विप्लव नेकपाका नेता प्रकाशन विभाग प्रमुख अनिल शर्मा अस्पतालबाटै पक्राउ

 चितवन,वैशाख,२३ ।  विप्लव नेकपाका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा विरही अस्पतालबाटै पक्राउ परेका छन् ।

 

चितवनको रत्ननगर वडा नं ५ घर भएका नेता शर्मा भर्‍याङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्‍‍याएका थिए । उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

उनी अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन् । शर्मा विप्लव नेकपाको प्रकाशन विभाग प्रमुख हुन् । चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले विप्लव नेकपाका एक नेता पक्राउ गरेको पुष्टि गरे ।

यद्यपि उनले नाम खुलाएनन् । सादा पोशाकमा आएका ५ जना प्रहरी उनीसँग रहेको पारिवारिक स्रोतले जनाएको छ ।