कोरोना संक्रमित थप ८ जना डिस्चार्ज

काठमाडौं,वैशाख,२६ । विराटनगरमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।

 

कोसी अस्पतालमा उपचार गराइरहेका ८ जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार दिउँसो डिस्चार्ज भएका गरिएको हो । उनीहरुलाई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाइ गरे ।

 

थप ८ जना डिस्चार्ज भएसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।कोसी अस्पतालमा उपचार गराइरहेका ६ जना यसअघि नै निको भएर डिस्चार्ज भइसकेका छन्।