बाजुराको बुढिनन्दा नगरपालिका वडा नं १ भित्रका ५९ घरधुरीलाई अत्यावश्यक खाद्यन्न सामाग्री वितरण

 सर्मिला रोकाया

रेडियो बुढिनन्दा कोल्टी  

बाजुरा,बैशाख १८। बाजुराको बुढिनन्दा नगरपालिका वडा नं १ साउनेगाउँ भित्रका रहेका प्रत्यक घरधुरीहरुलाई राहात वितरण गरीएको छ । वडा नं एक निवासी तथा हाल अमेरिकाको मेरिल्यान्डमा डिवी ग्रीनकार्ड द्धारा बस्दै आउनु भएका मनलाल जैशी र मिना जैशीको आर्थिक सहयोगमा वडा भित्रका प्रत्यक घरपरीवारलाई राहत वितरण गरिएको हो ।

 

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्ने भन्दै सरकारले लकडाउन गरेको अवस्थामा खाद्य संकटमा परेका वडाका ५९ घरपरिवारलाई अत्यावश्यक खाद्यन्नका सामाग्री वितरण गरेको हो । वडा नं एक साउनेगाउँ भित्र रहेका ४४ र जगन्नाथ गाउँपालिका वडा नं एक डिमर गाउँ भित्र रहेका १५ घरपरिवारलाई खाद्यन्नका सामाग्री गरीएको गरेको स्थानिय नरहरी जैशीले जानकारी दिनु भएको छ ।

 

वडाका प्रत्यक घरधुरीलाई १५ केजि चामल, एक पोका तेल र दुई पिस नुहाउने सावुन लगायतका सामाग्रि वितरण गरीएको छ । कोरोना माहामारीका कारण विश्व मानविय क्षेति र लकडाउनका कारण खाद्य संकटको अवस्था बुझेर आफ्नो जन्म स्थानका वासिन्दहरुलाई यस्तो अवस्था नआयोस भन्ने उद्देश्यले सम्झना स्वरुप सहयोग गरेको साउनेगाँउमा जन्मीएर हाल अमेरीकामा वसोवास गरीरहनुभएको मनलाल जैशीले रेडियो बुढीनन्दालाई बताउनुभएको छ ।

 

आज एक कार्यक्रमको आयोजना गरीएको हो । उक्त राहात वितरण कार्यक्रममा वडा नं एकका वडाअध्यक्ष नीर्पराज खत्रि, रेडियो बुढीनन्दाका अध्यक्ष सर्पलाल गिरी, बुढिनन्दा नगर कार्यपालिकाका सदश्य मणि घटाला, वडा सदश्य मदना विक, नेपाली काङग्रे बुढीन्दा नगर कार्य समिति सदश्य दयाराम पाण्डे, वडा सभापति चक्र कार्की, मुक्त हलिया कार्यक्रम संयोजक जयलाल विक लगायत स्थानियको उपस्थिति रहेको समाज सेवि विरबहादुर महाताराले जानकारी दिनुभएको छ।