विप्लवका ३ कार्यकर्ता रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं, बैशाख १४ । विप्लव समँहमा लागेको आरोपमा पक्राउ परेका केशवबहादुर बाठा, सन्तोष भण्डारी र पुष्टमान घर्तीमगरलाई रिहा गर्न शुक्रबार सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

 

न्यायाधीशहरू दीपककुमार कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले ती तीन जनालाई फरक विचारधारा र आस्थाको आधारमा थुनामा राखेको पाइएको उल्लेख गर्दै उनीहरूलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

 

बाठा, भण्डारी र घर्तीमगरलाई गत असोज ३० गते डिउटीमा रहेका प्रहरीलाई हातपात गरेको आरोपमा पक्राउ गरिएको थियो । यसभन्दा अघि उनीहरूविरुद्ध राज्यविरुद्धको कसँर र संगठित अपराधमा दाङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । उनीहरूसँग गत पुस ९ गते उक्त अदालतले जनही १५ हजार रुपियाँ धरौटी माग गरेको थियो । उनीहरू माग भएबमोजिमको रकम यही वैशाख २ गते धरौटीस्वरूप राखी थुनामुक्त भएका थिए ।

 

उनीहरू थुनामुक्त हुनासाथ डिउटीमा रहेका प्रहरीलाई हातपात गरेको आरोप लगाई पुनः पक्राउ गरिएको थियो । त्यसरी पुनः पक्राउ गरिएपछि आफँहरूलाई गैरकानुनीरूपमा पक्राउ गरेको उल्लेख गरी सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । रिहा गर्न दिइएको सर्वोच्चको आदेशमा भनिएको छ– ‘कुनै पनि व्यक्तिलाई थुनामा राख्दा कानुनसम्मत, उचित कारण तथा वस्तुनिष्ठ आधार उल्लेख हुनुपर्नेमा यी निवेदकहरूले डिउटी खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको भन्ने उल्लेख भए पनि के–कस्तो अभद्र व्यवहार गरेको भन्ने स्पष्टसँग खुल्न आएको देखिएन ।

 

कुनै आधार र प्रमाणबिना पक्राउ गरिएका कारण फरक विचार र आस्थाकै आधारमा उनीहरूलाई हिरासतमा राखिएको उल्लेख गर्दै आदेशमा यस्तो कार्य न्यायिक दृष्टिकोणबाट औचित्यपँर्ण नभएको स्पष्ट गरिएको छ । उनीहरूका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता एकराज भण्डारीले जानकारी दिएअनुसार दाङस्थित जिल्ला अदालत न्यायाधीशको रोहवरमा रिहा गर्न सर्वोच्चले स्थानीय प्रहरी कार्यालयलाई आदेश दिइएको छ । नेपाल समाचारपत्रमा खबर छ।