राज्यले मजदुरलाई बिशेष भत्ताको व्यवस्था गर्नुपर्छ : नेविसंघ नेता शाहीले बिचल्लीमा परेका मजदुरलाइ राहत वितरण

अमृत बहादुर शाही

नेविसंघ नेता

काठमाडौं,बैशाख १९। मजदुर दिवसको अवसरमा काठमाडौंमा मजदुरी गर्दै आएका मजदुरलाइ लकडाउनको समयमा  विहान वेलुका हातमुख जोड्न केही समस्या भएको सुनेपछि मजदुरलाइ सानो सहयोग गरिएको अमृत शाहीले जानकारी दिए।

 

हरेक ठाउँबाट काठमान्डौमा बसोबास गर्दै आएका मजदुरहरुलाई नेविसंका नेता अमृत बाहदुर शाहीले  १५० जना लाइ
 खद्यान्न वितरण गरिएको शाहीले जानकारी दिएका छन्।त्यस्तै तरकारीमा आलु ५० किलो,काउली २० किलो , नुन १०० प्पाकेट, प्याज २० किलो र नेपाल टेलिकमका रिचार्ज कार्डलगायतका समाग्रीहरू मजदुरलाइ व्यक्तिगत तर्फबाट वितरण गरिएको पनि उनले जानकारी दिएका छन्।

  राजधानीको विभिन्न ठाउँमा मजदुरी गर्दै आएका मजदुरहरूको लकडाउनमा परेको समस्यालाइ मध्यनजर गरेर  केही राहात वितरण गरिएको उनले जानकारी दिएका छन्। श्रमिक वर्गका लागि सिंहदरबारबाट विज्ञप्ति दिएर मात्र हुदैन सिंहदरबारले मजदुरका समस्या बुझ्नु पर्छ विज्ञप्तिले मजदुरको पेट भरि दैन्न सरकारले अलपत्र परेका मजदुरहरूको त्तकाल समस्याको समधान गर्नु  बाहेक अर्को विकल्प छैन् ।   

 

महामारीको बेला विदेशमा रहेर समस्यामा परेका श्रमिकहरुलाइ नेपाल फिर्ता ल्याउने व्यवस्था मिलाउनु सरकारको दाहित्व  हो। देश भित्र रहेका मजदुरहरूको पनि समस्या कम छैन अहिले पनि मजदुरी गर्ने मजदुर पाल मुनि बस्न बाध्य भएका छन् । न उनिहरूको खानाको व्यवस्था छ न बस्नाको नै व्यवस्था छ,उनिहरू भन्दै छन् अहिलेको कारोनाले होइन औंलो र अन्य रोगले हामीलाइ मार्ने डर छ । अहिलेको यहि अवस्था रहे पछि रोगले होइन भोकले मारिने अवस्था आउन सक्छ । मजदुर दिवसकाे सम्पूर्ण मजदुरहरूलाइ शुभकामना।