संसद खसीको टाउको झुन्डि्याएर कुकुरको मासु बेच्ने पसल हो

-हस्तबहादुर के.सी.

– माओ त्सेतुङ- माथिको भनाई विश्व सर्वहारा वर्गका महान् नेता तथा चिनीयाँ कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड माओ त्सेतुङक‍ो हो । उहाँको यो भनाई ज्यादै सान्दर्भिक छ ।

संसद र संसदीय व्यवस्था कस्तो हुन्छ ? त्यस व्यवस्थाले कस्ता कस्ता ? नेता , कार्यकर्ताहरु जन्माउँछ ? हुर्काउउछ , पालन पोषण र संरक्षण गर्छ र संसदीय पार्टीहरु तिनका नेताहरुले जनतालाई सधैं भेडा- बाख्रा बनाई रहन्छ र जनतालाई पशुतुल्य बनाई रहन्छन् भन्ने यतिबेला नेपालको स्सद रसंदीय दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा )र त्यसका नेताहरू पुष्टि गरिरहेका छन् ।

संसारकै मानव जातिले आज कोरोना भाइरसले त्राही त्राही भैरहेका छन् लाखौं विश्व जनता कोरोना भाइरसको महामारिबाट संक्रमित भैरहेका छन् र लाखौंले ज्यान गुमाई सकेका छन् र करिब ६० हजारले अस्पतालहरुमा जीवन मरणको संघर्ष गरिरहेका छन् । सम्पूर्ण विश्न नै बन्दाबन्दी अवस्थामा छ।

 

नेपालमा पनि ५७ जनामा कोरोनाबाट संक्रमित भैरसकेका छन् ।हजारौं जना क्वरिन्टिनमा बस्न बाध्य भैरहेका छन् भने लाखौं निमुखा जनताहरु भोकभोकै तड्पिरहेका छन् । सिंगो देश बन्दाबन्दी अवस्थामा छ ।

एकातिर सारा नेपाली जनता कोरोना भाइरसको जोखिमबाट त्राही त्राही भैरहेका छन् भने अर्कोतिर सत्ताधारी नेकपा र त्सस दलका नेताहरु सत्ता प्राप्तिको लुछाचुडीमा अर्थात् कुकुरे कलह ( बिलोको लडाइँ ) सबै कुरालाई भुलेर भिडन्तमा उत्रिएका छन् ।


संसारमै नभएको जात्रा नेपालमा ती संसदीय भ्रष्ट नेताहरुले बालुवाटार दरवारमा त्यो जात्रा लगाई रहेका छन् ।
अत: आज कमरेड माओकै शब्दमा नेपालको संसद , संसदीय व्यवस्था र त्यस दलका नेताहरु सिंहदरबार र बालुवाटार दरवारमा खसीको टाउको झुन्ड्याएर भित्रबाट कुकुरको मासु बेचिरहेका छन् ।

यही नै हो संसदीय व्यवस्थाको विशेषस्ता र परिणाम , जो नेपालको चालु संसदीय व्यवस्था र संसदवादी दल र खास गरी वर्तमान सत्ताधारी दल नेकपा र त्यसका नेताहरुले सर्वाङ्ग नांगो भएर विश्व जनताको सामुन्ने आफ्नो चरित्र प्रदर्शन गरिरहेका छन् ।यही नै हो संसदीय व्यवस्थाको असली चरित्र ।