नेपाली खस भाषाको ठेट मौलिक (व्याकरण) यस्तो हुन्छ ?

 

“नेपाली बाेलिब्याउ (व्याकरण)

याे नेपाली बाेलिब्याउ नामक खस नेपाली भाषाकाे ठेट अथवा माैलिक भाषिक व्याकरण हाे । यस नेपाली बोलिब्याउको परिभाषा:- बोलिने भाषाका बोल (भाषिक शव्दहरु) लाई ब्याउने जन्माउने तरिकालाई नै ब्योलिब्याउ भनिन्छ । नेपाली भाषामा बढी भन्दा बढी क्रियात्मक प्रत्ययहरु भएकाे हुँदा खस  नेपाली भाषाका भाषिक क्रिया पदहरुकाे लघु रूपलाई विभिन्न कुचीचरमा वर्गीकरण गरिएकाे छ ।

कुचीचरकाे परिभाषा :- कुनै पनि खष नेपाली भाषामा प्रयाेग हुने क्रियात्मक प्रत्ययहरु अर्थात् (प्रययीक्रिया)हरुलाई कुचीचर् भनिञ्छ। जाे क्रियात्मक प्रत्ययहरु धेरै जशाे एकाक्षरी छन् । तिनीहरु आपसमा क्रमैले आफै अगाडि पछाडिबाट सम्मिलित भएर यिनी थेगाेचर्,रिटकचर्, थाउचर्, स्वयं मूल कुचीचर हरुपनि थाउचर् (धातुप्रत्त्यय) काे साथमा मिली अनेक क्रियापदहरुकाे संरचना भएकाे पाइन्छ । अब यहाँ नेपाली भाषाकाे एक नाैलाे अायामकाे रूपमा भाषिक अवधारणा प्रस्तुत गरिएकाेछ ।

४:-अट्कल कुचीचर्
परिभाषा :- जुन्सुकै अनुमान गर्ने वा अनुमान लगाउने क्रियात्मक प्रत्ययलाई अट्कल कुचीचर् भनिन्छ । नेपाली भाषामा ८ किसिमका अट्कल कुचीचर् का उपभेदहरु रहेकाछन् ।
जस्तै:-
पद:-अ.ज्या.आ.ज्या.अ.ज्या.आ.ज्या.।   बचन:-ए. ब.भाै.  ब. ए. ब. भाै.ब.। 
अट्कल:- हाे   हाेइ   हे   ह्यै ।
कुचीचर्:- हँ   है  हा  हाइ ।।

अट्कलचरका पुर्शाेशन्नी (पुलिङ्ग), माउसन्नी (स्त्रीलिङ्ग) र अ.बि.अर्थात् अक्काबिअ खुट्काे भन्नाले परस्मैपदी क्रियापद हो।

आ.बि.अर्थात आम्नाबिअ खुट्काे भन्नाले आत्मनेपदी क्रियापदलाई भनिन्छ ।
छा.बि. अर्थात छान्मिस्या खुट्काे भन्नाले उभयपदी क्रिया पदहरु नेपाली भाषामा प्रयाेग भएका पाइन्छन् ।
तर हाल प्रचलित व्याकरणहरुमा यिनी परस्मैपद,आत्मनेपद र उभयपदहरुकाे उल्लेख गरेकाे पाइदैन । क्रिया पदहरुकाे  वर्गीकरण विना विभिन्न भाषा र भाषिकाहरुकाे निराधार वर्गीकरण  गरिएकाे पाइन्छ ।

जस्तै :- केन्द्रीय सिँजाली भाषा, डाेटेली भाषा, वैतडेली भाषा, अछामी भाषा, मध्यपच्छिमी भाषा र पूर्वेली भाषा आदि छन् ।
किनभने यिनी भाषाहरु क्रियाहरुकाे आधारमा बाेलिने गरिञ्छन् । कहीँ  नेपाली भाषाकाे अक्काबिअ (परस्मै)पदमा बाेलिने  गरिएकाे पाइञ्छ । कहीँ आम्नाबिअ (आत्मने) पदका क्रियापदहरु द्वारा बाेलिने गरेकाे पाइन्छ । कहीँ कहीँ छान्मिस्या (उभयपदी) क्रियापदमा बोलिन्छ भने मूल नेपाली भाषाकाे उभयपदी क्रियापदहरु द्वारा बाेलिन्छ ।
जस्तै:- नाइचर (अकरणार्थक)क्रियाकाे स्वरूप तालिकाबाट बुझ्न शकिन्छ ।

यि सबै   नेपालीभाषाका नाइचर् हुन् ;
परस्मैपद आत्मनेपद परस्मै. आत्मने.
न          नै           ना        नाइ  ।
भयाे      भयै        भई       भयीइ।

विभिन्न ठाउकाे भाषिक रीति अनुसार यिनै बिभिन्न क्रियापदहरुकाे प्रयाेगबाट निम्न तरिकाले बुझ्न सकिन्छ ;
क्षेत्र ~ लिङ्गपद ~ क्रियापद ।
पूर्वेली:- पुर्शाे परस्मैपद ~ नभयाे ।
वैतडी:   पुर्शाे आत्मनेपद  ~ नैभयै ।
अछामी:- माउ परस्मैपद ~ नाभयाे।
जुम्ला:-   माउआत्मनेपद ~ नाइभयै।
डाेटी:-    उभयपदी ~ नैभयाे।
बाजुरा:-  उभयपदी ~ नभई।  
कालीकाेट  उभयपदी ~ नाइभयाे।    
यिनी क्रियापदहरुकाे प्रयाेग गरेर भाषिक क्रियापदहरु बन्दछन् ।

सम्पूर्ण नेपालीभाषाकाे स्वरूप चाहिँ एउटै छ । एउटै नेपाली  भाषाका विभिन्न क्रिया पदहरु विभिन्न दराक्षेत्रहरुमा भिन्ना भिन्नै तरिकाले प्रयाेग हुँदै आएका छन् ।
जस्तै:- परस्मैपदी क्रियापद,
आत्मनेपदी क्रियापद र
उभयपद क्रियापद
यी क्रियाहरुकाे बाेलीभाषामा प्रयाेग भइरहेका यहाँ अनेक भाषिक रीतिहरु पाइन्छन् ।

जस्तै:- संस्कृत मानव शब्द बाट अपभ्रंश भएर नेपाली तद्भवकाे रूपमा माण्ठ /मान्ठ शव्द नेपाली भाषाकाे मूल शब्द देखिञ्छ । याे मूल माण्ठ कर्णाली दराकाे शेराेफेराेमा बाेलिञ्छ। यै ” माण्ठ”शब्द बझाङ र अछामकाे सेराेफेराेमा पुगेर ‘माइस’ शब्द बनेकाे पाइन्छ । यही मानस शब्द डाेटी र बैतडीमा पुगेर ‘मान्स’ शब्दकाे स्वरूप बनेकाे देखिन्छ । यही मान्स शव्दबाट मध्यपश्चिम गण्डकी क्षेत्र परिसरमा पुग्दा “मन्छे र माञ्छे’, मुन्छे शव्दकाे रूपमा परिणत भएर भएको देखिन्छ ।

यसरी पूर्वमा पुगेर मानिस शव्दकाे स्वरूप बनेकाे देखिन्छ । भाषिक बिकासमा भाषाको बनावट पनि यही आधारमा भएकाे पाइन्छ ।

यस्ता शव्दहरु विभिन्न रूपका आधारमा नेपालमा प्रचलित छन् ।   
नेपाली शव्द परिचय:
   यिनी नेपाली शबै भाषिक रीतिका शब्दहरु दुई दुई प्रकारका रूपावलीहरु सर्वत्र देखिन्छन् हेरौं ;
१:-परस्मै पदी शब्द ।
२:-आत्मने पदी शब्द छन्
परस्मैपदी शव्द र आत्मनेपदी पदको रीतिस्थान(रूप)
१:- कर्णाली~ माण्ठ । माण्ठै/माण्ठ नै ।
२:- बझाङ ~ माइँश । माइँशै/माइँश नै।
३:- डाेटी ~ मान्स । मान्स/ मान्सैन ।
४:-गण्डकी ~ मन्छे । मन्छेइ/मन्छेइन ।
५:-प्रदेश- मान्छे । मान्छेइ /मान्छेनै ।
६:-पूर्वेली:-मानिश। मानिशै/मानिशनै।
७:-     म   ।    मै  /  म नै   ।
२:-     तँ     ।   तैं /  तँ नै    । 
३:-     हाचमी  ।  हामीइ / हामीनै ।
४:-     तिनी   ।  तिनीइ/तिनीनै   ।  
५:-     तमी  ।  तमीइ / तमी नै  ।
६:-      त्यो     ।  त्यै /   त्यो नै    ।
७:-      यो      ।  यै/  यो नै         ।
८:-      तो      ।  तोइ / तो नै       ।
९:-      तिमी    ।    तिमीइ /तिमी,नै  ।
१०:-    शब्द    ।   शब्दै /शब्द नै
११:-     घर     ।    घरै/ घर नै
१२:     आज   । आजै / आजनै   ।
१३:-     बेलि   । बेलिइ / बेलिनै  ।
१४:-     यता    ।  यतै /  यतानै    ।
१५:-     एक    । एकै /    एक नै   ।
१६:-     कहाँ   ।  कहीँ /कहाँनै    ।
१७:-    शहर    ।  शहरै /शहर नै   ।
१८:-   सुनौलो   । सुनौलै /सुनौलोनै ।
१९:-   दयालु    ।  दयालुइ/दयालुनै ।
२०:-   मयालु    ।  मयालुइ/मयालुनै।
२१:-    छोरी।   । छोरीइ/ छोरीनै   ।
२२:-   काली    । कालीइ/कालीनै  ।
३३:-    दाजु     ।  दाजुइ /दाजुनै  ।
२४:-  भान्सा    ।  भान्सै /भान्सानै ।
२५:-     भाई    । भाईइ /भाईनै  ।
२६:-  बेलुकी    । बेलुकीइ/बेल्कीनै ।

