माक्र्सवाद र माक्र्सवादी दर्शनको प्रतिपादनले ल्यायो दार्शनिक फाँटमा क्रान्ति  

     – हस्तबहादुर केसी 
 
आम मे ५ , आजकै दिन २०२ वर्ष पहिले  अर्थात् सन १८१८ मे ५ का दिन जर्मनीको प्रसियाप्रान्त अन्तर्गत ट्रियर शहरको एक वकिल परिवारमा वैज्ञानिक साम्यवादका सिध्दान्तकार कार्ल माक्र्सको जन्म भएको थियो । बुवा हेनरिक माक्र्स र आमा हेनारियेट्टा ( हल्याण्ड) का चार छोरा र पाँच छोरीहरु मध्ये माक्र्स महिला छोरा हुनु हुन्थ्यो ।
 
सन १८४३ जुन १९ का दिन जर्मनीको सानो शहर क्रेश्चनाखमा जेनी बेष्टाफालेनसंग विवाह भएको थियो । माक्र्सका चार छोरी – जेनी , लाउरा ,फ्रान्चिस्का र एलेओनोरा र दुई छोराहरु – एडगार र गिदो थिए ।
 
 
 
 कार्ल माक्र्स माक्र्सवादका प्रवर्तक तथा विश्व साम्यवादी क्रान्तिका महान् गुरु हुनुन्थ्यो । उहाँले माक्र्सवादका तीन संघटक अङ्गका रुपमा दर्शन  , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा समष्टिकृत क्रान्तिकारी सिध्दान्तक‍ो प्रतिपादन गर्नु भयो ।
 
         सन १८४८ फेब्रुअरी २१ दिन कम्युनिस्ट लिगको तर्फबाट आफ्ना अनन्य मित्र तथा सहयोगी फ्रेडरिक एंगेल्सको अतुलनीय सहयोगमा लण्डनबाट कम्युनिस्ट घोषणा गर्नु भएको थियोे ।
 
 
 माक्र्स – एंगेल्सद्वरा लिखित तथा जारी गरिएको यही कम्युनिस्ट घोषणापत्र नै विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त अर्थात् पथप्रदर्शन सिध्दान्त बन्यो ।
 
 माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन माक्र्सको खोज , अण्वेशन तथा प्रतिपादनबाट स्थापित गरिएको हो ।
 
 
माक्र्सद्वारा  माक्र्सवाद र माक्र्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको प्रतिपादनले दार्शनिक फाँटमा ठूलो क्रान्ति ल्याइदियो र ठूलो हलचल पैदा गरिदियो ।
 
 
 फफमाक्र्स भन्दा पहिले प्रकृति विज्ञान र इतिहास विज्ञान यी दुबै विज्ञानको क्षेत्रमा आदर्शवाद र अधिभूतवाद व्याप्त थिए।
 
प्रकृति विज्ञानको अध्ययन प्रकृतिदर्शन मार्फत र इतिहासविज्ञानको इतिहास दर्शन मार्फत गरिन्थ्यो । यसरी दर्शनशास्त्र विज्ञानका सबै क्षेत्रमा  एक सर्वेसर्वा सम्राट् बन्न गरेको थियो । र दर्शनलाई विज्ञानको विज्ञान मानिन्थ्यो   तर त्यो यस्तो विज्ञान थियो कि जसले प्रकृति विज्ञान र इतिहास विज्ञानका वास्तविक अन्त: सम्बन्धको सट्टा काल्पनिक तथा रहस्यमय अन्त: सम्बन्धको सट्टा वास्तविक र वैज्ञानिक अन्त: सम्बन्धक‍ो मान्यता प्रस्तुत गरी प्रकृति विज्ञान र इतिहास विज्ञानलाई अधिभुूतवादबाट मुक्त गरी माक्र्सले स्वतन्त्र विज्ञानको हैसियत प्रदान गर्नु भयो र साथै वहाँले दर्शनको पनि विशिष्ट क्षेत्र निर्धारण गर्नु भयो ।
 
त्यस पछि माक्र्सभन्दा पहिलेका सबै दर्शनहरु पछाडि पर्न गए । र माक्र्सवाद एक विज्ञानका रुपमा स्थापित हुन पुग्यो।
 
  आज माक्र्सवाद आफ्नो विकासको चरणमा पहिलो 
 
माक्र्सवादको विकासको चरण , दोस्रोमा माक्र्सवाद – लेनिनवादमा गुणात्मक विकासको चरण , तेस्रोमा माक्र्सवाद – लेनिनवादको माक्र्सवाद – लेनिनवाद – माओवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा विकास भइसकेको छ र आज माक्र्सवाद – लेनिनवाद – माओवाद विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त बन्न पुगेको छ ।
 
 माक्र्स- एगेल्सद्वारा माक्र्सवादको प्रादुर्भाव भए यता क्रान्ति र प्रतिक्रान्तिका आरोह – अवरोहका प्रक्रिया विश्व स्तरमा चल्दै आएकाा छन् । 
 
संशोधनवादले विश्वव्यपी रुपमा माक्र्स ( माक्र्सवाद – लेनिनवाद – माओवादमाथि भीषण हमला गर्दै आएको छ। इतिहासको एउटा कालखण्डमा रुस , चीन , भियतनाम , कोरिया लगायतका देशहरूमा भएका क्रान्ति र प्रतिक्रान्तिका घटनाक्रमहरुलाई देखाउदै विश्वभरिकै प्रतिक्रियावादीहरुले माक्र्सवादको आौचित्य समाप्त भयो र माक्र्सवाद ढल्यो भन्दै नाना तरहका प्रचारवाजी गर्दै आएका छन् ।
 
तर पुँजीवादी देशहरूमा साम्राज्यवादी नवउदारवादको भयावहका कारणले आर्थिक संकटको भूमरिमा फस्दै गएको वर्तमानको स्थितिमा विश्वव्यपी रुपमा माक्र्सवाद ( मालेमावाद ) प्रतिको आकर्षण झनै बढेर गएको छ र आज विश्व जनताले आफ्नो मुक्तिको उज्ज्वल भविष्य माक्र्सवाद ( मालेमावाद ) र जनवाद हुदै वैज्ञानिक समाजवादमा देखिरहेका छन् ।
 
 यो मावन समाजमा साम्राज्यवादको विकल्प वैज्ञानिक समाजवाद नै हो र यो कुरा प्रमाणित हुदै गएको छ माक्र्सवादको जन्म संघर्षकै बिचबाट भएको हो र माक्र्सवाद संघर्षको दर्शन तथा सिध्दान्त भएकोले यसको  प्रयोग तथा विकास पनि संघर्षकै बिचबाट हुदै आएको छ ।
 
आज माक्र्सको जन्म भएको २०२ वर्ष पुरा भएको छ भने माक्र्सवादको प्रादूर्भाव भएको १७२ वर्ष पार गरिसकेको छ । 
 आजको युग साम्राज्यवाद र विश्व सर्वहारा वर्ग बिचको भीषण वर्ग संघर्षको युग हो  । त्यसैले आज माक्र्सवादको आौचित्य र आवश्यकता अरु बढेर गएको छ ।