प्रधानमन्त्रीको खस्किदो साख

यमराज तिमिल्सिना-

संसारले कोभिड १९ को उपचार खोजी गर्दै गर्दा हाम्रो प्रधानमन्त्रीले कसरी दल फुटाउन सकिन्छ भन्ने संविधानका धारा चिहाउँदै सरकारले ल्याउन पाउने अधिकारको वकालत गर्दै अध्यादेश ल्याउनतिर लाग्नु भयो । सनक चढेकै बेला गरेका निर्णयको परिणाम प्रायः आत्मघाती नै हुने गर्दछ । आफ्नै मन्त्रीमण्डलकै मन्त्रीले नै यो कार्य ठिक होइन कि पर्‍याप्त पार्टीभित्र छलफल गर्नुपर्छ भन्ने स्वर हुँदाहुँदै पनि कसैलाई वास्ता नगरेर प्रस्तावको मसि सुक्न नपाउँदै पार्टीभित्र छलफल हुँदै गर्दा राष्ट्रपतिले पनि ल्याप्चे धस्काइ दिनुभयो । पार्टी भित्र बिरोध हुँदा आफ्नो दल लक्षित नभई अन्य दल फूटाउन ल्याइएको हो भन्नसम्म पछि पर्नु भएन । अरूले केही भन्दा बेमौसमी बाजा बजाउँछन् भन्ने प्रधानमन्त्री संघीय सहित प्रदेश २ बाहेक ६ ओटै प्रदेश सरकारको नेतृत्व गरिरहेका बेला स्वयम् आफै राजनैतिक अन्योलको वातावरण सृजना गर्ने तल्लीन हुनुभयो । रातारात सहयोगीलाई अर्को दलका सांसदलाई अपहरण गर्न नै पठाउनु भयो ।

कोरोनाको कारणले आकश्मिक सेवा सबै बन्द भएका बेला साधारण रूघा खोकी र ज्वरो जस्ता बिरामीलाई उपचारै गर्न नपाइने स्थिति छ । ईलेक्टिभ सर्जरी, ट्रान्सप्लान्टेसन, डाईलेसिस र थेरापी जस्ता बिरामीहरू सेवाबाट बन्चित भएकाछन् यस्ता कुरामा मौन रहदै अर्कैतिर एकपछि अर्को विवादास्पद निर्णय ल्याएर थुप्रै आशंका पैदा हुने वातावरण बनाउनु भयो । प्रधानमन्त्री बाटै यस्ता घृणित कार्य होलान् भन्ने कुराको अनुमान नेपाली जनताले गरेका थिएनन् ।

नेपालमा राजनीतिक संस्कार नै बिग्रीयो भनेर राजनीतिक अस्थिरताको अन्त्य गर्नकै लागि संविधानमै दूई वर्षसम्म प्रदानमन्त्रीलाई अबिश्वास लाउन नमिल्ने व्यवस्था सहित नियमनकारी संसदिय शासन प्रणालीको अवधारणा राखिएको हो । प्रमुख प्रतिपक्ष, अाफ्नै पार्टी, नागरिक समाज लेखक, पत्रकार र जानकार व्यक्तिहरूबाट चर्को विरोध र आलोचनापछि विवादित दुई अध्यादेश, ‘दल विभाजनलाई खुकुलो पार्ने’ र संवैधानिक परिषदमा प्रतिपक्षको भूमिकालाई निषेध गर्ने अध्यादेश सरकारले फिर्ता लिनु परेको छ । जे जस्तो भए पनि संविधानमा भएका प्रावधान एकपटक प्रधानमन्त्रीको नियतबाट बचेपनि बैधानिकता माथि प्रश्न भने उठेको छ ।

संकटको बेला दल फुटाउने कुचेष्टा राख्नुले भएको राजनीतिक साखपनि ओझेलमा पारिदिएको छ । कोरोना भाईरसले भन्दापनि देश राजनितिले तरंगित हुन पुग्यो । यो परिस्थिति पैदा हुनुका पछाडिको कारण प्रधानमन्त्रीको कार्यशैली नै मानिन्छ ।  निरन्तरको घटनाक्रममा के देखिएको छ भने उहाँले कसैको कुरा नसुन्ने, आफैंले एकलौटी निर्णयहरु गर्ने, निर्णयहरु गलत गर्ने र समयमै दिइएका सुझावहरुलाई पूर्वाग्रहका रुपमा हेर्ने । सुझाव दिने व्यक्तिहरुमाथि पूर्वाग्रही व्यवहार गर्ने । अन्ततोगत्वा सबै बिग्रिसकेपछि, भत्कि सकेपछि सच्याउनुले आफ्नै वजन घट्ने कुराको हेक्का भएन ।