    यिनी शब्दहरुको केही नमुना स्वरूप मात्र दिएको हो । यिनी प्रयोगहरु जता ततै लाेक भाषाहरु पाइन्छन् । यसैको आधारमा शुद्ध लेख्नुपर्ने हुन्छ । जाे लाेकमा बाेलिन्छ ।  त्यसैलाई भाषा भनिन्छ । नेपाली भाषाका जुनसुकै अरु शव्दहरु पनि यस्तै किसिमले बनेका देखिन्छन् ।

जस्तै :- पहिले भाषाकाे उत्त्पति जुम्लाकाे सिञ्जा दराबाट भएकाे हाे भन्ने कुरा सर्वविदितै छ । नेपाली भाषाका प्रत्येक शव्दहरु पुर्शाेशन्नी (पुलिङ्गी) र माउशन्नी (स्त्रीलिङ्गी) हरूमा छन् भने पुर्शाेशन्नी (पुलिङ्गी) र माउशन्नी(स्त्रीलिङ्गी) शब्द
हरुपनि परस्मैपदी शव्द र आत्मनेपदी
शव्दमा वर्गीकरण भएका पाइञ्छन् ।

उदाहरण जस्तै:- शाव्दिक छिटाे अर्थ भएकाे संकृत शीघ्रम् शब्द अपभ्रंश भै नेपालीभाषाकाे जन्मथलाे जुम्लामा शीघ्रम् बाट साणाँ भएकाे पाइन्छ । उक्त साणा शब्द बझाङ र अछाममा आई पुग्दा साँटा भएकाे पाइन्छ । डाेटीमा शीघ्रम् शव्दकाे स्वरूप छाँटा हुन पुग्छ,बैतडीमा पुगेर छाँटा शव्दकाे रूप छँटै  हुन गएकाे पाइन्छ ।  मध्यपश्चिम गण्डकीक्षेत्र परिसरमा आएर शीघ्रम् शव्दकाे स्वरूप “छिटाे” हुन पुगेकाे भेटिन्छ । त्याे छिटाेबाट पू्र्वमा गएर चाँडाे शब्द बनेकाे संरचना पाइन्छ । यस्तै गरी अनेक शव्दहरुकाे बनावटी ढाँचाका साथै  नेपाली भाषाकाे विकासक्रम पनि पश्चिमबाट पूर्वतिर गई बिकशित भएकाे पुष्टि हुन्छ । जुनसुकै तरिकाले बाेलिने गरिएता पनि नेपालीभाषाका शव्दहरु पुलिङ्ग र स्त्रीलिङ्गमाछन् । प्रत्त्येक पुलिङ्ग र स्त्रीलिङ्ग परस्मैपदी शब्द र आत्मनेपदी शब्द गरि दुई दुई प्रकारकाछन्। भने फेरि एक बचन भाैति बचनका भेदले अँझ फेरि दुई/दुई प्रकारका हुञ्छन् ।

जस्तै :- उदाहरण:-तालिकाबाट हेरौं ;
पुर्शाेशन्नी पुलिङ्ग, माउशन्नी स्त्रीलिङ्ग परस्मैपद.अात्मने.परस्मै.आत्मने.।
एक वचन.बहुब.एकब. एकब.एक.ब.।
१:-शाँणाे,शाँणा,शाँणै शाँणी,शाँणीइ।
२:-शाँटाे, शाँटा,  शाँटै,  शाँटी,शाँटीइ।
३:-छँटाे,  छँटा,   छँटै,   छँटी  छँटीइ।
४:-छाँटाे, छाँटा   छाँटै  छाँटी छाटीइ।
५:-छिटाे  छिटा  छिटै   छिटी छिटीइ।
६:-चाँडाे  चाँडा  चाँडै  चाँडी चाँडीइ।
७:-नाैलाे  नाैला  नाैलै   नाैली नाैलीइ।
८:-ठुलाे   ठुला   ठुलै   ठुली   ठुलीइ।

               उदाहरण”छ
अट्कल कुचीचर् माउसन्नी (स्त्रीलिङ्ग) को अक्काबिअ(परस्मैपदी)  पद । क्रियात्मक प्रत्ययहरुकाे ढाँचा एक बचन ।
भाैति (बहु)बचन ।

१:-त्याे घरै रछे हा । तिंल्ले खाइन् हा।
२:-ताे/तँ भन्दे हा।तमी छाँटै भया हा।
३:- म साेधियलूँ हा। हामी नबसाैं हा।

                 उदाहरण”ज”
माउशन्नी (स्त्रीलिङ्ग)को अाम्नाविअ (आत्मने पदी)क्रियापदकाे ढाँचा एक वचन  ।     
भाैति(बहु) वचन ।   
१:-त्याे जादैछे हाइ।ती खेल्दैछिन् हाइ।
२:-ताे खै राेकी हाइ। तमीआयाै हाइ।
३:-म गएँ  हाइ । हामी लाग्छाैं हाइ।

खुट्को (पद) हरुकाे पनि तीन वटा ज्यानमा बर्गीकरण भएकाछन् ।
जस्तै:-
१:- बिन्सो ज्यान (प्रथम पुरुष)
२:-अबिन्सो ज्यान(मध्यम पुरुष)
३:-आपन्सोज्यान(उत्तम पुरुष)

यी तीन ज्यानको एक बचन र भाैति बचनका भेदले दुई दुई प्रकारका कुची चर् का उपभेदहरुले ६ किशिमका प्रत्त्येक ज्यानहरुका‌ लक्षण देखिञ्छन् । भाैतिबचन लाई बहुबचन पनि भन्ने गरिन्छ ।

१)बिन्सोज्यान(बि.ज्या.)कुचीचर्

परिभाषा:-खष नेपाली भाषामा पनि टाडाको लागि प्रयोग हुने ज्यान लाई बिन्सो ज्यान भनिञ्छ । बिन्सो ज्यान
लाई प्रथम पुरुष पनि भनिञ्छ। प्रत्येक क्रियापदको बिन्सो ज्यानमा “बिन्सो “भौति थाउकुची नचर् आजणा” यो सूत्रहो यश्को आधारमा बिन्सो ज्यानको भौति बचनमा अर्थात् प्रथम पुरुषको बहु बचनमा थाउचर् (धातुरूप) प्रत्त्यय र कुचीचर (क्रियात्मक प्रत्त्यय) रूपमा पनि वर्तमान कालमा न् प्रत्त्यय हुञ्छ ।
                 उदाहरण
*बिन्सोज्यान कुचिचरको प्रयोग* पुर्शोशन्नी अक्काबिअ परस्मैपद ।
     एक बचन ।    
भौति(बहु)बचन ।
१:-बि.ज्या. त्यो छ । तिनी छन् । 

२)अबिन्साे ज्यान (अ.ज्या.)कुचीचर्

परिभाषा:-खष नेपाली भाषामा कुनै पनि नजीकको लागि प्रयोग गरिने (मध्यम पुरुष)को बिषयबस्तु भएको ज्यानलाई अबिन्सो कुचीचर् भनिन्छ ।

उक्त अबिन्सो ज्यान एकभौति शउ अबिन्साे । यो सूत्रले अर्थात् अबिन्सो ज्यानको बर्तमान कालमा एक बचनमा ‘स’ र बहु बचनमा उ कुचीचर हुन्छ ।
                 उदाहरण
अबिन्सो ज्यान कुचिचरको प्रयोग ।
पुर्शोशन्नी आम्नाबिअ आत्मनेपद ।
   एक बचन / भौति (बहु) बचन ।
२:-अ.ज्या. तो  छश् । तिमी  छउ ।

३) आपन्सो ज्यान (आ.ज्या.)कुचीचर्
परिभाषा:-खष नेपाली भाषामा आफु सम्बन्धि बिषयबस्तु प्रयोग गरिने ज्यान उत्तम पुरुषलाई आपन्सो ज्यान भनिन्छ ।
आपन्सो ज्यानमा प्रयोग हुने कुचीचर् हरुमा “उऊम्चाँदनी साविकै आपन्सो”
यो सूत्र हो । अर्थात् आपन्सो ज्यान (मध्यम पुरुष को)एक बचनमा उ र बहु बचनमा ऊँ चन्द्रबिन्दु सहितको हुञ्छ । साबिक कुची चर् मा म् कारनै हुन्छ । जस्तै:-छम् । रम् । जाम् आदि।
                 उदाहरण
आपन्सो ज्यान कुचीचर् को प्रयोग ।
पुर्शोशन्नीअक्काबिअ(परस्मै/ पद ।
एक वचन । भौति (बहु) बचन।
३:-आ.ज्या. म छु । हामी छऊँ/छम् ।

