू लेख्न सुरू गरे , जसलाई अध्ययन सर्कलहरूबीचमा वितरण गरिएका थिए । उनले रसियन भाषामा कम्युनिष्ट घोषणापत्र पनि अनुवाद गरेका थिए । यसरी लेनिनका कार्यहरू र प्रभाव भोल्गा क्षेत्रका सामारा वाहेक अरू प्रान्तहरूमा फैलिन सुरू ग¥यो ।

सुस्पष्ट विचारहरूको विकास पछि लेनिनले अनि उनका क्रान्तिकारी कामका क्षेत्रलाई व्यापक गराउन चाहन्थे । यो लक्ष्यका साथ अगस्त १८९३मा उनी सेन्ट पिटसवर्गका लागि वसाई सरे जो अत्यधिक सर्वहारा रहेको एउटा प्रमुख औधोगिक शहर थियो । एउटा कभरका रूपमा उनले सेन्ट पिटसवर्गको एउटा सिनियर वेरिष्टरका लागि एउटा एसिष्टेन्ट कानुन वेत्ताका रूपमा काम गर्न थाले । उनले यद्धपि धेरै कम कानुनी काम गरे र पूर्ण रूपमा क्रान्तिकारी कृयाकलापहरूमा आफूलाई केन्द्रीत गरे । लेनिन तुरून्तै सेन्टपिटसवर्गका अनगिन्ति गोप्य अध्ययन केन्द्रहरूलाई नयाँ जीवन ल्याइदिने एउटा नेतृत्वदायी व्यक्तिका रूपमा अगाडि आए । उनले मस्को सर्कलहरूलाई पनि प्रभावित पारे । सर्कलहरूमा लेक्चरहरूको अलवा, उनी कामदारहरूको जीवनबारे विस्तृत रूपले सिक्नमा सधैभरी उत्सुक थिए । सर्कलहरूमा उनले क्रान्तिकारीहरूको एउटा ठूलो हिस्सालाई ससाना सर्कलहरूमा गरिने छानिएका प्रचारप्रसार (त्यसवेलाका प्रोपोगन्डा जसलाई अहिले हामीले हाम्रो राजनीतिक स्कूलिंगका रूपमा बुझने गरेझै) लाई मजदुरहरूका व्यापक मासकाबीचमा गरिने मास विद्रोहको आवश्यकता बारे सम्झाउन सफल भए ।

यो त्यही अवधि थियो जुन बेलामा उनको भेट उनकी भावी श्रीमति क्रुप्सकाया, जो माक्र्सवादसित पहिले नै सम्पर्कमा आइसकेकी थिइन, भेट भयो र जसले मजदुरहरूका लागि एउटा रात्री स्कुलमा तलब विना पढाइरहेकी थिइन् । उनका धेरै मजदुर विद्यार्थीहरू लेनिनले सञ्चालन गरेको एउटा सामूहिक अध्ययन सर्कलमा भाग थिए । लेनिनले आफै पनि उनीबाट उनको सेन्ट पिटसवर्गका मजदुरहरूको जीवनहरू र कामको अवस्थाबारेको गहिरो ज्ञानबाट सिक्न सधैभरी इच्छुक थिए । जब लेनिन विरामी भए, तिनले उनलाई भेटन गई रहन्थीन र उनीहरूबीचको मित्रता क्रमसःएउटा प्यारमा झागीदै गयो ।

सोही समयमा लेनिनले रसियाका जति सक्यो धेरै शहरहरूमा उनको सम्पर्कलाई विस्तार गर्ने कामलाई निरन्तरता दिए । फरवरी १८९५मा विभिन्न प्रमुख शहरहरूमा रहेका समूहहरूको एउटा बैठकले लेनिन र मस्कोबाट अर्को प्रतिनिधिलाई बाहिर पठाएर लेवर समूहको मुक्ति सित सम्पर्क बढाउनका लागि पठाउने निर्णय गरे । लेनिनको पहिलो युरोपको भ्रमण जुन १८९५को अप्रिलदेखि सेप्टेम्वरसम्म भएको थियो । उनले यो अवधिभरी लेवर समूहको मुक्तिका प्लेखानोव र अक्जेलरोडलाई भेटे र जर्मन र फ्रेन्च कामदार वर्गका संगठनहरूका अन्य नेताहरूलाई भेटे । उनको ऐगेल्ससित भेट गर्ने गहिरो इच्छा थियो तर सो हुन सकेन किनभने ऐगेल्स त्यसवेलामा उनको मृत्यु सैयामा थिए ।