विशेष गरि पछिल्लो समय प्रधानमन्त्रीले जेजस्ता घृणित कार्य गरेपनि भारतले अघोषित नाकाबन्दी गर्दा बोलेको कुरालाई अगाडी सार्ने गरिन्छ विशेष गरि ओलिका अनुयायीबाट तर त्यही नाकाबन्दीका बेला बोलेको बोलिका कारणले नै ओलिले विगतमा गरेका कयौं राष्ट्रघातलाई क्षमा दिएका हुन् । गणतन्त्र स्थापनाका लागि भन्दै लोकतन्त्रप्रति प्रतिबद्ध  नेताकार्यकर्ता आम नेपाली जनता नागरिक सनाज आन्दोलनमा होमिएको बेला गोरूगाडा चडेर अमेरिका पुगिदैन भन्दै भट्काउन पुगेका कुरालाई बिर्सेर नेपाली जनताले झण्डै दुईतिहाइ दिएर गणतन्त्रकै सिंहासनमा दुईपटक बसालेका कुरा नकार्न सकिदैन त्यसैको व्याज अहिलेसम्म खान दिएका छन् । त्यतिबेलाको त्यो कुरा मनको अन्तर कुनामा बसेकै रहेछ भन्ने कुराको पुष्टि भएको छ । नाकाबन्दीका बेलाको बोली त कथित राष्ट्रवाद केवल नौटंकी मात्रै रहेछ भन्ने कुरा दोश्रो कार्यकालमा भए गरेका घटनाक्रमले बताइसकेकाछन् । सुशासन र पारदर्शिता त निर्मला हत्या प्रकरणदेखि सुरू भएर बाँसकोटा अडियो काण्ड हुँदै कोरोनाले थलिएको बेला स्वास्थ्य सामाग्री खरिद र हुँदाहुँदा राजनीतिक अस्थिरता निम्त्याउने अध्यादेश ल्याए सम्मका प्रकरणले उजागर गरिसकेका छन् ।

प्रधानमन्त्रीकै संलग्नतामा वितेका चार पाँच दिनमा जे जति घटनाहरू घटे ती खेदजन्य कानूनी संवैधानिक र लोकतान्त्रिक व्यवस्थाप्रति नै घृणित र निन्दनीय छन् । खासमा अरूलाई दोष दिनुभन्दा पनि यो असक्षमता प्रधानमन्त्री र उहाँकै सचिवालयको हो दोस्रो स्वयम् प्रधानमन्त्रीकै अनविज्ञता हो भने तेस्रो अधिनायकवाद लाद्ने कुत्सित मनसायले हो भन्दा फरक नपर्ला । सबै कुरा बुद्धिजीवी विभिन्न राजनीतिक दल, लेखक, पत्रकार, जानकार र आमजनताको चर्को बिरोध भएपछि मात्रै प्रधानमन्त्री अध्यादेश फिर्ता लिन सहमत हुनुभएको हो तर फिर्ता गर्दैमा यो अध्याय सकिएको छैन यसले पृष्ठभूमिमा छोडेर गएको राजनीतिक पदचाप जतिखेर पनि पुनरावृत्ति हुन सक्छन् भन्ने कुरा प्रधानमन्त्रीको नियतबाट बुझिसकिएको छ । प्रधानमन्त्रीको आदेश पालकका रूपमा राष्ट्रपति रहनु झनै भयावहको स्थिति हो….!