४)अट्कल कुचीचर् ।
परिभाषा:- खष नेपाली भाषामा जति पनि अट्कल गरी ठम्याउनेमा प्रयोग हुने । अनुमानार्थक क्रियात्मक प्रत्यय  लाई अट्कल कुचीचर् भनिन्छ । अट्कल कुचीचर आठ किसिमका छन् ती हुन्
जस्तै:- हाे, हाेइ ,हे , ह्यै, हँ, है, हा, हाइ ।
अट्कलचर् का केही लाेक प्रचलित वर्गीकरण रूपहरु छन्।

जस्तै :-  पुर्साेशन्नी (पुलिङ्ग) अक्का बिअ खुट्काेलाई अर्थात् अ .बि.ज्यान पनि भन्ने गरिञ्छ । अट्कल चर् परस्मैपदी क्रियात्मक प्रत्ययकाेे ढाँचामा हाे,हँ कुचीचर् हुन् । यो केन्द्रीय साझा रीति र पूर्वेली रीतिमा आधारित तालिका दिएको छ ।

             उदाहरण “क”
“हो” अट्कल कुचीचरको वैज्ञानिक प्रयोग । पुर्शोशन्नी अक्काबिअ(परस्मै) पद ।
  एक वचन । भाैति(बहु) वचन
१- त्याे    हाे  ।  ती /तिनी हुन्   ।
२- ताे/ तँ  हाेस् /  तमी/ तिमी हाै ।
३- म    हाैं /हुँ  ।   हामी  हाैं/हम्  ।

            उदाहरण”ख”
पुर्शोशन्नी (पुलिङ्ग) आम्नाबिअ (आत्मने पदी) क्रियापद ।
एक वचन । भाैति( बहु)वचन
१:-त्यल्ले भनीहाेइ।तिंल्ले भनीहाेइन्
२:-ताेइले,खाईहाेइ। तमीले,ल्याईहाेइ
३:-मैले भन्याहाेइ। हामीले छिप्याहाेइ

               उदाहरण”ग”
माउसन्नी(स्त्रीलिङ्ग)अक्काबिअ खुट्काे परस्मैपदी क्रियापद ।
एक वचन । भाैति( बहु) वचन,
१:-त्याे आउछे हे ।  तिनी गाउछिन् हे ।
२:- ताे घर बाइजा हे।    तमी आऊ हे।
३:- मैं कति खाँ हे। हामी गैजाऊँ हे।

             उदाहरण”घ”
माउसन्नी(स्त्रीलिङ्ग)आम्नाबिअ खुट्काकाे (आत्मनेपदी) क्रियापद।
एक वचन । भाैति(बहु) वचन ।

१:-त्यस्ले भनी ह्यै । तिंल्ले बुनी ह्यै ।
२:-ताे नखाँदीह्यै  । तमी नराेक्या ह्यै  ।
२:-मुखी डाक्या ह्यै ।हामु देख्या ह्यै  ।

              उदाहरण”ङ”
पुर्साेशन्नी (पुलिङ्ग) अक्काबिअ  (परस्ममै पदी) क्रियापद ।
  एक वचन । भाैति ( बहु)वचन ।

१:-त्याे  काँछ हँ। तिंल्ले क्या भने हँ।
२:-ताे कस्ताे  हँ।  तमी काँ जाँदा हँ ।
३:- म को हुँ   हँ ।  हामी कताछाैं हँ ।

            उदाहरण”च”
पुर्शोशन्नी(पुलिङ्ग) आम्नाबिअ (आत्मनेपदी)क्रियात्मक प्रत्ययहरु ।
एक बचन । भाैति ( बहु )बचन ।

१:-त्याे गैग्याे  है। तिनी सञ्चाइग्या है ।
२:- ताे/तँ जा है ।  तमी साेच्या  है ।
३:- म भनूँ    है ।  हामी पढाैं    है ।

             उदाहरण”छ”
अट्कल कुचीचर् , मासशन्नी (स्त्रीलिङ्ग) को अक्काबिअ(परस्मैपदी) पद । क्रियात्मक प्रत्ययहरुकाे ढाँचा ।
  एक बचन । भाैति (बहु) बचन ।

१:-त्याे घरै रछे हा । तिंल्ले खाइन् हा।
२:-ताे/तँ भन्दे हा।तमी छाँटै भया हा।
३:- म साेधियलूँ हा। हामी नबसाैं हा।

                उदाहरण”ज”
माउसन्नी (स्त्रीलिङ्ग)को आम्नाविअ (आत्मने पदी) क्रियापदकाे ढाँचा
एक वचन । भाैति(बहु) वचन ।  

 १:-त्याे जादैछे हाइ।ती खेल्दैछिन् हाइ।
२:-ताे खै राेकी हाइ। तमीआयाै हाइ।
३:-म गएँ  हाइ । हामी लाग्छाैं हाइ ।

५:-उब्री कुचीचर् ।

परिभाषा:- खष नेपालीमा बढी भन्दा बढी क्रियापदहरुले अर्थ प्रष्ट्याउने      
(अति स्पष्टार्थक क्रियात्मक प्रत्यय) लाई उब्री कुचीचर् भनिञ्छ । तर उब्री कुचीचर् लाई प्रचलित नेपालीभाषाका व्याकरणहरुमा संयाेजक तथा निपात संज्ञा दिएर बुझ्नेर बुझाउने गरिएता पनि वैज्ञानिक दृष्टिले ज्यादा स्पष्ट पार्ने बढी जाेड दिने क्रियात्मक प्रत्यय पनि हाे । यसैले नेपाली बाेलिब्याउमा उब्री कुचीचर् भनेर चिनिन्छ ।
उब्रीकुचीचर् हरु ६ वटा छन् ।

४ वटा नित्त्य २ वटा वैकल्पिक छन् । जस्तै:- र/रा ,रै, रे,
र्‍यै /र्‍या उब्री कुचीचर् मा यिनी रूपहरु प्रयोगमा आएका देखिन्छन् ।
जस्तै:- उदाहरण”क”
  “र, रा”कुचीचर् को वैज्ञानिक प्रयोग ।
पुर्शोशन्नी अक्काबिअ (परस्मै)पद ।
एक बचन । भौति(बहु)बचन  ।

१:-त्यो क्या खाइ रा। तिनी पढी रन्।
२:- तो यहीँ बशी  र । तिमी हाँशी राै ।
३:-म खेली रुँ। हामी उभी रौँ/रम् ।

                 उदाहरण”ख”
” रै” कुचीचर् को वैज्ञानिक प्रयोग
पुर्शोशन्नी आम्नाबिअ (आत्मनेपद ) ।
एक बचन । भौतिक (बहु) बचन ।

१:-त्यो आज घरै रै। तिनी बनै रैन् ।
२:-तो पहाडै   रैश् । तिमी यहीँ रैउ ।
३:- म त्यहीँ बशी रैँ । हामी विदेशै रैऊँ।
                 उदाहरण “ग”
” रे ” कुचीचर् को वैज्ञानिक प्रयोग । माउसन्नीअक्काबिअ(परस्मै)पद । 
एक बचन । भौति (बहु) बचन ।

१:-त्यो आई रे। बैकिनी मन्त्री हुने रे ।
२:-तँ योगी रे । तिमीहरु भोगी रे ।
३:- म ज्ञानी रे। हामी सबै दामी रे ।

             उदाहरण”घ”/
कुचीचर् को वैज्ञानिक प्रयोग ।
माउसन्नी आम्नाबिअ(आत्मने)पद ।
एक बचन । भौतिक(बहु) बचन ।

१:-त्यो रुँदीइँर्‍यै। केटी नाच्दीँइँ र्‍यैन्।
२:-तो हेर्दीइँर्‍यैश्। तमी गाउँदीइँर्‍यैउ।
३:-म दिदीइँर्‍यैँ । हामी माग्दीइँर्‍यैऊँ।

अरुपनि;
१:-आज छकालै बाघ करायो र्‍या ! ।
२:- हामी काँ जाऊँ र्‍या ! ।
३:- अब क्याप हुन्याहाेर्‍या ! ।
४:- त्यो राम होर ।
५ :- तिनी भगवान् हुन् र
,६:-ताे/तँ गाेविन्द हाेश् र  ।
७:-तमी/ तिमी बिद्यार्थी हाैर ।
८:- म विद्यार्थी हुँर ।
९:-हामीहरु एक जाेशी परिवार हाैंर 

६) पर्खरीकुचीचर
परिभाषा :- खष नेपाली भाषामा कुनैपनि विषय बस्तुहरुमा लाई स्पष्ट पार्ने क्रियात्मक प्रत्ययहरुलाई पर्खरी कुचीचर् भनिन्छ ।