उनको रसिया फर्काइपछि उनले सेण्ट पिटसवर्गका सवै माक्र्सवादी सर्कलहरूलाई एउटै राजनीतिक संगठन जसलाई लेवर समूहको मुक्तिका लागि संघर्षको लिग भनिन्थ्यो, मा एकतावद्ध भए । द लिगले तुरून्तै शहरका ठूला कारखानाहरूमा हडताललाई संगठित गर्न सुरू ग¥यो । यसले कामदारहरूको एउटा गैर कानुनी पत्रिका प्रकाशित गर्ने योजना बनायो । गुप्त पुलिस जसले लेनिनमाथि निगरानी राखीरहेका थिए अन्त्यमा एकजना सुचनादाताको मद्तले प्रमाणसहित उनलाई गिरफ्तार गर्न सफल भयो । उनलाई डिसेम्वर १८९५मा अवैधानिक पत्रिकाको पहिलो अंकको हस्तलिखित सहित पक्डीयो र जेलमा पठाइयो ।

जेलबाट समेत लेनिनले बाहिर रहेका उनका कमरेडहरूसित नजिकको सम्पर्कलाई व्यवस्थित गरे । उनको आमा र बहिनी अन्नाले कैयौ किताबहरू ल्याए र किताबमा उनले कोड भाषामार्फत जसलाई उनले उनकी बहिनीलाई सिकाएका थिए, चिठीहरू पठाए । उनले दुधमा लेखिएका चिठीहरू पनि पठाए जसले नदेखिने मसिको रूपमा काम गर्दथ्यो जुन पछि त्यसलाई तताएर पढदा देख्न सकिने हुन्थ्यो । उनले कालो रोटीलाई मसिदानीका रूपमा प्रयोग गर्दथे ताकि यदि कुनै जेल सुरक्षा आर्मी नजिकमा आयो र देख्यो भने त्यसलाई उनले छिटछिटो निल्न सक्दथे । यसरी जेलबाट लेनिनले पम्पलेटहरू र प्रत्यक्ष हडतालहरूको आव्हानमा लेख लेख्न सक्दथे जुन १८९६का दौरान जुनवेला रसियाभरी एउटा ज्वारभाटा आइरहेको थियो । उनी लिगका वास्तविक नेताका रूपमा प्रख्याती कमाउदै गए । सोही समयमा उनले विहानदेखि रातीसम्म गहिरो अध्ययन गरिहदा उनको पहिलो सैद्धान्तिक कार्य–रुसी पुँजीवादको विकासको गहन अध्ययन र अनुसन्धान गर्न सुरू गरे । लेनिनले सुत्न जानुभन्दा अगाडि दैनिक नियमित शारिरिक अभ्यास गरेर शरीरलाई तन्दुरस्ती राख्ने गर्दथे ।

एकवर्षभन्दा अलि बढता जेलको बसाईपछि लेनिनलाई कैद मुक्त गरियो तर त्यसको लगत्तै उनलाई तीनवर्षका लागि साइबेरियामा निर्वासनमा पठाइयो जहाँ उनी १८९७ मेमा पुगे । क्रुप्सकायालाई पनि त्यही समयमा गिरफ्तार गरियो । लेनिनले साइवेरियाबाट उनलाई विवाहको प्रस्ताव राखे । उनले सामान्यरूपले उत्तर दिएकी थिइन्–“ यदि म एउटी श्रीमति हुने हो भने, यसलाई अहिलेकै अवस्था नै ठिक छ”। उनलाई साइवेरियामा लेनिनसित वस्ने अनुमति दिइयो, जहाँ १८९८ मेमा उनी पुगिन । लेनिनले साइवेरियामा उनका वसाइका दौरानमा प्रशस्त समय सैद्धान्तिक काममा विताए । क्रुप्सकायासित मिलेर उनको सहयोगमा उनले एउटा अंग्रेजी किताब–रसियामा औधोगिक प्रजातन्त्रको अनुवाद गरे । उनले उनको कार्य रसियामा पुँजीवादको विकासमाथिको लेखाई पुरा गरे, जुन वैधानिक रूपमा १८९९मा प्रकाशित गरियो । उक्त लेखको पहिलो खण्डमा बर्नस्टीन संशोधनवादलाई लिएर बर्णन गरिएको एउटा अवसरवादी प्रवृतिमा आधारित अर्थशास्त्रीहरूका विरूद्ध उनको संघर्षलाई पनि सुरू गरे । उनले रसियन क्रान्तिका तत्कालिन कार्यहरू र कार्यक्रमहरू के हुनु पर्दछ भन्नेबारे लगातार लेखिरहे । जब उनी १९००को सुरूमा निर्वासनबाट बाहिर आए उनले ती कामहरूमाथि बाँकी काम गर्न सुरू गरे ।