वि.सं. २०३१ सालमा सिंहदरबारमा आगोलाल्दा कीर्तिनिधि बिष्टले राजा वीरेन्द्रलाई प्रधानमन्त्री पदबाट राजिनामा बुझाएपछि राजाबाट हुकुम भएको थियो “सिंहदरबारमा तिमीले आगो लगाएको हो र ?  राजिनामा दिन्छौ, भो नदेऊ !”
राजाको प्रत्युत्तरमा कीर्तिनिधीले भन्नुभएको थियो “सरकार ! म प्रधानमन्त्री भएपछि सबै जिम्मा मेरै टाउकोमा आउँछ । मैले नै आगो झोस्नु पर्छ र ! जसरी भए पनि सिंहदरबारमा आगो लाग्यो । त्यसैले नैतिकताले मैले पदमा बस्न हुँदैन र म बस्तिन पनि’ भन्दै प्रधानमन्त्री पद त्यागि दिनुभएको थियो । त्यस्तै २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधान सेनापती रूक्माङ्गत कटुवाललाई बर्खास्त गर्नुभयो तर कटुवाल पुनर्बहाली भएपछि नैतिकताका आधारमात्र राजीनामा दिनुभएको थियो । त्यसो त ओलि नेतृत्वकै धेरै मन्त्रीले त्यसैगरी राजीनामा दिएका पनि छन् । ओलिबाट त्यो आश नगरौं ।

पुर्वमन्त्री महेश बस्नेत र पुर्व प्रहरी आई.जि.पि सर्बेन्द्र खनाललाई प्रधानमन्त्रीको ठाडो आदेशमा सामाजवादी पार्टिका नेता सुरेन्द्र यादवलाई अपहरण गर्न गएको आरोप लागेकोछ । पूर्व आइजिपीले स्वयम् मैले स्वतन्त्र नागरिकको हिसाबले काम गरेको हुँ भनिसकेका छन् भने महेस बस्नेतले पनि पार्टी विघटन भएपछि ६ महिनाभित्र नेकपामा प्रवेश गर्ने भनेकोले कुरा चलाएको हो भन्ने अभिव्यक्ति दिइसकेका छन् । राष्ट्र सेवक कर्मचारी लाई अनर्गल गाली गर्ने मन्त्री अनि अर्काको पत्रीका भित्र पसेर समाचार नै डिलिट गरिदिने व्यक्तिलाई कानूनी कठघरामा उभ्याउनु भन्दा फेसबुकमा स्टाटस् लेखेकै भरमा अर्थात गलत गर्ने व्यक्तिका काला कर्तूत बाहिर ल्याउने एक निडर व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने नियोजित तरिकाले पूर्व सचीव भिम उपाध्यायलाई साइबर क्राइमको हवाला दिएर थुन्ने सर्बसाधारण जनतालाई राहात बाड्दै हिडेका ज्ञानेन्द्र शाहिलाई घेराउ गर्ने  विद्यार्थीका सुखदुःखका साथी हेमराज थापालाई नियोजित रूपमा फसाउँने र कोठामै बस्न नदिने सरकारी रबैयाले राणा शासनको झझल्को दिइरहेको छ ।

सांसद यादवलाई धम्क्याएर नभए पनि छलकपट गरेर ल्याएको हुनाले पूर्व आइजिपी खनालमाथि अपहरण मुद्धा आकर्षित हुने देखिन्छ ।

अब खनालमाथि राज्यका निकायले कसरी कारवाही अघि बढाउने हुन्, अत्यन्त चासो र प्रतीक्षाको विषय बनेको छ ।
नैतिकता भन्ने नेपाली राजनीतिमा देखिदैन  त्यसैले प्रधानमन्त्री ज्यू अनुभवी दक्ष पाको खारिएका अध्ययन र चिन्तन गर्ने जान्ने बुझ्ने र नजानेका विषयप्रती अरूलाई सोधेर पनि सत्यतथ्य बुझ्ने अहमता नभएका माहोल भट्किन नदिने संयमता अपनाउने सहयोगी राख्नुहोस् । नागरिकलाई कोरा सपना केही नदेखाउनु होस् । चमत्कार गर्न सक्नु हुन्न, मुखले भनेकै जसो गर्नुहुन्छ भने भ्रष्टहरूलाई मामाघर पठाइदिनुहोस्, बरू बचाउ गर्न आफै डिफेन्सिफमा नउत्रनु होस् अव तीन वर्ष इमान्दार भएर साअधारण काम गर्छु भन्ने सोच पाल्नुहोस् ! पार्टी भित्र र बाहिर सबै ठाउँबाट प्रधानमन्त्रीकै नियतमा प्रश्न उठ्नु स्वभाविक ठहर्दैन !