पर्खरी कुचीचर् १२ किसिमका रहेकाछन् । जस्तै:- 
१) ष, षै, षे, ष्यै – सुदूरपश्चिमेली रीति।
२) छ, छै, छे छ्यै- केन्द्रीय साझारीति।
३) च्च,च्चै,च्चे,च्च्यै – मध्यपश्चिमी रीति।
आदिका रहेका छन् ।
यहाँ सुदूर पश्चिमेली रीतिकाे यस् मुबायलमा (लेटर) भएकाे सप्ट्वेर नभएकाेले तत्काल बताउन नसकिने भएकाे छ । ( असमर्थ हुँदा क्षमा,चाहान्छु)

२) केन्द्रीय साझा रीतिमा जुम्लाबाट लिएर सबै ठाउमा बाेलिने भाषा भएकाे हुँदा  केन्द्रीय साझा रीति भनिएकाे हाे । पर्खरी कुचीचरमा पनि अट्कल कुची चरका जस्तै :- पुर्शाेशन्नी (पुलिङ्ग)अक्काबिअ खुट्काे (परस्मैपदी) क्रियात्मक प्रत्यय आम्नाबिअ खुट्काे( आत्मने पदी)
क्रियात्मक प्रत्यय र छान्मिस्या खुट्काे (उभय पदी)क्रियात्मक प्रत्यय गरी ३ प्रकारका भेदहरु हुन्छन् ।
ज्यान (पुरुष) ३ प्रकारका हुञ्छन् ।
बि.ज्या. – बिञ्शाे ज्यान लाई ( प्रथम पुरुष) भनिञ्छ ।
अ.ज्या. – अबिञ्शाे ज्यानलाई मध्यम परुष भनिञ्छ ।
 आ.ज्या.- आपञ्शाे ज्यानलाई उत्तम पुरुष भनिञ्छ ।
औपचारिक पढाइ गरिने नेपाली व्याकरणमा वचन दुई प्रकारका हुन्छन् ।  एक वचन र बहु बचन
१)पुर्शोशन्नी (पुलिङ्ग) अक्काबिअ खुट्काे ( परस्मैपदी) क्रियात्मक प्रत्यय चाँहि छ हाे ।
               उदाहरण”क”
छ”पर्खरी कुचीचर् को वैज्ञानिक प्रयोग ।
पुर्शोशन्नी अक्काबिअ(परस्मै)पद ।
  एक वचन  । भाैति( बहुवचन) । 

१:- त्याे घरमा छ। तिनीहरु यहाँ छन् ।
२:-ताे/तँ भित्रछश्।तमी/तिमीहरुछाै।
३:-म बाहिर छु। हामीहरु यतैछाैं/छम्।

              उदाहरण “ख”
“छै”पर्खरी कुचीचर् को वैज्ञानिक प्रयोग ।

२:- पुर्शोशन्नीआम्नाबिअ (आत्मने)पद)
   एक बचन ।   

१:- बि.ज्या. त्यश्ले भनेकाे मान्दाे छै ।
२:- अ.ज्या. ताे/तँ आफै जान्दाे छै ।
३:- आ.ज्या. मैले बाेलाया सुन्दो छ ।
भाैति(बहु)वचन हेरौं ;
१:- तिनीहरुले दिएकाे खाँदाे छै ।
२:-तमी/ तिमी सङ्ग जाँदाे छै ।
३:-हाम्रा साथ पढ्दाे छै ।

             उदाहरण”ग”
छे”पर्खरी कुचीचर् को प्रयोग बिधि ।
माउशन्नीअक्काबिअ(परस्मै) पद  ।
  एक वचन ।     
१:-बि.ज्या. त्याे गीता अाज घरै छे ।
२:-अ.ज्या  ताे/तँ नसुन्ने कता छेश् ।
३:-आ.ज्या.  म घरै बस्याई छें  ।
भाैति(बहु) बचन
१:-बि.ज्या.तिनी केटी पढ्डी छिन् ।
२:-तमी/ तिमीहरु कहाँ जादी छ्याै ।
३:-हामीहरु आउदीछ्याैं /आउँदीँछम्।

              उदाहरण”घ”
“छ्यै” कुचीचर् को वैज्ञानिक प्रयोग ।
पुर्शोशन्नी आम्नाबिअ(आत्मने)पद ।
एक बचन
१:-त्याे अहिले सम्म खाँदीइ छ्यै ।
२:- ताे/तँ द्यूशाे मञ्जन सुत्दीइ छ्यै ।
३:- म छकाल बठे आउन लागी छ्यैं ।
      एक बचन । भाैति(बहु)वचन ।
१:-तिनीहरुका लागि दिदीइ छ्यै।
२:-तमी/तिमीहरुकाबिअ माग्दीइ छ्यैे।
३:-हामी सँग बस्तीइ छ्यै  ।

७) हब्बु कुचीचर् (सम्भावनार्थक) 
परिभाषा :- खष नेपाली भाषामा आगामी सम्भावना अर्थमा प्रयाेग हुने
क्रियात्मक प्रत्ययलाई हब्बुकुचीचर् भनिन्छ  । हब्बु कुचीचर आठ किसिमका
रहेका छन् ।
जस्तै:- ला, लाइ, ली, लीइ, लो, लै, नी, नीइ
आदि रहेका छन् ।
अक्काबिअ खुट्काेलाई परस्मै पदी क्रियापद भनिन्छ ।
क्रियापदहरुमा पनि तीन प्रकारका ज्यान हुछन् । बिञ्शाे ज्यान, अबिञ्शाे र अापञ्शाे ज्यानहरु हुञ्छन् ।
१:-बि. ज्या. अथवा बिञ्शाे ज्यानलाई प्रथम पुरुष भनिन्छ ।
२:-अ. ज्या. या अबिञ्शाे ज्यानलाई मध्यम पुरुष भनिन्छ ।
३:-आ.ज्या.अर्थात् आपञ्शाे ज्यानलाई उत्तम पुरुष भनिन्छ ।
औपचारिक पढाइ हुने नेपाली भाषामा दुई किसिमका बचन हुन्छन् । एकबचन र बहुबचन 
पुर्शोशन्नी (पुलिङ्ग)
१:-पुर्शाेशन्नीअक्काबिअ(परस्मै)पद।
पुर्शाेशन्नी(पुलिङ्ग)अक्काबिअखुट्काेलाई परस्मै पदी क्रियात्मक प्रत्त्यय
भनिन्छ । परस्मैपदी क्रियापदका हब्बु कुचीचर् “ला र लाे” हुन् ।

परस्मै पदको उद्धरण “क”
एक वचन  । भाैति(बहु)बचन
१:- त्याे  ला ।  तिनी    लान्   ।
२:- ताे/तँ लाश्।   तमी/ तिमी ला  ।
३:- म  ला   ।    हामी   ला ।

परस्लै पदको उद्धरण “ख”
एक वचन । भाैति( बहु)वचन
१:- त्याे     लाे   ।    तिनी        ना ।
२:-ताे/ तँ   लाे।  तमी/ तिमी    ला।  
३:- म       लाे  ।  हामी            ला ।

२:-पुर्शोशन्नी आम्नाबिअ(आत्मने)पद ।
परिभाषा:- पुर्शोशन्नीमा प्रयोग हुने आम्नाबिअ खुट्को लाई आत्मने पद पनि भनिञ्छ । हब्बुकुचीचर् का आत्मनेपदका कुचीचर् “लाइ र लै” हुन् । लै शव्द अपभ्रंश हुँदै “नै”शव्द बनेर भाषामा बढी प्रचलित भएको पाइञ्छ।
              उद्घरण”क”
एक बचन  । भौति(बहु)बचन।
१:- त्यो    लाइ । तिनी/उनी    लाइ  ।
२:-तो/तँ  लाइ  । तमु/तिमी     लाइ ।
३:- म      लाइ  । हामी          लाइ  ।

                उद्धरण “ख”
एक  बचन ।   भौति(बहु)बचन ।
१:-त्यो    लै/नै  । तिनी/उनी    लै/नै।
२:-तो/तँ  लै/नै । तिमी/ तिमी   लै/नै।
३:- म     लै/ नै । हामी     लै/नै ।

          माउज्यान (स्त्रीलिङ्ग)
२:-स्त्रीलिङ्ग परस्मै पदी नमुना क,ख।
हब्बुकुचीचर् का माऊज्यान(स्त्रीलिङ्ग) मा प्रयोग हुने अक्काबिअ खुट्को लाई
परस्मै पदी क्रियात्मक प्रत्यय भनिञ्छ । तिनी २ प्रकारका हुञ्छन् ।  यिनी “ली,नी” हब्बु कुचीचर् हुन् ।

             उद्धरण “क”
  एक बचन  ।  भौति(बहु)बचन ।
१:- त्यो   ली   ।   तिनी   लिन्।
२:-तो/तँ लिश् । तिमी/तिमी   ली ।
३:- म    ली    ।  हामी   ली/लीम्  ।

              उद्धरण “ख”
एक बचन ।  भौतिक(बचन। 
१:- त्यो।    नी । तिनी       नीइ।
२:- तो/तँ  नी। तिमी/तिमी  नीइ ।
३:- म   नी।  हामी   नीइ  । 

