भीषण वर्ग संघर्षविना श्रमिक मजदुरहरुको मुक्ति संभव छैन

१३१ औ अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस -जिन्दावाद

– हस्तबहादुर केसी

आज MAY DAY अर्थात् १३१ अौ अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस । आजकै दिन , सन १८८९ मा वैज्ञानिक साम्यवादका सिध्दान्तकार कार्ल माक्र्सका अनन्य मित्र एवं सहयोगी फ्रेडरिक एंगेल्सको नेतृत्वमा दोस्रो अन्तर्राष्ट्रियको गठन गरियो । त्सस अन्तर्राष्ट्रियले मे १ ( May 1) लाई अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस ( May Day ) का रुपमा मनाउने निर्णय गर्यो ।

सन १८९० मे १ ( 1890 May 1 ) का दिनदेखि मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस May Day का रुपमा मनाउन शुरु गरिएको थियोे ।

 

 

त्सस ऐतिहासिक दिनदेखि शुरु गरिएको अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसले १३० वर्ष पुरा गरेर आजका दिनदेखि १३१ वर्षमा प्रवेश गरिसकेको छ । तसर्थ आज संसारभरका श्रमिक मजदुर , काम गरिखाने श्रमजीवी मजदुरहरुले आफ्नो आन्दोलनको १३१ अौ अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसका रुपमा धुमधामका साथ मनाउन गइरहेका छन् ।

स ऐतिहासिक दिनमा १३१अौ अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना ।
अन्तर्राष्ट्रिय श्रमिक मजदुर आन्दोलनको जन्म संयुक्त राज्य अमेरिकाबाट भएको हो ।
सन १८८४ १८८६ सम्म अमेरिका ठूला ठूला मजदुर हडतालहरु सम्पन्न भएका थिए ।


सन १८८६ को मे १ का दिन ८ घण्टा काम , ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग राखि संयुक्त राज्य अमेरिकाको सिकागो शहरमा मजदुरहरुले उठान गरेको आन्दोलन र मजदुरहरुमाथिको भीषण हत्या , हिंसा , दमनका बिचबाट विजय प्राप्त गरेको दिनका रुपमा मे १ को दिनलाई संसारभरका श्रमजीवी मजदुरहरुले यो दिवस मनाउँदै आएका छन् ।

नेपाल लगायत संसारभरका श्रमिक मजदुरहरुले मुक्ति पाएका छैनन् । संसारभरका श्रमिक मजदुरहरु गास , बास र कपासबाट बन्चित रहदै आएका छन् । जनवाद हुदै वैज्ञानिक समाजवादको प्राप्ति पछि मात्र अर्थात् विश्व सर्वहारा वर्गले सर्वहारा अधिनायकत्व प्राप्त गरिसके पछि मात्र वास्तविक रुपमा मुक्ति पाउने छन् ।


यसको प्राप्तिको निम्ति विश्वभरका श्रमिक मजदुरहरु भीषण वर्ग संघर्षमा होमिनु पर्नेछ । भीषण वर्ग संघर्षविना श्रमिक मजदुरहरुको मुक्ति संभव छैन ।