नेकपाका अध्यक्ष दाहाललाइ गाली गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य पक्राउ

 काठमाडौं,वैशाख १८। नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाइ सामाजिक सञ्जालमा गाली गरेकाे आरोपमा रेडियो नेपालका बोर्ड सदस्य समेत रहेका पत्रकार दीपक पाठक पक्राउ परेका छन् ।

 

प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराध गरेको आरोपमा झापा घर भएका पाठकलाई पक्राउ गरेको हो ।केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले पाठकलाई पक्राउ गरिएको पुष्टि गरे । यद्यपि, उनको कसूरबारे आफूलाई जानकारी आइनसकेको   बताए ।

 

साइबर ब्युरो स्रोतले भने नेकपा अध्यक्ष दाहाललाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको आरोपमा पाठकलाई पक्राउ गरिएको जानकारी दिएकाे छ।