८) तर्खरी कुचीचर् (तत्परार्थक)
परिभाषा :- खष नेपाली भाषामा कुनै पनि काममा चाँजो तर्जुमा मिलाउने अर्थात् तत्परार्थक क्रियात्मक प्रत्ययलाई तर्खरीकुचीचर् भनिन्छ । तर्खरी कुचीचर् लाई संयाेजक र निपात पनि भन्ने गरेकाे पाइञ्छ। तर संयाेजक र निपात भन्दा पनि बढी क्रियात्मक प्रत्ययकाे रूपमा प्रयाेग हुने गरेकाे पाइञ्छ ।
तर्खरीकुचीचर चार वटा रहेकाछन् ।
जस्तै:- त,तै,ता,ताइ रहेकाछन् ।

                  उद्धरण”क”
१:- पुलिङ्ग अक्काबिअ(परस्मै)पद
पुर्शाेज्यान (पुलिङ्ग) काे क्रियापदमा प्रयोग हुने परस्मैपदी क्रियात्मक प्रत्त्यय  लाई अक्काबिअ खुट्को भनिञ्छ। यश्काे कुचीचर् मा “त” लाई सम्झिनु पर्दछ।
एक वचन ।  भाैति(बहु)बचन।
१:- त्याे    त    ।   तिनीहरु        त   ।
२:- ताे/तँ  त   ।  तमी/ तिमी      त  ।
३:- म      त    ।  हामी    त  

                उद्धरण “ख”
२:- पुर्शोचर् आम्नाबिअ(आत्मने)पद।
तर्खरी कुचीचर् पुर्शाेज्यान(पुलिङ्ग)को क्रियात्मक प्रत्त्ययमा   प्रयोग हुने अात्मने पदी क्रियात्मक प्रत्यय लाई आम्नाबिअ खुट्काे भनिञ्छ । आत्मने पदी क्रियाको “तै” रूप हाे ।
एक बचन  ।  भौतिक(बहु)बचन।
१:- त्याे       तै  ।  तिनी।            तै।
२:-ताे/ तँ    तै  ।   तिमी/तिमी।   तै ।
३:- म।       तै। ।     हामी।   तै ।

                उद्धरण “ग” 
३:-स्त्रीलिङ्ग अक्काबिअ(परस्मै) पद
माऊ ज्यान(स्त्रीलिङ्ग)मा प्रयोग हुने  परस्मै पदी क्रियात्मक प्रत्यय लाई अक्काबिअ खुट्को भनिञ्छ । यस्मा “ता” कुचीचर् (क्रियात्मक प्रत्यय )को रूप हुन्छ ।
एक बचन ।  भौतिक(बहु)बचन।
१:- त्यो।    ता  ।    तिनीहरु      ता ।
२:- तो/तँ   ता   ।  तिमी/तिमी   ता ।
३:- म        ता   ।   हामी          ता ।

                उद्धरण “घ”
४:-स्त्रीलिङ्गआम्नाबिअ(आत्मने)पद
माउज्यान(स्त्रीलिङ्ग)मा प्रयोग हुने  आत्मने पदी क्रियात्मक प्रत्यय लाई
आम्नाबिअ खुट्काे भनिञ्छ । यश्मा
“ताई” कुचीचर् (क्रियात्मक प्रत्यय)को रूप हुन्छ ।
एक बचन । भाैति(बहु) बचन ।
१:- त्यो      ताइ।  तिनीहरु     ताइ ।
२:-तो/तँ     ताइ। तिमी/तिनी  ताइ।
३:- म        ताइ।  हामी         ताइ।

९) अलेखीकुची(अवज्ञार्थकक्रिया)चर
परिभाषा:- खष नेपालीभाषामा अलेखो गर्ने या अवज्ञा गरिने “अवज्ञार्थक क्रियात्मक प्रत्त्यय”लाई अलेखीकुचीचर् भनिञ्छ।
अलेखीकुचीचर चार किसिमका रहेका छन् । जश्तै:- प,पै,पो ,पोइँ यिनी ४ वटा हुन् ।

                 उद्धरण  “क”
१:-पुर्शोज्यान अक्काबिअ(परस्मै)पद
अलेखीचर् मा पनि अट्कल कुचीचर् जश्तै “पुलिङ्ग परस्मै पदी क्रियात्मक प्रत्त्यय”  प्रयोग हुनेलाई अक्काबिअ खुट्काे भनिन्छ । यस्मा “प”को रूप सर्वत्र चल्दछ ।
एक बचन । भौति(बहु)बचन ।
१:-त्यो     प ।  तिनीहरु        प ।
२:-तो/तँ    प । तमी/तिमी     प ।
३:- म    प । हामी  प ।

२:-पुर्शोज्यान आम्नाबिअ(आत्मने)पद भाषामा आम्नाबिअ खुट्कोलाई
आत्मने पद भनिन्छ । उक्त पदमा प्रयोग हुने “पै” “क्रियात्मक प्रत्त्यय” लाई आत्मने पदी अलेखीकुचिचर हुन्छ र “पै”को रूप मात्र सर्वत्र चल्छ।
एक बचन ।  भौति(बहु)बचन ।
१:- त्यो     पै ।  तिनी/उनी          पै ।
२:-तो/तँ    पै  । तिमी/तिमीहरु   पै ।
३:- म       पै  । हामी जान्ने         पै  ।

        अक्काबिअ(परस्मै)पद
४:-माउज्यान अक्काबिअ(आत्मने)पद अलेखी कुचीचर् माउशन्नी (स्त्रीलिङ्ग)मा प्रयोग हुने परस्मैपदी क्रियात्मक प्रत्त्यय”लाई अक्काबिअ खुट्को भनिन्छ । यसै माउशन्नी अक्काबिअ खुट्काको “परस्मैपदी” “पो”अलेखी कुची चर् हुन्छ ।
एक बचन  ।  भौति(बहु)बचन ।
१:- त्यो   पो  ।   तिनीहरु      पो ।
२:-तो/तँ  पो । तिमी/तिमी    पो ।
३:- म    पो  । हामी  नजान्ने    पो ।

आम्नाबिअ(आत्मने)पद
अलेखी कुचीचर् को माउशन्नी(स्त्री लिङ्ग)को आत्मनेपदमा प्रयोग हुने  क्रियात्मक प्रत्त्यय लाई अलेखी    कुचीचर् को आम्नाबिअ खुट्को(पद) भनिञ्छ । यश्मा पोइँ रूप रूपायन हुञ्छ ।
  एक बचन ।   भौति(बहु)बचन ।
१:- त्यो   पोइँ   । तिनीहरु   पोइँ    ।
२:-तो/तँ   पोइँ । तमी/तिमी  पोइँ ।
३:- म।      पोइँ  । हामी       पोइँ ।

१०)शाेधनीकुचीचर् (सम्प्रश्नार्थक क्रिया)
परिभाषा:-खष नेपाली भाषामा शाेध्ने अथवा शोधनी गर्ने सम्प्रश्नार्थक क्रियात्मक प्रत्त्यय लाई  शोधनी कुचीचर् भनिञ्छ । शोधनी कुचीचर् मा
कि,क्यै् क्या,क्याइ,के,केही ६ ओटा  रहेकाछन्।” कि,के,”पुर्शो परस्मैपदी क्रियापद हुन् भने “क्यै,केही,”पुर्शो आत्मनेपदी शोधनी कुचीचर। हुन् ।
                 उद्धरण “क
“कि”शाेधनी कुचीचर् काे प्रयाेग । पुर्शोशन्नी अक्काबि(अपरस्मै)पद ।
   एक वचन  । भाैति(बहु)बचन   ।
१:-त्याे    कि। तिनी/ उनी       कि  ।
२:-ताे/तँ कि । तमी/तिमी      कि   ।
३:-म     कि ।    हामी           कि  ।
                  उद्धरण “क”
  “के” शाेधनी कुचीचर् काे प्रयाेग ।
   पुर्शोशन्नी अक्काबि(अपरस्मै)पद । आ
   एक वचन  । भाैति(बहु)बचन   ।
१:-त्याे      के। तिनी/उनी         के ।
२:-ताे/तँ   के। तमी/तिमी        के  ।
३:-  म     के ।  हामी              के  ।
                 उद्धरण”ख”
      पुर्शो आम्नाबिअ(आत्मने)पद ।
एक     बचन  ।        भौति(बहु)बचन।
१:-त्यो    क्यै।       तिनी     क्यै ?   ।
२:-तो/तँ  क्यै?। तमी/ तिमी  क्यै?  ।
३:- म     क्यै ? । हामी       क्यै ?   ।

एक     बचन  ।   भौति(बहु)बचन।
१:-त्यो        केही । तिनी      केही ? ।
२:-तो/तँ   केही   । तमी/तिमी  केही ।
३:- म      केही  । हामी      केही  ?।

                उद्धरण”ख”
पुर्शो आम्नाबिअ(आत्मने)पद ।
एक बचन  । भौति(बहु)बचन।
१:-त्यो क्यै/केही। तिनी     क्यै/केही ।
२:-तो/तँ  क्यै/केही। तिमी क्यै‌/केही ।
३:- म क्यै/केही  । हामी   क्यै/केही  ।

                उद्धरण”ग”
    माउ शन्नीअक्काबिअ(परस्मै)पद।
एक बचन। भौति बहु बचन ।
१:-त्यो    क्या । तिनी/उनी      क्या  ।
२:-तो/तँ  क्या । तिमी/तिमी    क्या  ।
३:- म     क्या  । हामी            क्या  ।