ख.लेनिन र नयाँ प्रकारको सर्वहारावर्गीय पार्टी

जब लेनिन निर्वासनबाट आए उनका लागि अति जरूरी र जल्दोबल्दो कार्य क्रान्तिकारी सर्वहारा पार्टीको निर्माण थियो । द रसियन सामाजिक प्रजातान्त्रिक लेबर पार्टी(आरएसडिएलपी) १८९८मा गरिएको एउटा कांग्रेसमा औपचारिक रूपले स्थापना गरिएको थियो, जसमा केबल ९ जना प्रतिनिधिहरू थिए । तै पनि कांग्रेसले निर्वाचित गरेको केन्द्रीय समिति धेरै छिटो गिरफ्तार गरियो । यद्धपि पार्टीको झण्डा यो कांग्रेसले घोषणा गरेको थियो कि यसले सबै समूहहरूलाई एकतावद्ध गर्न वास्तवमा असफल भयो र एउटा पार्टी संगठनात्मक संरचना निर्माण गर्न सकेन् । यसरी पछि(१९००)का लागि यो कार्य बाकी रहयो ।

जब उनी निर्वासनमा थिए, सोहस् समयमा पार्टी निर्माणको लागि योजनालाई विस्तृत खाका बनाइएको थियो । यसका लागि लेनिनले महसुस गरेका थिए अखिल रसियन राजनीतिक समाचार पत्रको स्थापनाको आवश्यकता छ । लेनिनले प्रस्ताव राखेका थिए कि राजनैतिक रूपले र संगठनात्मक रूपको एउटा मात्रै मार्ग छ, जसले छरिएर रहेका माक्र्सवादी अध्ययन सर्कलहरू, समूहहरू र संगठनहरूलाई एकतावद्ध गर्न एउटा राजनीतिक समाचारपत्रमार्फत सम्भव छ । यो समाचारपत्रले तत्कालै सबै अवसरवादी भड्कावहरूका विरूद्ध लड्दै र सही लाइनलाई प्रस्तुत गरेर रसियाभरका सबै विभिन्न सेलहरूलाई एक आपसमा राजनीतिक सम्वन्ध स्थापित गर्न सक्षम हुने छ । त्यसैगरी एउटा अवैधानिक पत्रिकालाई गोप्य तरिकाले वितरणको कठिन कार्यले रसियन गुप्तचर पुलिसको दमन सामना गर्नमा तालिम प्राप्त आफै एउटा भूमिगत संगठन निर्माण गर्न सक्षम हुने छ । लेनिनले पार्टी कंग्रेसको आव्हान गर्नुभन्दा अगाडि नै यो कार्यक्रमलाई पहिलो बनाउन चाहन्थे, किनभने संशोधनवादी र अवसरवादी प्रवृतिहरू जसले आउने वर्षहरूमा भएका आन्दोलनहरूमा उनीहरूका टाउकाहरू उठाइसकेका थिए, तिनलाई पराजित गर्नु पहिलो आवश्यकता थियो ।

लेनिनको योजना प्रथम रसियाका विभिन्न शहरहरूमा रहेका संघर्षका लिगहरूद्धारा र समाजवादी लोकतान्त्रिकहरूको कन्फरेन्स जसमा उनले यो योजनालाई बहसका लागि व्यवस्था गरेका थिए त्यसमा बहसगरेर स्विकृत गर्नु थियो । यो योजनामा उनका प्रमुख सहयोगीहरू सेन्ट पिटसवर्गको केन्द्रीय समूहका सदस्यहरू मार्तोभ र पोट्रेसोभ जसलाई गिरफ्तार गरेर साइवेरियामा सोही समयमा जुन समयमा लेनिन त्यहाँ थिए पठाइएको थियो । योजनाअनुसार पत्रिकालाई बाहिरबाट प्रकाशित गर्ने थियो किनभने रसियाभित्रबाट यसलाई प्रकाशित गर्ने काम ज्यादै कठिन थियो । लेनिनले यो अभिप्रायका लागि प्लेखानोवको लेवर समूहको मुक्ति जो पहिले देखि नै बाहिर अस्तित्वमा थियो, सित एकतागर्ने योजना पनि बनाएका थिए । सम्पादकीय बोर्ड सदस्यहरूमा ६जना सदस्यहरू थिए, जसमा तीन जना बाहिरी लेवर समूहको मुक्तिबाट र तीन जना रसियाबाट जसमा लेनिन, मार्तोव र पोट्रेसोव थिए । सबै व्यवस्थापनहरू गरिसकेपछि पत्रिकाको पहिलो अंक डिसेम्वर १९००मा बाहिर आयो ।

