आज मिति २०७७ साल बैशाख १६ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष-आज नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाब बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ ।

 

बृष-धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सन्तान सुख मिल्नेछ ।

 

मिथुन-धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।

 

कर्कट-प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोवारमा मन्दी आउला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ ।

 

सिंह-आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

 

कन्या-शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुको मन जित्न सकिनेछ ।

 

तुला-आज परोपकार तथा पूण्य आर्जन गर्न संलग्न भइनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

 

बृश्चिक-मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

 

धनु-आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । धार्मिक र न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।

 

मकर-आजबाट रोकिएको कार्य पुनस् सुचारु हुन सक्छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

 

कुम्भ-लामो समयदेखिका बाधाहरू स्वतस् फुकुवा हुनेछन् । कला र गलाको प्रभाव बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

 

मीन-सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला । घरायसी समस्या बढ्नेछ ।