              उद्धरण “घ”
माउशन्नी आम्नाबिअ (आत्मने)पद
एक बचन । भौति(बहु) बचन  ।
१;-त्यो    क्याइ । तिनी/उनी   क्याइ  ।
२:-तो/तँ   क्याइ । तिनी/उनी क्याइ  ।
३:- म      क्याइ । हामी      क्याइ  ।

११) तयारीकुचीचर्(समर्थनार्थक क्रिया)
खष नेपाली भाषामा खुशी भएर समर्थन गरिएको प्रयोग हुने अर्थमा समर्थनार्थक क्रियात्मक प्रत्त्यय लाई तयारी कुचीचर् भनिञ्छ । तयारी कुचीचर् ल,लाै २ वटा  रहेकाछन् ।
             उदाहरण “क”
    पुर्शोशन्नी अक्काबिअ(परस्मै)पद ।
एक  बचन। भौति(बहु)बचन ।
१:- त्यो ल । तिनी/उनी ल  ।
२:-तो,/तँ  ल । तमी/तिमी। ल ।
३:- म  ल ।  हामी। ल ।

             उदाहरण “ख”
   माउशन्नी अक्काबिअ (परस्मै)पद ।
एक बचन।भौति(बहु)बचन ।
१:- त्यो। लौ। तिनी लौ  ।
२:-तो/तँ लौ।तमी,/तिमी  लौ ।
३:- म लौ ।  हामी लौ ।

१२)तलाशीकुचीचर्(अन्वेषणार्थक)क्रिया परिभाषा:-खष नेपाली भाषामा खोजी गर्ने गराउने अन्वेषणार्थक क्रियात्मक प्रत्त्यय लाई तलाशी कुची चर् भनिञ्छ । भाषामा तलाशीकुचीचर् “धैं धौं”  २   वटा रहेका छन् ।

             उदाहरण”क”
   पुर्शोशन्नी आम्नाबिअ(आत्मने)पद ।
एक बचन। भौति(बहु)वचन ।
१:- त्यो धैं ।तिनी धैं । 
२:-तो/तँ।धैं । तमी/तिमी    धैं।
३:- म धैं ।  हामी धैं ।

              उदाहरण”ख”
   माउशन्नी आम्नाबिअ(आत्मने)पद ।
एक बचन । भौति(बहु)बचन। 
१:- त्यो धौं ।  तिनी धौं  ।
२:-तो/तँ  धौं । तमी/ तिमी  धौं ।
३:- म धौं। हामी धौं  ।

टिप्पणी :- 
१:- गाईका थुनबाट दूध आउछकि धैं ।
२:- भगेँरा पानी कशरी खाञ्छ धैं ।
३:- मेरो झोलामा कलम छकि धौं ।
४:- मलाई खाना दिञ्छन्कि धौं ।

१३) शाँची कुचीचर् (साक्ष्यर्थक क्रिया)
परिभाषा:-खष नेपालीभाषामा जमानी राखेर साक्षात्कार गरिने अर्थमा प्रयोग हुने साक्ष्यर्थक क्रियात्मक प्रत्त्यय लाई
शाँची कुचीचर् भनिञ्छ । शाँचीकुची चर् का “ध्यै,ध्यौ”यिनी २ वटा रूप हुञ्छन् ।

               उदाहरण”क”
पुर्शोशन्नीआम्नाबिअ ( आत्मने)पद।
एकबचन ।  भौतिक(बहु)बचन ।
१:- त्यो ध्यै । तिनी  ध्यै  ।
२:- तो/तँ  ध्यै । तमी/तिमी  ध्यै ।
३:- म  ध्यै  । हामी  ध्यै ।

              उदाहरण “ख”
माउशन्नी अक्काबिअ (परस्मै) पद ।
   एक बचन  ।  भौति(बहु)बचन।
१:- त्यो ध्यौ।  तिनी  ध्यौ ।
२:-तो/तँ  ध्यौ ।  तमी/तिमी  ध्यौ ।
३:- म  ध्यौ । हामी  ध्यौ ।

१:-त्यो अँझसम्म आयोन ध्यै ।
२:-म नजा भन्दै छियाँ ध्यै ।
३:-अहिले साल बर्षा भयाेन ध्याै ।
४:-काेराेना कहिले जान्या हाेला ध्यौ ।

१४)खुल्दुली कुचीचर् (संशयार्थक) क्रिया ।
परिभाषा:- खषनेपाली भाषामा मनको
अमन चैन राख्न प्रयोग हुने संशयार्थक
क्रियात्मक प्रत्त्यय लाई खुल्दुली कुची चर् भनिञ्छ । खुल्दुली कुचीचर् का
२ वटा रूप “खै,खोइ ” रहेका छन्  ।

उद्धरण”क” पुर्शोशन्नी आम्नाबिअ ( आत्मने)पद ।
   एक  बचन ।  भौति(बहु)वचन ।
१:-त्यो खै ।  तिनीहरु। खै ।
२:-तो/तँ  खै । तमी/तिमी   खै ।
३:-  म  खै । हामीहरु खै ।

          उदाहरण “ख”
माउशन्नीको आम्नाबिअ( आत्मने)पद ।
एक बचन। भौतिक(बहु)बचन ।
१:- त्यो खाेइ । तिनीहरु। खाेइ ।
२:-तो/तँ  खाेइ । तिमी/तिमी  खोइ ।
३:-म। खाेइ।  हामीहरु खाेइ  ।

१५) निर्क्याैलि कुचीचर्(निष्कर्षार्थक क्रिया  ।  परिभाषा:-
खष नेपाली भाषामा कुनै पनि टुङ्गो लगाउन प्रयोग गरिने निष्कर्षार्थक
क्रियात्मक प्रत्त्यय लाई निर्क्यौलि कुचीचर् भनिञ्छ । निर्क्यौलि कुचीचर् को एउटा मात्र “नि” रूप हो ।
               उदाहरण
पुर्शोज्यानको अक्काबिअ(परस्मै)पद।
   एक बचन ।  भौति(बहु)बचन ।
१:- त्यो       नि । तिनीहरु        नि ।
२:-तो/तँ     नि । तमी/तिमी     नि ।
३:- म         नि । हामी            नि ।

१३ शरे ओ कुचीचर्(विकल्पार्थक) क्रिया । 
परिभाषा:-
खष नेपाली भाषामा तुलना गरिने अर्थमा प्रयोग हुने विकल्पार्थक क्रियात्मक प्रत्त्यय लाई शरे ओ कुची चर् भनिञ्छ । शरे ओ कुचीचर् को एउटा रूप मात्र मिल्छर भाषिक रीतिको आधारमा तीन वटा भतु, बतु,
बरु,का रूप मिल्दछन् ।
          जुम्ला बाजुरा रीति।
                उदाहरण”क”
   पुर्शोज्यान अक्काबिअ परस्मै पद ।
   एक बचन । भौति(बहु)बचन ।
१:- त्यो   भतु , । तिनी  भतु, ।
२:-तो/तँ   भतु,  । तमी/तिमी   भतु ।        
३:-म  भतु,। हामी  भतु,  ।

           “डाेटीबैतडेली रीति”
            उदाहरण”ख”
   पुर्शोज्यान अक्काबिअ परस्मै पद ।
   एक बचन । भौति(बहु)बचन ।
१:- त्यो बतु । तिनी  बतु ।
२:-तो/तँ  बतु । तमी/तिमी  बतु ।          
३:-म बतु, । हामी  बतु,।

                ” पूर्बेली रीति  
पुर्शोज्यान अक्काबिअ परस्मै पद ।
   एक बचन ।  भौति(बहु)बचन ।
१:-त्यो बरु । तिनी  बरु ।
२:-तो/तँ बरु । तमी/तिमी    बरु 

१६)भेदीकुचीचर् सम्भेदार्थक क्रिया ।
परिभाषा:- खष नेपाली भाषामा  शोधपु‍छ गरी भेदभाव छुट्याउने अर्थमा प्रयोग हुने सम्भेदात्मक प्रत्त्यय लाई भेदीकुची चर् भनिञ्छ। भेदीकुची चर् मा “कुन् ,कुनै । को,क्वै,कोही” काैंनै,काैंनीइ भेदीकुचीचर् का रूपहरु रहेका छन् ।
              उदाहरण “क”
“कुन्” भेदीकुचीचर् काे प्रयाेग ।
पुर्शाेशन्नी अक्काबिअ(परस्मै)पद  ।
एक बचन ।  भौति(बहु) बचन ।
१:-त्यो कुन् ?। तिनीहरु  कुन् ? ।
२:-तो/तँ कुन् ?। तमी/तिमी  कुन् ? ।
३:- म  कुन् ?। हामी कुन् ? ।

                उदाहरण”ख”
“काे”भेदीकुचीचर् काे उदाहरण”क”
पुर्शोशन्नीअक्काबिअ( परस्मै) पद ।
  एक  बचन भौति(बहु) बचन ।
१:-त्यो  काे ?। तिनीहरु   काे  ? ।
२:-तो/तँ  काे ?। तमी/तिमी काे ?।
३:- म  काे  ?। हामी काे  ?।