यसलाई इष्क्रा (जसको अर्थ नेपालीमा झिल्को हुन्छ), भनियो । यसको शिर्षक पेजमा १८२५को पहिलो रसियन पुँजीवादी क्रान्तिकारीहरूका शब्दहरू–झिल्कोले एउटा ज्वाला बाल्ने छ भन्नेलाई राखियो । इष्क्रा विभिन्न समयमा विभिन्न देशहरू–जर्मनी, इगलैण्ड र स्टिजरलैण्डमा छाप्ने काम भयो । यसलाई सिधै रसियामा कहिल्यै पठाइएन् बरू जवसम्म रसियाभित्र रहेको गोप्य इष्क्रा समितिमा तिनीहरू पुग्ने हुँदैनन्थे यसलाई एकदमै घुमाउरो बाटोहरू हुँदै पठाउने गरियो । वितरकहरूका लागि गुप्त पुलिसलाई छल्नु एउटा एकदमै कठिन काम थियो र यदि इष्क्राका गुप्तरूपले निकाशी पैठारी गर्नेहरू समातिए भने तिनीहरूलाई सिधै साइवेरियाको निर्वासनमा पठाइन्थ्यो । इष्क्रा मजदुर वर्ग प्रशिक्षण गर्नका लागि एउटा प्रमुख औजार थियो किनभने पत्रिकामा प्रकाशित लेखहरू पढेर विभिन्न अध्ययन सर्कलहरूमा लेकचर सहित कक्षा लिने गरिन्थ्यो । इष्क्रा एजेण्टहरूले गोप्य इष्क्रा लिफलेटसका रूपमा पनि वितरण गर्ने प्रत्येक अवसरहरूको उपयोग गर्ने गर्दथे । तिनीहरूलाइ केबल कारखानाहरूमा मात्रै वितरण गरिएन बरू गल्लीहरू, नाचघरहरू, फौजी व्यारेकहरू र हुलाकहरूमार्फत पनि वितरण गरिए । ठूला शहरहरूमा तिनीहरूलाई गल्लीहरूमा छरिए अथवा बाल्कोनीबाट तल नाचघरहरूमा छरिए । स्थानीय स्तरमा तिनीहरूलाई राती अवेरा र विहानै कारखानाका चोकचोकहरू र पानी थाप्ने ठाउँहरूमा जहाँ तिनलाई मानिसले विहानै देख्न सक्दथे, राखियो । प्रत्येक यस्ता अपरेशनपछि जसलाई सोयिंग९ कयधष्लन० भन्ने गरिनथ्यो, एउटा निस्चित चिन्ह नजिकका पर्खालमा लगाउने गरिन्थ्यो ताकि रातीको कामको असर, प्रभावको पुरा प्रतिवेदन विहानमा पाउन सकिन्थ्यो । ससाना नगरहरू र गाउँहरूमा, इष्क्रा पर्चाहरूलाई बजारका दिनहरूमा किसानका हलोहरू र पर्खालहरूमा टाँसिएको हुन्थे । यो सबै खतरापूर्ण काम थियो किनभने पत्ता लाग्दा वित्तिकै गिरफ्तार गर्ने र साइवेरियाका लागि निर्वाशनको सम्भावना थियो । यो काममा संलग्न कमरेडहरूले सुस्त–सुस्त लेनिनको सर्वहारा पार्टी निर्माणको योजना मुताविक त्यसको आधारमा प्रोफेशनल क्रान्तिकारीहरूको टिम निर्माण गर्न सुरू गरे ।