            उदाहरण ” ग”
  ” कुनै”भेदीकुचीचर् काे प्रयाेग । पुर्शो आम्नाबिअ(आत्मने)पद ।
एक  बचन । भौति(बहु)बचन।
१:-त्यो कुनै । तिनी  कुनै ।
२:-तो/तँ    कुनै ।  तिमी कुनै ।
३:- म  कुनै ।  हामी  कुनै  ।

              उदाहरण “घ”
“क्वै”भेदीकुचीचर् काे प्रयाेग । पुर्शोअाम्नाबिअ(अात्मने)पद ।
एक बचन । भौति(बहु)बचन।
१:-त्यो  क्वै । तिनी   क्वै ।
२:-तो/तँ   क्वै ।  तिमी  क्वै  ।
३:- म   क्वै ।  हामी    क्वै  ।

              उदाहरण “ङ”
  “काेही भेदी कुचीचर् काे प्रयाेग । पुर्शोशन्नी आम्नाबिअ(आत्मने)पद ।
एक बचन  ।  भौति(बहु)बचन।
१:-त्यो  काेही। तिनी   काेही ।
२:-तो/तँ    काेही ।  तिमी  काेही ।
३:- म  काेही।  हामी  काेही ।

              उदाहरण “च “
काैंनी”भेदी कुचीचर् काे प्रयाेग ।
माउशन्नी अक्काबिअ(परस्मै)पद ।
एक     बचन  ।        भौति(बहु)बचन।
१:-त्यो    काैंनी । तिनी         काैंनी ।
२:-तो/तँ    कुनै ।  तिमी       काैंनी ।
३:- म        कुनै ।  हामी       काैंनी 

 उदाहरण “ख” काैंनीइ”भेदीकुचीचर् काे प्रयाेग । माउशन्नी आम्नाबिअ(आत्मने)पद ।
एक  बचन । भौति(बहु)बचन।
१:-त्यो      काैंनीइ । तिनी     काैंनीइ।
२:-तो/तँ   काैंनीइ ।  तिमी    काैंनीइ।
३:- म       काममा ।  हामी   काैंनीइ।

१७)नाइकुचीचर् अकरणार्थक क्रिया ।
परिभाषा:- खष नेपाली भाषामा नाइ नकारने अकरणार्थक अर्थमा प्रयोग हुने क्रियात्मक प्रत्त्यय लाई नाइ कुची चर् भनिञ्छ । नाइकुचीचर् हरुमा
“न,नै,ना ,नाइ ४ वटा रूप रहेका छन् ।

            उदाहरण”क”
पुर्शोशन्नीअक्काबिअ(परस्मै)पद ।
एक बचन ।  भौति(बहु)बचन ।
१:-त्यो।  न ।  तिनी   नन् ।
२:-तो/तँ  नश् । तमी/तिमी     नौ ।
३:- म  नँ  । हामी  नौं/नम्

              उदाहरण “ख”
पुर्शोज्यान आम्नाबिअ(आत्मने)पद ।
एक बचन ।भौति(बहु)बचन ।
१:- त्यो  नै । तिनी/उनी      नै ।
२:-तो /तँ   नै  । तमी/तिमी   नै ।
३:- म  नै । हामी  नै ।

             उदहरण”ग”
माउज्यान अक्काबिअ(परस्मै)पद ।
एक बचन । भौति(बहु)बचन  ।
१:-त्यो  ना । तिनी/उनी     ना  ।
२:-तो/तँ     ना । तमी/तिमी     ना ।
३:- म   ना ।  हामी   ना  ।

           उदहरण “घ”
माउज्यान आम्नाबिअ(आत्मने)पद ।
१:-त्यो     नाइ  ।  तिनी/उनी    नाइ ।
२:-त्यो/तँ  नाइ  । तमी/तिमी    नाइ ।
३:- म       नाइ  ।   हामी     । नाई

१८)आथिकुचीचर्(नास्तिकार्थक क्रिया) ।
परिभाषा:-खष नेपालीभाषामा नरहेको नभएको अर्थ जाहेर गर्न प्रयोग हुने नास्तिकार्थक क्रियात्मक प्रत्त्यय लाई आथिकुचीचर् भनिञ्छ । आथिकुची चर् माआछि, आछै,आछे,  आछ्यै आथि,आथै आथे,आथ्यै ८ वटा रूपहरु रहेकाछन् ।

          “बझाङी अछामी रीति”
              उदाहरण “क”
पुर्शाेशन्नी अक्काबिअ(परस्मै) पद
  एक  बचन । भौति(बहु)बचन ।
१:-त्यो आछि। तिनी/उनी   आछि ।
२:-तो/तँ  आछि । तमी/तिमी  आछि।
३:- म  आछि ।  हामी   आछि।

                उदहरण”ख”
  पुर्शाे आम्नाबिअ(आत्मने/पद
एक  बचन भौति(बहु)बचन ।
१:-त्यो   आछै । तिनी/उनी अाछै ।
२:-तो/तँ आछै। तमी/तिमी आछै ।
३:-म  आछै । हामी  आछै ।

               उदाहरण “ग”
माउशन्नी अक्काबिअ(परस्मै) पद ।
  एक  बचन । भौति(बहु)बचन ।
१:-त्यो आछे । तिनी/उनी   आछे ।
२:-तो/तँ  आछे । तमी/तिमी  आछे ।
३:- म  आछे । हामी   आछे ।

                उदहरण”घ”
  माउशन्नी आम्नाबिअ(आत्मने/पद ।
  एक  बचन  भौति(बहु)बचन ।
१:-त्यो   आछ्यै । तिनी/उनी आछ्यै ।
२:-तो/तँ आछ्यै। तमी/तिमी आछ्यै ।
३:-म आछ्यै । हामी  आछ्यै ।

         “डाेटी – बैतडेली रीति”
            उदाहरण “ङ”
पुर्शाेशन्नी अक्काबिअ(परस्मै) पद
  एक  बचन ।       भौति(बहु)बचन ।
१:-त्यो    आथि। तिनी/उनी   आथि ।
२:-तो/तँ  आथि । तमी/तिमी  आथि।
३:- म     आथि ।    हामी    आथि ।

                उदहरण”च”
पुर्शाेशन्नीआम्नाबिअ(आत्मने/पद  ।
  एक  बचन भौति(बहु)बचन ।
१:-त्यो आथै । तिनी/उनी आथै ।
२:-तो/तँ आथै। तमी/तिमी आथै ।
३:-म आथै । हामी आथै ।

              उदाहरण “छ”
माउशन्नी अक्काबिअ(परस्मै) पद ।
  एक  बचन ।   भौति(बहु)बचन ।
१:-त्यो    आथे । तिनी/उनी   आथे ।
२:-तो/तँ  आथे । तमी/तिमी  आथे ।
३:- म     आथे ।    हामी    आ थे ।

                उदहरण”ज”
माउशन्नी आम्नाबिअ(आत्मने/पद ।
  एक  बचन ।  भौति(बहु)बचन ।
१:-त्यो  आथ्यै । तिनी/उनी आथ्यै।
२:-तो/तँ आथ्यै। तमी/तिमी आथ्यै ।
३:-म    आथ्यै । हामी आथ्यै ।

१९)अठकुचीचर्(अवराेधार्थक क्रिया)
परिभाषा:-खष नेपाली भाषामा  कुनै पनि काम रोकिएको वा रोकिने अर्थमा प्रयोग हुने अवरोधार्थक क्रियालाई
अठ कुचीचर् भनिञ्छ ।अठकुचीचर् मा २ किशिमका अठ,अठै रूप रहेका छन्।

           उदाहरण”क”
पुर्शोशन्नीअक्काबिअ(परस्मै)पद
   एक  बचन  ।  भौति(बहु)बचन।
१:-त्यो  अठ  । तिनी/उनी     अठ ।
२:-तो/तँअठ । तमी/तिमी     अठ ।
३:-म      अठ। हामी            अठ ।

             उदाहरण “ख”
पुर्शोशन्नी आम्नाबिअ(आत्मने)पद।
  एक  बचन  ।  भौति(बहु)बचन ।
१:-त्यो   अठै ।  तिनी  उनी  अठै ।
२:-तो तँ अठै ।   तमी/तिमी  अठै ।
३:-म     अठै ।  हामी अठै ।
१:- आज खाना खानु अठ गयो ।
२:- बिहानभरी माञ्छे डाक्ना अठगए।
३:- अब बिदेशिनु अठै जाला ।
४:- भोलि घर छाउनु अठै जाला ।

२०)राेक्काकुचीचर्(निशेधार्थक क्रिया)
परिभाषा:- खष नेपाली  भाषामा कुनैपनि मनाइ गर्ने गराउने अर्थमा निषेधार्थक अघ्यारी क्रियात्मक प्रत्त्यय लाई राेक्काकुचीचर् भनिन्छ । राेक्का कुचीचर् “जन् , जन , जिन् , जिन , जनै , जिनै जनि ” ७ किशिमका रूप हरु रहेका छन् ।

              उदाहरण”क”
“जन् “राेक्का कुचीचर् काे प्रयोग ।
पुर्शोशन्नी अक्काबिअ(परस्मै)पद ।
एक बचन।भौति (बहु)बचन ।
१:-त्यो  जन्, हो । तिनी जन्    हुन् ।
२:-तो  जन् हाेश्। तिमी  जन्    हौ ।
३:- म   जन्  हुँ  । हामी जन् हौं/हम् ।

              उदाहरण”ख”
“जन”राेक्का कुचीचर् काे प्रयोग ।
पुर्शोशन्नी अक्काबिअ(परस्मै)पद ।
एक बचन । भौति (बहु)बचन ।
१:-त्यो  जनहो । ती/ तिनी जन  हुन्।
२:-तो जनहोश्। तिमी/ तिमी जन हौ।
३:- म      जनहुँ  । हामी जनहौं/हम् ।

                उदाहरण”ग”
“जिन्”राेक्का कुचीचर् काे प्रयोग ।
पुर्शोशन्नी अक्काबिअ(परस्मै)पद ।
एक बचन । भौति (बहु)बचन ।
१:-त्यो  जिन् हो। ती/तीनी  जिन्,हुन्।
२:-तो  जिन् होश् ।  तिमी   जिन् हौ ।
३:- म   जिन्  हुँ  । हामीजिन् हौं/हम् ।

             उदाहरण”घ”
“जिन”राेक्का कुचीचर् काे प्रयोग ।
पुर्शोशन्नी अक्काबिअ(परस्मै)पद ।
एक बचन । भौति (बहु)बचन ।
१:-त्यो  जिन हो। ती/ तिनी  जिन हुन्।
२:-तो   जनहोश्। तमी      जिन हौ ।
३:- म    जिन हुँ । हामी जिन हौं/हम् ।

              उदाहरण”ङ”
“जनै”राेक्का कुचीचर् काे प्रयोग ।
पुर्शोशन्नी आम्नाबिअ(आत्मने)पद ।
एक बचन । भौति (बहु)बचन ।
१:-त्यो जनै हो । ती/ तिनी जनै  हुन्।
२:-तो जनैहोश्। तमी/ तिमी जनै हौ।
३:- म   जनै हुँ  । हामी  जनै हौं/हम् ।

            उदाहरण”च”
“जिनै”राेक्का कुचीचर् काे प्रयोग ।
पुर्शोशन्नी आम्नाबिअ(आत्मने)पद ।
एक बचन । भौति (बहु)बचन ।
१:-त्यो  जिनै हो। ती/तिनी  जिनै,हुन्।
२:-तो  जिनैहोश् ।  तिमी  जिनै हौ ।
३:- म   जिनै हुँ  । हामी जिनैहौं/हम् ।

              उदाहरण”छ”
“जनि”राेक्का कुचीचर् काे प्रयोग ।
माउशन्नी अक्काबिअ(परस्मै)पद ।
एक बचन । भौति (बहु)बचन ।
१:-त्यो  जनि हो। ती/ तिनी  जनि हुन्।
२:-तो   जनि होश्। तमी     जनि हौ ।
३:- म   जनि हुँ । हामी जनि हौं/हम् ।

              उदाहरण”छ”
“जनि”राेक्का कुचीचर् काे प्रयोग ।
माउशन्नी अक्काबिअ(परस्मै)पद ।
एक बचन ।  भौति (बहु)बचन ।
१:-त्यो जनिइ हो। तिनी  जनिइ हुन्।
२:-तो   जनिइ होश्। तमी  जनिइ हौ ।
३:-म  जनिइ हुँ। हामी जनिइ हौं/हम् ।

२१) कर्बन्दीकुचीचर् अनिवार्यार्थक क्रिया ।
परिभाषा:- खष नेपाली भाषामा कुनै   पनि क्रियालाई गतिशील बनाउन थप कर्काप गरी बल दिने अनिवार्यार्थक अघ्यारी क्रियात्मक प्रत्यय लाई कर्बन्दी कुचीचर् भनिन्छ ।
  उदाहरण”क”
  “पड्”कर्बन्दीकुचीचर् को प्रयोग  ।
पुर्शोशन्नीअक्काबिअ(परस्मै)पद ।
एक बचन / भौति बहु बचन ।
१:-त्यो   पड् ।  तिनी/ उनी   पड् । 
२:-तो पड् । तमी/ तिमी  पड्    ।
३:-म  पड् । हामी  पड्      ।

               उदाहरण”ख”
“पर्,” कुचीचर् को वैज्ञानिक प्रयोग ।
पुर्शोशन्नीअक्काबिअ(परस्मै)पद ।
एक बचन  । भौति बहु बचन ।
१:-त्यो    पर्  ।  तिनी/उनी  पर् ।
२:-तो/तँ पर् । तमी/तिमी  पर्  ।
३:- म  पर् ।   हामी   पर् ।

              उदाहरण  १
पुर्शोशन्नीअक्काबिअ(परस्मै)पद ।
एक बचन । भौति बहु बचन ।
पड्,” कुचीचर् को वैज्ञानिक प्रयोग ।
एक बचन / भौति बहु बचन ।
१:-त्यो    पड्छ,।  तिनी    पड्न् ।
२:-तो/तँ पड्छस् । तिमी    पड्छ ।
३:- म  पड्छु। हामी  पड्छाैं,पड्छम्।
               उदाहरण २
पुर्शोशन्नीअक्काबिअ(परस्मै)पद ।
एक बचन / भौति बहु बचन ।
पर्” कुचीचर् को वैज्ञानिक प्रयोग ।
एक बचन/ भौति बहु बचन ।
१:-त्यो पर्छ,।  तिनी पर्छन् ।
२:-तो/तँ पर्छस् / तिमी  पर्छौ ।
३:- म  पर्छु। हामी  पर्छौं,पर्छम्।

२२):- उराँठीकुचीचर् “बिस्मयार्थक
क्रिया”
परिभाषा:- खष नेपाली भाषमामा डाक्योलो (सम्बोधन) गर्ने,खिज्ज्याउने (उपहास)गर्ने भूतार्थ र आदेशार्थ प्रत्त्ययको रूपमा क्रियाशील हुने अघ्यारी विस्मयार्थक क्रियात्मक प्रत्त्ययलाई उरँठीकुचीचर् भनिञ्छ। उराँठीकुचीचर् मा अ,इ,उ, ए,ऐ, ओ, ओ आदि रहेका छन् ।जस्तै:-

               उदाहरण “क”
उराँठी कुचीचर् को वैज्ञानिक प्रयोग ।
पुर्शोशन्नीअक्काबिअ(परस्मै) पद ।
एक बचन । भौति(बहु)बचन ।
१:-त्यो     अ/उ   ।  तिनी   अ /उ  ।
२:-तो/ तँ अ/उ  । तिमी     अ/उ   ।
३:- म     अ/उ  । हामी      अ/उ   ।         
           उदाहरण “ख”
उराँठी कुचीचर् को वैज्ञानिक प्रयोग ।
पुर्शोशन्नी आम्नाबिअ( आत्मने) पद ।
एक बचन । भौतिबहुबचन  ।
१:-त्यो        इ   ।  तिनी/उनी     इ ।
२:-तो /तँ    इ  ।  तमी/तिमी      इ ।
३:- म         इ  ।  हामी             इ ।

              उदाहरण “ग”
उराँठी कुचीचर् को वैज्ञानिक प्रयोग ।
माउशन्नीअक्काबिअ(परस्मै) पद ।
एक बचन । भौति (बहु) बचन  ।
१:-त्यो   ए/ ओ ।    तिनी    ए/ ओ।  ।
२:-तो तँ  ए/ ओ ।  तिमी     ए/ ओ  ।
३:- म   ए/ ओ ।    हामी।   ए/ ओ ।

           उदाहरण “घ”
उराँठी कुचीचर् को वैज्ञानिक प्रयोग ।
माउशन्नी आम्नाबिअ(आत्मने ) पद ।
एक बचन ।  भौति बहु बचन ।
१:-त्यो     ऐ  तिनी   ऐ ।
२:-तो तँ   ऐ   तिमी    ऐ  ।
३:- म      ऐ   हामी   ऐ  ।

             उदाहरण “ङ”
उराँठी कुचीचर् को वैज्ञानिक प्रयोग ।
माउशन्नीअक्काबिअ(परस्मै) पद ।
एक बचन । भौति (बहु) बचन  ।
१:-त्यो   ओ /औ ।  तिनी    ओ /औ। 
२:-तो तँ  ओ /औ ।  तिमी    ओ /औ  ।
३:- म   ओ /औ   ।    हामी।   ओ /औ।

               उदाहरण “च”
उराँठी कुचीचरको वैज्ञानिक प्रयोग
माउशन्नी आम्नाबिअ (आत्मने) पद ।
एक बचन भौति (बहु) बचन  ।
१:-त्यो  ओइ   ।  तिनी    ओइ ।
२:-तो तँ  उ/ओइ ।  तिमी     ओइ  ।
३:- म    ओइ   ।   हामी    ओइ ।
बाेलिने बाेलीकाे भाषा, सुनिने श्रुति
वाक्छटा । दुबैकाे अर्थवान् वायु भाषा भनिन्छ ।

 ( लेखक विराट सनातन धर्म संस्कृत माध्यामिक वेद विद्याश्रम घोणाघोणी ताल कैलालीका प्राचार्य हुनुहुन्छ )