पार्टीको संरचना र वनावटलाई, लेनिनले विचार गरे कि यसका दुई भागहरूः एउटा नेतृत्वदायी पार्टि कार्यकर्ताहरूको नियमित क्याडरहरूको एउटा नजिकको सर्कल । खासत प्रोफेशनल क्रान्तिकारीहरू, त्यो भनेको, पार्टी काम देखि वाहेक अन्य सबै पेशाहरूबाट स्वतन्त्र र कम्तिमा पनि न्यूनतम सैद्धान्तिक ज्ञान भएका, राजनीतिक अनुभव भएका, संगठनात्मक व्यावहार भएका र जारशाही पुलिससित लडने र सामना गर्ने कला भएका पार्टी कार्यकर्ताहरू । दोस्रो स्थानीय पार्टी संगठनहरूको एउटा चौतर्फि सञ्जाल भएको र मजदुर जनताको सयौ–हजारौको समर्थन भएको । जब यस्तो पार्टी निर्माणको प्रक्रिया इष्क्राको मद्तमार्फत अगाडि बढिरहेको थियो, लेनिनले उनका लेखहरू र किताबहरूमार्फत यो प्रक्रियालाई दिशा निर्देसन गरे । खासगरी महत्व कहाँबाट सुरू गर्ने रु के गर्ने रु र संगठनात्मक प्रश्नहरूमाथि कमरेडलाई चीठी थिए । यी कामहरूमा उनले सर्वहाराको वैचारिक र संगठनात्मक आधार बसाल्ने काम गरे ।

संगठनात्मक प्रश्नहरू बाहेक लेनिले गरेको एउटा प्रमुख लडाई अर्थशास्त्रीहरू, जसले मजदुरहरूको आर्थिक संघर्षलाई मात्रै काम गर्ने सामाजिक प्रजातान्त्रिक पार्टी बन्देज गर्न चाहन्थे, तिनका विरूद्ध थियो । तिनीहरू रसियामा लेनिनको निर्वासनको दौरानमा शक्तिमा बढेका थिए र लेनिनले महसुस गरे कि पार्टी कंग्रेस सुरूभन्दा पहिले आर्थिकवादलाई वैचारिक रूपले पराजित गरिनु पर्दछ । उनले तिनीहरूमाथि सिधै आक्रमण सुरू गरे । खासगरी उनको के गरिनु पर्दछ रु भन्ने किताब मार्फत लेनिनले प्रदाफास गरे कि कसरी अर्थशास्त्रीहरूका विचारहरूको अर्थ मजदुर वर्गका निरन्तरतालाई नमस्कार गर्ने गर्दछन् र पार्टीको नेतृत्वदायी भूमिका र सचेतताको भूमिकालाई इन्कार गर्ने गर्दछन् । उनले देखाए कसरी पुँजीवादलाई मजदुर वर्गको दासता तर्फ यसले लैजाने गर्दछ । जब माक्र्सवाद प्रशिक्षीत गरिरहदा, अर्थशास्त्रिहरूले सामाजिक सुधारको एउटा पार्टीभित्र क्रान्तिकारी पार्टीलाई बदल्न चाहन्थे । लेनिनले यसरी देखाए कसरी अर्थशास्त्रिहरू बर्नस्टिन शंसोधनवादका अवसरवादी प्रवृतिका रसियन प्रतिनिधि थिए । लेनिनको किताब, रसियामा व्यापक वितरण गरिएको थियो, अर्थवादलाई कडारूपले पराजित गर्न सफल भयो । यसले यसप्रकार सिद्धान्तहरूलाई स्थापित ग¥यो जुन पछि गएर बोल्सेविक पार्टीको वैचारिक जग बन्यो ।

रसियन समाजवादी प्रजातान्त्रिक मजदुर दल(आरएसडिएल्पी) भित्र बेल्सेविक प्रवृितको वास्तविक जन्म जुलाई–अगस्त १९०३मा भएको दोस्रो पार्टी कंग्रेसमा भयो । कग्रेसमा प्रमुख बहस पार्टीको प्रकृति कस्तो हुनु पर्दछ र यसरी पार्टीमा कसलाई सदस्यता दिइनु पर्दछ भन्ने सम्वन्धमा थियो । लेनिन जसले दिमागमा एउटा कसिलो,प्रभावकारी प्रोफेशनल क्रान्तिकारी आधारित पार्टीको प्रस्ताव राखेका थिए ताकि सबै सदस्यहरूले पार्टी संगठनहरूको कुनै एकमा काम गर्नु पर्दछ । मार्तोभले, अर्कोतीर, उसको मोडल खुकुलो काम गर्ने कानुनी पार्टीहरू, जुन त्यो समयमा दोस्रो अन्तराष्ट्रियमा सामान्य भएको थियो । उसले यसरी सदस्यका लागि खुकुलो क्राइटेरिया प्रस्ताव ग¥यो, जसले कुनै पनि व्यक्ति पार्टी कार्यक्रम स्विकार ग¥यो र आर्थिक रूपले सहयोग ग¥यो भने पार्टी सदस्यका लागि योग्य हुन्थ्यो । उ यसरी कुनै पनि पार्टी शुभेच्छुकलाई पार्टी सदस्यता दिनलाई तयार थियो । यो सवालमाथिको भोटमा बहुमत मार्तोभसित थिए । यद्धपि पछि जब केही अवसरवादी पक्षहरूले कंग्रेस बहिष्कार गदै कंग्रेसबाट बाहिरीए, बहुमत लेनिनको पक्षमा आयो । यो केन्द्रीय समितिको निर्वाचनहरूमा परावर्तित भयो र इष्क्राको सम्पादक मण्डलमा, जुन लेनिनको प्रस्तावहरू अनुसार गयो । दुई समूहहरू बीचको फरक यद्धपि बलियो रहयो र कंग्रेसपछि समेत पनि निरन्तर रहयो । त्यससमय देखि लेनिनका अनुयायीहरू, जसले कंग्रेसमा निर्वाचनहरूमा भोटहरूको बहुमत प्राप्त ग¥यो , बोल्सेविकहरू(जसको अर्थ रसियन भाषामा बहुमत हो) भन्न थालियो । लेनिनका विरोधीहरू, जसले भोटहरूको अल्पमत प्राप्त गरे, मेन्सेविकहरू( जसको अर्थ रसियन भाषामा अल्पमत हो) भए ।

कंग्रेसपछि लगत्तै मेन्सेविकहरूले तोडमरोडहरू र विभाजनका कृयाकलापहरू सुरू गरे । यसले प्रसस्त भ्रमहरू सृजना ग¥यो । भ्रमहरूलाई स्पष्ट पार्नका लागि, लेनिनले, मे १९०४मा उनको प्रशिद्ध किताब, एक पाइला अगाडि, दुई पाइलाहरू पछाडि प्रकाशित गरे । यसले दुवै कंग्रेसको दौरान र कंग्रेसपछि अन्तर–पार्टी संघर्षको एउटा विस्तृत विश्लेषण दियो र त्यो आधारमा सर्वहारा पार्टीको प्रमुख संगठनात्मक सिद्धान्तहरू, जुन पछि बोल्सेविक पार्टीको संगठनात्मक जगहरू बन्यो ।

यो किताबको सर्कुलेसनले पार्टीको स्थानीय संगठनहरूको बहुमत बोल्सेविकहरूको पक्षमा ल्यायो । यद्धपि केन्द्रीय संस्थाहरू, पार्टीको मुखपत्र र केन्द्रीय समिति मेन्सेविकहरूको हातमा गयो जो कंग्रेसका निर्णयहरूलाइ हराउन ह्दयदेखिनै प्रतिवद्ध थिए । बोल्सेविकहरूलाई यसरी उनीहरूको आफ्नै समिति गठन गर्न र उनीहरूको आफ्नै मुखपत्रका लागि वाध्य पारियो । दुवै समूहहरूले उनीहरूका आफ्ना कंग्रेस र कन्फरेन्स आयोजनाका लागि वेग्ला वग्लै तैयारीहरू गर्न सुरू गरे । यी १९०५मा आयोजना गरिए । पार्टीमा विभाजन पुरा भयो । जगहरू यद्धपि सही अर्थमा क्रान्तिकारी पार्टी जो एउटा नयाँ प्रकारको सर्वहारा पार्टीको निर्माणका लागि जग बसाली सकिएको थियो ।

यसरी लेनिनद्धारा १९०५मा नै स्थापित संगठनात्मक सिद्धान्तहरू,, जसलाई विश्वभरका क्रान्तिकारीहरुले लेनिनवादी संगठनात्मक सिद्धान्तहरू र पद्धतीहरु भन्ने गर्दछन्, वर्तमान संशोधनवादीहरु– बर्नस्टिन र मेन्सेविक शंसोधनवादका अवसरवादी प्रवृतिका प्रतिनिधिहरुका हातमा गएको छ ।